×

NMB BANK
NIC ASIA

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘त्यो त सम्भव छैन तर, शर्त भने राख्न सक्छौं ।’ त्यसपछि उनीहरूले भने– ‘त्यसो हो भने हामी दुईबाहेक कसैको हातबाट हाम्रो मृत्यु नहोस् ।’ भगवान् तथास्तु भनेर गए । उनीहरू अमर ठानेर गर्नु/नगर्नु गर्न थाले । उनीहरूको ज्यादतीबाट आजित भएपछि भगवान् एक सुन्दर युवती बनेर आए । अन्ततः उनीहरूबीच यिनैका कारण झगडा पर्‍यो र आपसमा काटकाट गरेर सकिए । अर्थात् जसको हो उसैले लगे वा जहाँबाट आएका थिए उतै गए । 

Muktinath Bank

यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन । कथा हो हुन पनि सक्छ नहुन पनि सक्छ तर, हामी सबैको जीवनदर्शन भने पक्कै हो । संसार कसैको पनि होइन । जसलाई हामी आफ्नो भनिरहेका छौँ त्यो त झन् हुँदै होइन । किनकि हामीलाई जीवन दिएका पनि अर्कैले हो, लिने पनि अर्कैै हुन्छ । धनसम्पत्ति दिने पनि अरू नै हुन्छन्, लिने पनि अरू नै हुन्छन् । यहाँसम्म कि हाम्रो शरीर र नामसमेत आफ्नो होइन । यसलाई दिएका पनि अरूले नै हो । लिन पनि अरू नै आउँछन् । जसलाई हामी आफ्नो सन्तान भनेर आफूलाई भन्दा पनि बढी माया गर्छौँ तिनलाई समेत दिएको अर्कैले हो र लिन पनि अर्कै आइपुगेको हुन्छ । हाम्रा घर, जग्गा, पद, प्रतिष्ठा त यसै पनि आफ्नो हुँदै होइन ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिले सुताउने पनि अर्कै, अन्तिम सुताउने पनि अर्कै । पहिले खुवाउने पनि अर्कै, अन्तिम खुवाउने पनि अर्कै । पहिले चुठाउने पनि अर्कै, अन्तिम चुठाउने पनि अर्कै । पहिले बोक्ने पनि अर्र्कै, अन्तिम बोक्ने पनि अर्र्र्कै । पहिले स्नान गराउने पनि अर्कै, अन्तिम स्नान गराउने पनि अर्कै । बोल्न सिकाउने पनि अर्कै, बोली बन्द गराउने पनि अर्र्कै । गति दिने पनि अर्कै, गति बन्द गराउने पनि अर्कै । सिकाउने पनि अर्कै, बिर्साउने पनि अर्कै । उठाउने पनि अर्कै, बसाउने पनि अर्र्कै । उडाउने पनि अर्कै, खसाउने पनि अर्कैै । मान दिने पनि अर्कै, बदनाम गराउने पनि अर्कै । 


Advertisment
Nabil box
Kumari

घुमाउने पनि अर्कै, रोकाउने पनि अर्कै । देखाउने पनि अर्कै, बन्द गराउने पनि अर्कै । सुन्न सक्ने बनाउने पनि अर्कै, नसक्ने बनाउने पनि अर्कै । ल्याउने पनि अर्कै, लाने पनि अर्कै । मिलाउने पनि अर्कै, छुटाउने पनि अर्कै । लगाइदिने पनि अर्कै, फुकालिदिने पनि अर्कै । उचाल्ने पनि अर्कै, खसाल्ने पनि अर्कै । हँसाउने पनि अर्कै, रुवाउने, पनि अर्कै । देखाउने पनि अर्कै, लुकाउने पनि अर्कै । लेखाउने पनि अर्कै, मेटाउने पनि अर्कै । खेलाउने पनि अर्कै, चलाउने पनि अर्कै । 

Vianet communication

यसको अर्थ हो आफ्नो भन्ने केही पनि थिएन र रहने पनि छैन । तथापि आश्चर्य त के भने हामी आफू र आफ्नो भनेर मरिहत्ते गरिरहेका हुन्छौँ, घमन्ड गर्छौँ, अहङ्कार गर्छौँ । जब लिने, दिने, गर्ने, गराउने सबै अर्कै हुन्छ भने यति ठूलो घमन्ड र अहङ्कार किन ? कहाँ छौँ हामी ? के गरेका छौँ हामीले ? केही पनि छैन । जब भोक, तिर्खा र निद्रासमेत अर्कैको हो, अर्कैले दिएपछि नै पाइने हो भने बाँकी के रह्यो र ? 

सब भाडाका हुन्, भाडामै लिइएको हो । त्यसैले जसको हो उसैलाई फिर्ता दिएर जानुपर्छ । न पहिले आफ्नो थियो न पछि नै रहने छ । पहिले भएको भए पो भए पो पछि पनि हुने । पहिले नै थिएन त कसरी पछि हुने ? यही नै जीवन हो, यही जगत् हो । अनि यही नै जीवन र दर्शन पनि हो । त्यसैले जे मिलेको छ त्यसैमा सन्तुष्ट हुन पनि जान्नुपर्छ र सदुपयोग गर्न पनि सक्नुपर्छ । होइन भने उही हो सँधैको अभाव, सँधैको असन्तुष्टि । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x