चैत ९, २०८०
संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...
छिमेकी देश चीन दीर्घकालीन विकासको रूपरेखा निर्माणसित सम्बन्धित अभ्यासमा छ । गत बुधवार बेइजिङको ‘ग्रेट हल अफ् द पिपुल’ नामक सभाकक्षमा भेला भएका करिव दुई हजार तीनशय प्रतिनिधिहरूसमक्ष चिनीया कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सि जिनपिङले साढे तीन घण्टाको समय लिएर गरेको भाषणमा चरण-चरणमा हासिल गर्ने हिसाबले तय गरिएका लक्ष, तिनलाई अघि बढाउन अपनाइने नीति र कार्यतालिका समावेश भएका छन् ।
आउँदो मङ्गलवार सकिने चालू १९ औं अधिवेशनले कम्युनिष्ट पार्टीको नयाँ नेतृत्वको पनि चयन गर्ने कार्यक्रम छ यद्यपि वर्तमान महासचिव सि नै फेरि निर्वाचित भै अर्को पाँचवर्षे कार्यकालमा प्रवेश गर्ने आम अनुमान छ । किनभने बितेको पाँचवर्षको अवधिमा सि माओ पछिका सबैभन्दा बलिया र प्रभावशाली नेताको रूपमा उदय भएको मानिन्छ । सि तेस्रो कार्यकालका समेत प्रत्याशी हुन सक्छन् भनिंदैछ ।
विश्वव्यापी सन्दर्भमा अमेरिकाको राष्ट्रपतिपछि दोस्रो शक्तिशाली व्यक्तिको रूपमा हेरिन थालिएका सि आफ्नो मुलुकलाई कस्तो दिशानिर्देश गर्दैछन् त्यसबारे जागेको अन्तर्राष्ट्रिय अभिरुचिलाई सिमाना जोडिएको देश नेपालले नजिकबाट नियाल्नु सर्वथा स्वाभाविक मान्नुपर्छ । चीनको घटना-विकासबारे हेक्का नराख्दा नेपालको अवधारणा एकपक्षीय हुने कुरामा सन्देह छैन । भारतमा मात्र निर्भर रहँदाका जोखिमबारे व्याख्या आवश्यक परोइन ।
हो, चीनको शासनपध्दति र निर्वाचन विधि पश्चिमीजगत्ले अपनाई आएका तरिकाभन्दा भिन्न छन् , तर त्यत्तिकै आधारमा तिनमा जनसहभागिता छैन वा हुँदैन भन्ने निष्कर्ष निकाल्नु ठीक होइन । किनभने ग्रामीण तहदेखि केन्द्रीय तहसम्म छनोटको प्रक्रियाद्वारा नै नेतृत्व निर्माण गरिएको देखिन्छ । दुईशय जनाको केन्द्रीय समितिलाई मार्गदर्शन गर्ने काम २५ सदस्सीय पोलिटब्यूरोबाट हुन्छ, र त्यसमाथिको निकायमा पाँचदेखि नौजनासम्म रहने व्यवस्था छ । चीनको संवैधानिक व्यवस्थाले यस निकायलाई सर्वोपरि स्थान दिएको छ ।
बुधवारको भाषणमा सि जिनपिङले सन् २०२१ सम्ममा चीनलाई गरिवीबाट मुक्त गर्दै मध्यमवर्गीय समाजमा स्तरोन्नति गराउने योजना सुनाए; र सन् २०४९ सम्ममा चीनलाई पूर्णरूपले विकसित देशमा रूपान्तरण गरिसक्ने अठोटको अभिव्यक्ति दिए । यस कथनले अमेरिका र उसका साझेदार देशहरूलाई चीनको प्रतिस्पर्धा मा पुग्न यथेष्ठ समय पाइने भयो भनेर राहत मिलेको छ किनकि यस्तो आभास पश्चिमी सञ्चारमाध्यमहरूले दिइरहेका छन् । चिनीया सर्वोच्च नेता सि अनुसार, चीनले कुनै पनि विदेशी शासनपध्दतिको अनुकरण गर्ने छैन र ‘चिनीया विशेषतासहितको समाजवाद’को नीति कायमै राख्नेछ ।
चीनमा पश्चिमी मापदण्ड अनुसारका मानव अधिकार र खुलापन नभएकोबारे युरोप अमेरिकाबाट सधैंजसो तीखो आलोचना भैरहन्छ । तर चीनको राज्यसंयन्त्र र त्यहाँका सञ्चारमाध्यमले बेला-बेलामा बाहिरी आलोचनालाई खह्रो जवाफ दिँदै आफ्ना कार्यक्रमहरूलाई अघि पनि बढाउँदै आएका छन् । चीनको औद्योगिक उत्पादन क्षमता र व्यापारिक कारोबारसित बाँकी विश्व आबध्द पनि छ अर्थात् चीनमा पश्चिमी शैलीको लोकतन्त्र नहोउञ्जेल त्यस मुलुकसित कुनै प्रकारको सम्बन्ध नराख्ने नीति न अमेरिकाले न त युरोपले नै अँगाल्न सकेका छन् । किनकि यो यथार्थवादी चिन्तन हुनै सक्दैन ।
नेपालको दक्षिणी छिमेकी भारत नै यस प्रसङ्गको जल्दोबल्दो उदाहरण हो । व्यापार र चीनको लगानीबाट लाभान्वित हुन सदैव लालयित रहने भारतले नेपालको चीनसितको सम्बन्ध विकासलाई अन्यथा ठान्नुपर्ने होइन । भौगोलिक हिसाबले टाढा-टाढाका अफ्रिकी मुलुकहरू समेत चीनसितको आर्थिक सम्बन्धलाई महत्व दिन्छन् भने साँध जोडिएका नेपालजस्ता देशले सम्बन्धलाई फराकिलो पार्न इच्छा गर्नुलाई सहज नै मानिनु पर्दछ ।
चीन संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्येको एक सदस्य-राष्ट्र भएकोले यसले अन्तर्राष्ट्रिय मामीलामा अमेरिका, बेलायत, रूस र फ्रान्स सरह जिम्मेवार भूमिका निर्वाह गर्दैआएको छ । त्यसैगरी, पञ्चशीलको नीति अवलम्बन गर्दै त्यसको आधारमा अन्य देशका आन्तरिक विषयमा हस्तक्षेप नगर्ने प्रतिबध्दता चीनले जनाउँदै आएको छ । एसिया, युरोप, अमेरिका सबैतिरका देशहरूलाई आश्वस्त राखेको छ ।
तसर्थ वर्तमान स्थितिमा चीनको घरेलु बन्दोबस्तबारे बाहिरको चासो ‘चाहिनेभन्दा बढी’ हुनु आवश्यक देखिँदैन ।
संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...