×

NMB BANK
NIC ASIA

राष्ट्रियसभा सदस्य चयनका लागि मतदान जारी, ३२ सदस्यका लागि ५२ उम्मेदवार मैदानमा

माघ २४, २०७४

NTC
जावलाखेलमा जारी प्रदेश ३ को मतदान
Premier Steels

काठमाडौं, २४ माघ- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत देशका ७ मध्ये ६ वटा प्रदेशमा आज मतदान भइरहेको छ । बिहान १० बजेबाट उत्साहपूर्ण वातावरणमा मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

Muktinath Bank

प्रदेश २ मा भने सबै सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८÷८ जना निर्वाचित हुनेछन् । बाँकी ३ जना मन्त्रिपरिषद्ले नियुक्त गर्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५६ मध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ३२ सदस्यका लागि ५२ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश नम्बर १ को विराटनगरस्थित वीरेन्द्र सभागृह, प्रदेश नम्बर ३ को ललितपुर स्थित फुटबल मैदान, प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको पश्चिाञ्चल क्षेत्रीय निर्देशनालय भवन, प्रदेश ५ को दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र रहेको भवन, प्रदेश नम्बर ६ को सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालय भवन परिसर र प्रदेश ७ को डोटीको दिपायल सिलगढीस्थित पदम पब्लिक मुक्तिनारायण मावि मा मतदान भइरहेको छ ।

Vianet communication

प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् । महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय र दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकका लागि बहुमतीय प्रणालीबाट मतदान भइरहेको छ ।

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू गरी कुल २ हजार ०५६ मतदाता छन् । 

प्रदेश नम्बर २ मा सबै निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ६ प्रदेशका स्थानीय तहका १,२३४ र प्रदेश सभाका ४४३ गरी कुल १,६७७ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x