×

NMB BANK
NIC ASIA

‘ओछ्यानमा जबरजस्ती गर्ने पतिलाई मैले छाडिदिए’

माघ २७, २०७४

NTC
Premier Steels

मलाई यस्तो लागि रहेको थियो कि त्यो रात वित्ने नै छेन । मेरो टाउको दुखिरहेको थियो र म लगातार रोइरहेको थिए । 

Muktinath Bank

रुदाँरुदै मेरो आँखा लागे । विहान ६ बजे तब मेरो निद्रा खुल्यो जतिबेला मेरो पति मेरो अगाडि थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गएको रातिको प्रश्नबारे उसले सोध्यो । ‘त तिमिले के सोच्यौं । तिम्रो जवाफ हुन्छ हो कि हुन्न ?’


Advertisment
Nabil box
Kumari

मलाई के भन्ने थाहा थिए । आखिरमा हिम्मत गरेर भने,‘तपाई आज अफिस जानुस् प्लिज, म तपाईलाई साझसम्ममा फोन गरेर भन्छु । ’

Vianet communication

उसले धम्काउँदै भन्यो,‘ठीक छ म चार बजे आफै तिमिलाई फोन गर्छु । मलाई जबाफ चाहियो, नभए राति सजाय भोग्न तयार रहनु ।’

सजायको मतलव थियो‘एनल सेक्स’ । उसलाई थाहा थियोकी यसबाट मलाई निकै पीडा हुन्छ । यस कारण उसले यसलाई मलाई चेतावनी वा धमकी दिने तरिका बनाएको थियो । 

नौ बजेसम्म उ र उसकी बहिनी अफिस गइसकेका थिए । म घरमा एक्लै थिए । घन्टौ सोचेपछि मैले बुवालाई फोन गरे र आफू ऊ(पती)सँगै अब बस्न नसक्ने बताए । 

मलाई डर थियो कतै बुवा रिसाउनु त हुन्न ? तिमि ब्याग बोक र त्यहाँबाट निस्किइहाल । बुबाले भन्नुभयो । 

आफ्ना कागजपत्र र केही कपडा बोकेर बस चढ्ने स्थान तर्फ गए । पतिलाई म्यासेज गरे, मेरो जबाफ हुन्न भन्ने हो । म आफ्नो घर जाँदै छु ।’ यति लेखेर मोबाइल अफ गरे । 

केही बेरपछि म आफन्तहरुकाबीच आफ्नो घरमा थिए । मैले विवाह गरेको दुई महिनामा नै आफ्नो पतिको घर छोडेको थिए । मेरो पति साहिल । जसलाई मैले आज भन्दा तीन वर्ष पहिला भेटेको थिए । 

कलेजका दिनमा उ निकै हसिलो थियो । उसँग बस्न कुराकानी गर्न मलाई निकै आन्द लाग्थ्यो । उसँग घन्टौ कुराकानी हुन्थो । तर त्यो गुलाबी रोमान्स धेरै दिन टिक्न सकेन । 

विस्तारै मलाई लाग्न थाल्यो यो सम्बन्ध बराबरी वाला होइन । यो सम्बन्ध त्यस्तै हुँदै गइरहेको थियो जस्तो मेरो बुवा आमाको थियो । फरक यति मात्र थियो कि मेरी आमा केही भन्नु हुँदैन थियो तर म चुप लागेर बस्न सक्दिन थिए । 

बुवा सानो सानो कुरामा ममीलाई गाली गर्नुहुन्थ्यो, हात उठाउनु हुन्थ्यो ममी चुपलागेर सहनुहुन्थ्यो कुनामा बसेर रुनु हुन्थ्यो । साहिलसँग पनि सानो सानो कुरामा बहस हुन्थ्यो, र उ जबरजस्ती नजिक आउने प्रयास गर्थ्यो म कराउँथे । 

म स्कुलमा पढाउँथे । बुबा ममीको जब फोन आउँथ्यो तब उहाँहरुले सोध्ने प्रश्न एकै थियो ‘विहे बारे के सोच्यौं ।’

तिमी भन्दा तलका बहिनीहरुको बारे पनि सोच आदआदी । 

यति करकर गरेपछि म विवाहको लागि तयार भए । साहिलले मलाई दुख नपु-याउने बाँचा गरेको थियो तर मलाई भरोसा थिएन । 

विवाह पछि मेरो डर सत्य भयो । साहिल मलाई कठपुतली जस्तै आफ्नो इशारामा नचाउन चाहन्थ्यो । 

मलाई कविता लेख्न मन लाग्थ्यो । फेसबुकमा म कविताहरु लेख्थे । उसले यसमाथि रोक लगाइदियो । म आफूलाई इच्छा लगेजस्तो कपडा लगाउँथे तर अब मैले उसले चाहेको जस्तो लगाउनु पर्ने भयो । 
एक दिन उसले भन्यो,‘रात सम्ममा आफ्नो पढाइ लेखाइको काम सकाएर बस्ने गर । मलाई खुसी नरोखे म अन्तै जानेछु !’

उ भन्थ्यो कि म उसलाई खुसी पार्न सकिरहेको छैन । त्यसकारण पोर्न फिल्म देखाएर केही सिक्ने सजाय दिन्थ्यो । र उसलाई आफू हिरो बन्ने शोक थियो । उ मलाई छोडेर मुम्बइ जान चाहन्थ्यो । 
उसले भन्यो,‘तिमी यही बसेर जागिर खाउ र मलाई पैसा पठाउ । फेरि म तिम्रो नाममा लोन लिएर घर पनि किन्ने छु ।’

त्यसका लागि उसलाई मेरो ‘हुन्छ’ सुन्नका लागि मलाई धक्का दिएर बेडमा लडायो र फेरि जबरजस्ती गर्ने प्रयास ग-यो । 

त्यहाँ एक हद पार भयो । त्यही रातको अर्को दिन मैले पती छोडिदिए । म पढेलेखेको युवती हु । स्वयं कमाउन सक्छु । आफ्नो खुट्टामा उभिएर केही गर्न सक्छु भने म किन अरुको गुलाम हुने । 

साहिलको घर छोडेको सात महिना भएको छ  । अहिले म स्वयंले आफ्नो वाटो तयर गरेको छु । मलाई फेलोशिप प्राप्त भएको छ । जागिरका साथ पढाइपनि गरिरहेको छु । 

(यो भारतको पश्चिम हिस्सामा बस्ने एक महिलाको वास्तविकता हो । जो बीबीसी संवाददाता सिन्धुवासिनीले कुराकानीको आधारमा तयार गरेकी हुन् । महिलाको आग्रहमा नाम बदलिएको हो । )

यो पनि पढ्नुहोस्

जब मलार्इ थाहा भयो मेरो विवाह नपुंसकसँग भएको रहेछ !

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x