क्रिस्टियानो रोनाल्डोमाथि मोडल ज्यास्मिन लेन्नार्डको गम्भीर आरोप, भनिन् – उनी मानसिक रोगी हुन्

पुस २६, २०७५

काठमाडौं — इंग्लिश मोडल ज्यास्मिन लेन्नार्डले क्रिस्टियानो रोनाल्डो एक मानसिक रोगी भएको बताउँदै उनका बारेमा विस्फोटक रहस्यहरू खुलासा गरिदिने धम्की दिएकी छन् । 

रोनाल्डोमाथि बलात्कारको आरोप लगाउने अमेरिकी महिलालाई सहयोग गर्ने प्रतिज्ञा पनि लेन्नार्डले गरेकी छन् । 

तेत्तीस वर्षीया लेन्नार्डले १० वर्षअघि रोनाल्डोसँग सम्बन्ध राखेकी र आफूलाई त्यसमा मजा आएको बताएकी थिइन् । त्यसपछि पनि आफूहरू सम्पर्कमै रहेको उनको दाबी छ । 

लेन्नार्ड एक मोडल र रियालिटी टीभी शो स्टार हुन् । सन् २००८ मा लास भेगासको एक होटलमा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाउने अमेरिकी महिला क्याथरिन मायोर्गालाई सहयोग गर्ने लेन्नार्डको भनाइ छ । यौन
दुर्व्यवहार भोगेका महिलासम्बन्धी एक कार्यक्रम हेरेपछि आफूले यो कदम चाल्न लागेको उनको भनाइ छ । 

रोनाल्डोले मायोर्गाका दाबीलाई पूरै अस्वीकार गरेका छन् । 

आरटीबाट
 


ADVERTISEMENT

पुस २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार