डेढ घन्टासम्म बाघसँग आँखा जुधाएर उभिइन् यी महिला

माघ १०, २०७५

काठमाडौं — भारतमा फरेस्ट रेन्जमा कार्यरत एक महिला वनरक्षकले जनावरको गणना गर्न जाँदा बाघको फेला परिन् । 

पञ्जाको छाप पछ्याउँदै जाँदा उनी एक खोल्सोनजिक पुगिन् । त्यहाँ १० मिटरको दूरीमा एउटा बाघ बसिरहेको थियो । 

बाघ उनलाई देखेर गर्जियो तर उनले टसमस गरिनन् । डेढ घन्टासम्म उनी बाघसँग आँखामा आँखा जुधाएर उभिरहिन् । 

घटना मध्य प्रदेशको होशंगाबादमा भएको हो । त्यहाँको सतपुडा टाइगर रिजर्भमा कार्यरत सुधा धुर्वे मंगलवार बिहान बाघको सामना गर्दै डेढ घण्टासम्म अडिग रहिन् । बाघले उनलाई तर्साउनका लागि गर्जन गरिरहेपनि सुधाले
तालिमलाई याद गरेर टसमस नगरिकन उभिइन् । 

डेढ घण्टापछि बाघ त्यहाँबाट हिँड्यो । 

सुधासँग दुई चौकीदार पनि थिए । एक चौकीदारले भाग्ने कोशिश गर्दै कदम पछि हटाउँदा बाघले आक्रमण गर्ने मुद्रा देखायो । त्यसपछि तीनैजना त्यहाँ मूर्ति जस्तो नचली उभिरहे । 

एजेन्सी


ADVERTISEMENT

माघ १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार