अवकाशप्राप्त ५२ प्रहरी अधिकृतको घरमा कार्यरत ८५ प्रहरी तानिए

पुस २७, २०७५

 काठमाडौं–अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा अवैध रूपमा कार्यरत ८५ प्रहरी मुख्यालय तानिएका छन् ।

 प्रहरी प्रधान कार्यालयले पाँच पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सहित ५२ प्रहरीको घरबाट पिएसओका नाममा राखिएका सुरक्षाकर्मी फिर्ता गरेको हो ।  


ADVERTISEMENT

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० उल्लंघन गर्दै अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता बोलाएको प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकले विस्तृतमा खबर छापेको छ । 

पुस २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस