×

NMB BANK
NIC ASIA

घर गाउँलेको कुटपीटबाट जन्तीको मृत्यु, तनाव बढ्दा प्रहरी कार्यालयमै ढुंगामुढा

बैशाख १९, २०७६

NTC
फोटो फेसबूकबाट
Premier Steels

काठमाडौं -लमजुङको राईनास नगरपालिका- वडा नम्बर ४ अल्काटारका आशिश कुमाल बेहुली लिन जन्ती लिएर बुधवार गोरखा आएका थिए । 

Muktinath Bank

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ४ कुमाल गाउँका दुर्गाबहादुर कुमाल र जानकी कुमालकी छोरी अञ्जली कुमालसँग उनको विवाह हुँदै थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परम्परा अनुसार नै धुमधामका साथ विवाह सम्पन्न भयो । माइती पक्षले बेहुली अन्माएर पठाए । बेहुली लिएर ससुराली गाउँ पार गर्ने क्रममै थिए आशिश । 


Advertisment
Nabil box
Kumari

जन्ती आएका केही युवाले स्थानीय युवतीलाई जिस्क्याएछन् । दुई पक्षबीच भनाभन शुरू भयो । 

Vianet communication

सामान्य भनाभनबाट शुरू भएको स्थिति तनावग्रस्त बन्न पुग्यो ।

आक्रोशित स्थानीयले बस रोकेर जन्तीमाथि कुटपीट गरे । त्यसक्रममा जन्ती पक्षका ३४ वर्षीय विष्णुबहादुर कुमाल गम्भीर घाइते बने ।

कुमाललाई प्रारम्भिक उपचारका लागि स्थानीय अस्पताल लगियो । त्यहाँ उपचार सम्भव नभएपछि पोखरा पठाइयो ।

पोखराको गण्डकी अस्पतालमा पुगेपछि चिकित्सकले कुमाललाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय ढाँटीपोखरीका प्रहरी नायव निरीक्षक हरि थापाले जानकारी दिए ।

बेहुला र बेहुलीलाई घर पठाएर प्रहरीले घटनामा संलग्न स्थानीयलाई नियन्त्रणमा लियो ।

'परम्परा पनि पूरा गर्नुपर्ने हुन्छ, त्यसैले बेहुला/बेहुलीलाई बेलुका नै पठाइदिएँ,' प्रनानि थापाले लोकान्तरसँग भने, 'घटनामा संलग्न र त्यहाँ उपस्थित गरी १२/१३ जनालाई नियन्त्रणमा लिएका छौं ।'

हिजो बेलुकाबाट शुरू भएको तनाव अहिले पनि जारी छ ।

अभियुक्तहरूलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय गोरखा पठाउने तयारी भएपनि जन्ती पक्षको अवरोधका कारण सम्भव नभएको थापाले जानकारी दिए ।

जन्ती पक्षले प्रहरी कार्यालयमा ढुंगामुडा समेत गरेका छन् । 'नियन्त्रणमा लिएकाहरूलाई मुद्दा चलाउन जिल्ला पठाउने क्रममा जन्ती पक्ष आएर ढुंगामुढा गरे,' प्रनानि थापाले भने, 'आजै जिल्ला चलान गर्छौं ।'

अभियुक्तहरूलाई जिल्ला पठाउनुअघि माइती परिवारलाई बोलाएर छलफल गर्नुपर्ने, क्षतिपूर्ति पाउनुपर्ने र दोषिमाथि कडा कारवाही हुनुपर्ने अडान जन्ती पक्षले राखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x