×

NMB BANK
NIC ASIA

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा किसान कल सेन्टर स्थापना गर्ने महत्वकांक्षी योजना सारेको थियो ।

Muktinath Bank

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बजेट वक्तव्य राख्दै किसान कल सेन्टर स्थापना गर्ने योजना सारेका थिए । तर हाल सो योजना बजेट वक्तव्यमा मात्रै सीमित हुन पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किसानहरूले खेतीपातीको क्रममा भोग्नु परेका समस्याहरूको टेलिफोन मार्फत समाधान गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसान कल सेन्टर स्थापना गरी सञ्चालन गरिने जनाइएको थियो । तर आर्थिक वर्ष सकिनै लाग्दा समेत यहाँको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय भने कल सेन्टर सञ्चालनबारे बेखबर रहेको पाइएको हो ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयका सचिव डा. महेशराज विष्टले किसान कल सेन्टर स्थापना र सञ्चालनबारे आफूलाई कुनै जानकारी नभएको बताए । आफू भर्खरै सरुवा भएर आएकोले यसबारे जानकारी नभएको सचिव विष्टको भनाइ थियो । त्यस्तै मन्त्रालयकै सूचना अधिकारी निलकण्ठ पोखरेलले किसान कल सेन्टर स्थापना तथा सञ्चालन गर्न बजेटसहितको कुनै तयारी नरहेकोले चालु आर्थिक वर्षमा सम्भव नभएको स्पष्ट पारे ।

Vianet communication

किसान कल सेन्टर स्थापना गर्नु ठूलो कुरा नभएको बताउँदै उनले त्यसको प्रभावकारिताको लागि प्राविधिक जनशक्ति र अलग्गै इकाइ चाहिने हुँदा चालु आर्थिक वर्षमा सम्भव नहुने उल्लेख गरे ।

हाल कृषि सूचना तथा प्रशिक्षण केन्द्र काठमाडौंमा मात्रै किसान कल सेन्टर रहेको सुनाउँदै सूचना अधिकारी पोखरेलले भने, ‘किसान कल सेन्टर स्थापना गरेपछि समस्या समाधानको लागि फोन गर्ने किसानले यहाँको जनशक्तिको अवस्था कस्तो छ ? त्यो हेर्दैन । उहाँहरूलाई समस्या समाधानको उपाय मात्रै चाहिएको हुन्छ । त्यसको लागि १५ जना विषय विज्ञ प्राविधिक कर्मचारी अनिवार्य आवश्यक हुन्छन् । तर चालु वर्षमा प्राविधिक कर्मचारी व्यवस्थापनमा देखिएको चुनौतीले कल सेन्टर स्थापना गर्न सम्भव छैन ।’

एक जना समस्याग्रत किसानले किसान कल सेन्टरमा फोन गरेको अवस्थामा कृषि, पशु, मत्स्यलगायत सबै विधाका विषय विज्ञहरू मौजुद भएकै हुनुपर्ने हुन्छ । उनले भने, ‘किसान कल सेन्टर, हेल्लो सीएम, हेल्लो पीए जस्तो होइन । जहाँ प्राविधिक कर्मचारी हुनैपर्छ । एक जनाको अनुपश्थितिमा वैकल्पिक व्यवस्था हुनैपर्छ । नत्र भने कल सेन्टरबाट किसानको विश्वास हट्छ ।’ 

हाल प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि नीति तथा कार्यक्रम र योजना तथा बजेट ल्याउने तयारीमा जुटेको छ । तर ल्याइने त्यस्ता कागजी कार्यक्रमले सरकारकै नीति तथा कार्यक्रममाथि प्रश्न चिन्ह उठाउँदै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x