×

NMB BANK
NIC ASIA

आधा बजेट २ महिनामै खर्च गर्न सकिएला ? अर्थविद् भन्छन् – बहाना बढी भए

जेठ १, २०७६

NTC
Premier Steels

काठमाडौं – सरकारले आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न र शुरूदेखि नै बजेट खर्च बढाउने उद्देश्यले जेठ १५ गते नै बजेट ल्याउने चलन शुरू गरेपनि कार्यान्वयनमा ढिलासुस्ती नै देखिएको छ ।

Muktinath Bank

चालू आर्थिक वर्ष २०७५/०७६ समाप्त हुन २ महिना मात्रै बाँकी हुँदा ५० प्रतिशत मात्रै बजेट खर्च भएको र ५० प्रतिशत बजेट खर्च हुन अझै बाँकी रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म बजेटको ५० दशमलव ३३ प्रतिशत रकम खर्च भएको छ । मंगलवारसम्म ६ खर्ब ६१ अर्ब ९७ करोड १४ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

चालूतर्फ मंगलवारसम्म ४ खर्ब ९५ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ । चालूतर्फ विनियोजित बजेटको ५८ दशमलव ६५ प्रतिशत हो । चालू आर्थिक वर्षमा ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

Vianet communication

पूँजीगततर्फ ३८ प्रतिशत खर्च भएको छ । पूँजीगततर्फ १ खर्ब १९ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । पूँजीगत खर्चलाई विकास खर्चका रुपमा लिने गरिएको छ ।

पुसपछि खर्चको अनुपात बढ्यो

चालू आर्थिक वर्षको ६ महिनामा बजेटको २८ प्रतिशत खर्च भएपनि पछिल्लो समय बजेट खर्चको अनुपात बढेको देखिन्छ । पुस मसान्तसम्म बजेटको २८ दशमलव ५८ प्रतिशत अर्थात् ३ खर्ब ७५ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ खर्च भएको महालेखाको तथ्याङ्कले देखाउँछ ।

जसमा चालूतर्फ २ खर्ब ९६ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ र पूँजीगततर्फ ५५ अर्ब ५२ करोड १० लाख रुपैयाँ खर्च भएको थियो । चालूगततर्फ विनियोजित बजेटको ३५ प्रतिशत र पूँजीगततर्फ विनियोजित बजेटको १७ दशलमव २० प्रतिशत खर्च हो ।

चालू आर्थिक वर्षको बजेट खर्चको प्रणाली हेर्दा बजेट खर्चको शैली नफेरिएको अर्थविद्हरूले बताएका छन् । अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान अवस्था हेर्दा सरकारको खर्च गर्ने प्रवृत्तिमा सुधार नभएको बताए ।

गत आर्थिक वर्षमा असारको अन्तिममा समेत बजेट खर्च भएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको भन्दै बजेट खर्च गर्ने समय अझै बाँकी रहेको व्यंग्य क्षेत्रीले गरे ।

‘महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा गएको आर्थिक वर्षमा असार २०–२५ देखि ३१ गतेसम्ममा बजेटको ११ प्रतिशत खर्च भएको उल्लेख छ । ‘त्यो हेर्दा त बजेट खर्च गर्ने समय अझैं बाँकी छ भन्नु पर्‍यो नि !’ उनले व्यंग्य गर्दै भने, ‘तर त्यो प्रवृत्ति गलत हो । बजेट खर्च भएन भनेर जेठमा बजेट ल्याउने गरिएपनि खर्च गर्नमा बहानाहरू खोज्दा रहेछौं ।’

पछिल्लो समय बजेट खर्च गर्नका लागि कानून बनाउन नसकिएको लगायतका बहाना बनाउने गरिएको उनको भनाई छ । चालू आर्थिक वर्षमा पूँजीगत, चालू र वित्तीय समेत गरी कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x