×

NMB BANK
NIC ASIA

म्याग्दीमा व्यावसायिक एभोकाडो खेती शुरू

जेठ ६, २०७६

NTC
Premier Steels

म्याग्दी- पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा पहिलोपटक एभोकाडोको व्यावसायिक खेती शुरू भएको छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको र स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिने एभोकाडोको खेतीमा किसानलाई आर्कषित गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक तथा मञ्जुश्री नर्सरी हाउसको व्यवस्थापनमा बाबियाचौरमा तीन दिने एभोकाडाखेती सम्बन्धी तालीमपछि किसानले यसको खेती शुरू गरेका हुन् ।

Muktinath Bank

किसानलाई गाउँपालिकाले एभोकाडाका एक हजार बिरुवा निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले तरकारी तथा फलफूल खेतीबाट छोटो समयमै मनग्य आम्दानी गर्न सकिने भएकाले तालीम अनुसार व्यावसायिक खेतीमा सक्रिय हुनेलाई अनुदान समेत दिइने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'यहाँको हावापानीमा एभोकाडाखेती सम्भव छ,फलफुल खेतीमा गाउँपालिकालाई पकेटक्षेत्र बनाउने लक्ष्य छ,' रोकाले भने । गाउँपालिकाभित्रका सबै बस्तीको माटो परीक्षण गरी अनुकूल अनुसारका फलफूल खेती गर्नका लागि किसानलाई गाउँपालिकाले अनुरोध गरेको छ ।


Advertisment
Nabil box
Kumari

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले समेत प्राथमिकता दिएकाले आगामी वर्ष तालिमसहित अनुदानमा बिरुवा वितरण गरिने अध्यक्ष रोकाले बताए । विज्ञ जीवनप्रसाद राईले पछिल्लो समयमा एभोकाडो फलप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको बताए ।

Vianet communication

उनले केही जिल्लामा व्यावसायिक खेती शुरु भएको पनि जानकारी दिए । 'उष्ण र समशितोष्ण हावापानीमा एभोकाडाको खेती गर्न सकिन्छ, बिक्री गर्न बजारमा जानै पदैन्, घरदैलोमै खोसाखोस हुन्छ,' एभोकाडोखेती सम्बन्धी तालिमका प्रशिक्षक समेत रहेका राईले भने। 

समुद्री सतहबाट दुई हजार ५०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । बिरुवा रोपेको चार देखि ६ वर्षभित्रै उत्पादन दिने भएकाले पनि पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर नियमित आम्दानीको स्रोत बनाउन मञ्जुश्री नर्सरी हाउसले गाउँपालिकासँग सहकार्य गरेको अध्यक्ष रोकाले जानकारी दिए । 

नेपालीमा एभोकाडोलाई ‘घिउ’ फल भनेर चिनिने गरेको राईले बताए । यसले फल दिन थालेपछि ५० वर्षसम्म एउटै बिरुवाले फल दिइरहने उनको भनाइ थियो । प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले एभोकाडाको माग र उपभोक्ता दिनदिनै बढ्दै गएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x