×

NMB BANK
NIC ASIA

विपक्षीको अवरोधका कारण कर्णाली प्रदेशसभा बैठक स्थगित

असार ८, २०७६

NTC
Premier Steels

सुर्खेत- कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको १० औं बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।

Muktinath Bank

सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि सदनमा असार १ गते प्रस्तुत गरिएको बजेटको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसुची अन्तर्गत शनिवारको बैठकमा सभामुख राजबहादुर शाीले प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीलाई छलफलमा भाग लिन समय दिएका थिए । तर नेता शाही रोष्टममा जानुको साटो आफ्नै स्थानबाट उठेर अनिवार्य रूपमा सदनमा सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थिति नभएसम्म छलफलमा भाग नलिने भन्दै उठिरहे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभामुख महोदय, संघमा पनि प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री अनिवार्य उपस्थित हुने प्रचलन छ । सोही प्रचलन अनुसार कर्णाली प्रदेशमा त्यस्तै कायम गर्नुको साटो संसदको मर्यादामा माथि गम्भीर प्रहार भयो,’ नेता शाहीले भने, ‘जबसम्म मुख्यमन्त्रीको उपस्थिति हुँदैन तबसम्म हामी विरोध गरिरहन्छौं ।’


Advertisment
Nabil box
Kumari

उनले यति भनिरहँदा सभामुख शाहीले भने, ‘माननीय सदस्य, तपाईंले उठाएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ । कृपया बसेर बैठक सञ्चालन गर्न सहयोग गर्नुहोस् ।’ तर प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बजेट जस्तो संवेदनशील छलफलमा मुख्यमन्त्रीको सहभागिता नहुनु संसदको प्रतिष्ठामाथि आघात पुगेको बताए ।

Vianet communication

‘सभामुखज्यू, मुख्यमन्त्री उपस्थित नभएसम्म यो सदन अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘हामीले बेमौसमी तरिकाले सदन अवरुद्ध गरेका होइनौं ।’

प्रतिपक्षी उठिरहेपछि सत्तारुढ दल नपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले सभामुखसँग समय मागे । ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न समयमा अनावश्यक रूपमा सदन अवरुद्ध गर्दै आइरहेको छ,’ उनले भने, ‘बजेट प्रस्तुत गर्ने विभागीय मन्त्री हुँदाहुँदै किन मुख्यमन्त्रीको उपस्थिति चाहियो ? उहाँ उपस्थित भए राम्रो तर नभए के उहाँ अन्य बाहिर जानै नमिल्ने भन्ने छ र ?’ उनले सदनको मर्यादालाई कायम गर्दै बैठक सुचारु गराउन सभामुख लाई आग्रह गरे ।

करीब ६ पटक सभामुख राजबहादुर शाहीले माननीयज्यू बस्नुहोस् भन्दा भन्दै प्रतिपक्षी दलले नमानेपछि सदन १५ मिनेटका लागि स्थगित भएको सभामुख शाहीले घोषणा गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x