×

NMB BANK
NIC ASIA

सार्वजनिक प्रशासनलाई परिणाममुखी बनाइने मन्त्रीको भनाई

असार ८, २०७६

NTC
Premier Steels

काठमाडौं – सरकारले सार्वजनिक प्रशासनलाई परिणाममुखी र प्रभावकारी बनाउन बजेटमार्फत स्पष्ट रुपमा विभिन्न व्यवस्था गरेको छ । 

Muktinath Bank

प्रतिनिधिसभाको आइतवारको बैठकमा विनियोजन विधेयक–२०७५ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सेवा प्रवाह र विकास निर्माणलाई गति दिन निजामती प्रशासनलाई थप चुस्त–दुरुस्त बनाउन आवश्यक कार्यक्रम बजेटमा समेटिएको उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कर्मचारी प्रशासनलाई सुशासन र विकासमैत्री बनाउन दण्ड तथा पुरस्कारको मापदण्ड बनाउन समिति गठन गरिएको, निजामती कर्मचारीको तहअनुरुप तलबमान वृद्धि र सेवासुविधा निर्धारण गरिएको बताए ।


Advertisment
Nabil box
Kumari

मन्त्री पण्डितले जनशक्ति व्यवस्थापनका लागि स्थानीय तहले मागेको विज्ञापनका आधारमा सरकारले लोकसेवा आयोगलाई विज्ञापन गर्न अनुरोध गरेकाले उक्त विज्ञापन संविधान र कानूनबमोजिम भएको स्पष्ट पारे ।

Vianet communication

उनले संविधानले दिएको अधिकार र आयोगले आफ्नो संवैधानिक अधिकारबमोजिम काम सन्पन्न गर्ने विश्वास व्यक्त गरे । लोकसेवा आयोगको विज्ञापन किन समावेशी भएन भन्ने सांसदहरूको जिज्ञासामा उनले लोक सेवा आयोग संवैधानिक अंग भएकाले उसले संविधान र प्रचलित निजामती ऐनबमोजिम विज्ञापन गरेको जवाफ दिँदै यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले थप केही भन्न नसकिने स्पष्ट पारे ।

उनले संघीय निजामती ऐन संसदीय समितिमा विचाराधीन रहेको र यसले पूर्णता नपाउँदासम्म संक्रमणकालको व्यवस्थापनका लागि अनुमति दिएको उल्लेख गरे । ‘ऐन पारित भएपछि समावेशितालगायत मुद्दाको व्यवस्थापन हुन्छ । कर्मचारीलाई आवश्यकताअनुरुप बढी प्रतिफल दिनेगरी प्रचलित कानून परिचालन गर्ने व्यवस्था गर्दैछौं, यसले प्रशासनमा सुशासन, सरुवा बढुवामा निष्पक्षता र व्यवस्थित प्रणाली अपनाउने दिशामा केन्द्रित हुनेछ,’ मन्त्री पण्डितले भने । 

सरकारले समावेशी, समानुपातिक प्रणालीलाई लत्याउने नभई बरु संविधानले अंगीकार गरेको हकअधिकार उपयोग गरेर निजामती ऐन छिटो संसद्बाट पारित गराउनेतर्फ केन्द्रित रहेको उनको भनाइ थियो । प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन भई सेवा प्रवाह भइसकेको जानकारी गराए ।

मन्त्री पण्डितले भने, ‘संविधान र कानून विपरीत कुनै पनि काम गर्ने छैन । कर्मचारीको नियुक्ति तथा सरुवा बढुवा प्रचलित कानूनबमोजिम भइरहेको छ । नातावाद र क्रिपावाद केही चल्दैन ।’

प्रदेश सरकार र स्थानीय सरकारलाई पनि जिम्मेवार बनाउने गरी बहुवर्षीय आयोजनाका कार्यक्रम बजेटमा समावेश गरिएकाले बजेट केन्द्रमुखी नभएको मन्त्री पण्डितको प्रस्टोक्ति थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x