चीनसँग हवाई सेवा पुनरावलोकन हुँदै

असार २७, २०७६

करिब ५ वर्षपछि नेपाल र चीनबीच आगामी महिना हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै नेपाल सरकार र चीन सरकारका प्रतिनिधिमण्डलबीच चीनको राजधानी बेइजिङमा साउन ९ तथा १० गते उडान संख्या वृद्धि, हवाईमार्ग पुनरावलोकन र द्विपक्षीय हितका अन्य विषयमा वार्ता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई सेवा सम्झौता हेर्ने सहसचिवको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने बताएका हुन् । 
बाँस्कोटाका अनुसार नेपाल र चीन सरकारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्तापश्चात तय हुने हवाई सेवासम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई टोली नेताले हस्ताक्षर गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । सन् २०१४ मा भएको पछिल्लो सम्झौतालाई संशोधन गरिने मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । काराेबार दैनिकमा खबर छापिएकाे छ । 


ADVERTISEMENT

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस