×

NMB BANK
NIC ASIA

सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न आनाकानी

असार ३१, २०७६

NTC
Premier Steels

रुपन्देही – जिल्लाका उद्योगी व्यवसायीले सरकारले साउन महीनादेखि लागू गर्न खोजेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न आनाकानी गरेका छन् ।

Muktinath Bank

रुपन्देही जिल्लाका व्यावसायिक संघसंस्थाको समूह सञ्जालले सोमवार बुटवलमा पत्रकार सम्मेलन गरी सरकारले पूर्वाधार तयारीबिना उद्योगी व्यवसायी एवं रोजगारदाताको वास्तविकता नबुझी सामाजिक सुरक्षा योजना ल्याएको भन्दै कार्यान्वयनमा समस्या हुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योगीले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू गर्नुअघि हरेक स्तर र क्षेत्रका रोजगारदातासँग थप छलफल गर्नुपर्ने र कोषमा सरकारको समेत सक्रिय सहभागिता रहनुपर्ने माग गरेका छन् । उनीहरूले उद्योगी व्यवसायी एवं रोजगारदाताको पूँजी र कार्यरत श्रमिक संख्याको आधारमा ठूला, मझौला र साना उद्योगको वर्गीकरण गरी मापदण्डको आधारमा क्रमिकरूपमा लागू गर्दैै जाने व्यवस्था गर्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

उनीहरूले साउन १ गतेदेखि लागू गर्न खोजिएको ढुवानीसम्बन्धी सवारी साधन तथा खरिद ट्र्या्किङ प्रणाली (भीसीटी) प्रविधि, पूर्वाधार र सक्षम जनशक्तिको अभावका कारण तत्काललाई अव्यावहारिक देखिएको जनाए ।

Vianet communication

रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले सुरक्षा योजना कार्यान्वयन गर्दा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी स्थानीय उद्योगी व्यवसायी धरासायी हुने निश्चित भएको बताए । उनले अस्थायी, दैनिक ज्यालादारी, गोटा र करारमा काम गर्ने मजदुरलाई यस कोषमा सहभागिताका लागि बाध्यतात्मक गर्न नहुने माग गरे ।

तेस्रो मुलुकका कामदार राखेबापत जम्मा गर्नुपर्ने वार्षिक रकम न्यून गरिनुपर्ने, दुर्घटनामा परी घाइते हुने श्रमिकको औषधि उपचार गर्न पायक पर्ने अस्पतालमा व्यवस्था हुनुपर्ने, उपचारका लागि सरकारी तथा निजी दुवै अस्पतालमा सुविधा दिइनुपर्ने र भुक्तानी प्रक्रिया सरल बनाइनुपर्ने, सामाजिक सुरक्षा कोषमा सहभागी हुने रोजगारदातालाई समेत कर भुक्तानीको योगदानको आधारमा छुट्टै कोषको व्यवस्था गरी सुविधा प्रदान गरिनुपर्ने लगायतका माग उद्योगीहरूले गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x