×

NMB BANK
NIC ASIA

सुर्खेत - बराहताल गाउँपालिका वडा नं. ५ को सुन्द्वारी गाउँ भैंसीमय भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ६० वटा भैंसी वितरण गरेपछि गाउँ नै भैंसीमय भएको हो ।

Muktinath Bank

स्थानीय धनसरी धमालाले पहिले एक वटा भैंसी पालिरहेकी थिइन् । अहिले प्रदेश सरकारबाट थप २ वटा भैंसी पाएकी छिन् । प्रदेश सरकारले भैंसी दिएपछि आम्दानी बढेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एक छाकमा अहिले १२ लिटर दूध उत्पादन भइरहेको छ,'  उनले लोकान्तरसँग कुरा गर्दै भनिन्, ‘बिहानको दूध बजार बेच्छौं । ४८ रुपैंया प्रतिलिटर दूध बेच्दै आइरहेका छौं ।’


Advertisment
Nabil box
Kumari

 सुन्द्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष रत्नलाल सुवेदीले १ भैंसी पालेका कृषकलाई मात्रै थप २ भैंसी दिइएको बताए । ‘हामीले गाउँलाई नै भैंसीमय बनाउन खोजिरहेका छौं,' उनी भन्छन्, ‘पहिलो चरणमा ६० वटा भैंसी वितरण गर्यौं ।’

Vianet communication

अहिले उक्त गाउँमा १०८ वटा भैंसी छन् । कृषकले दैनिक १ सय ५० लिटर भन्दा बढी दूध वीरेन्द्रनगरमा पठाइरहेका छन् । जम्मा ३० घरधुरी रहेको सुन्द्वारी बड्डिचौर नजिकै पर्छ ।

‘भैंसीको स्रोत केन्द्र नै खोल्ने योजनामा हामी छौं,' सुवेदी भन्छन्, ‘दुग्ध चिस्यान केन्द्र खोलेर आयआर्जन वृद्धि गर्ने योजनासहित हामी अघि बढिरहेका छौं ।’

यता बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत सुन्द्वारीलाई भैंसी पालन क्षेत्रका रूपमा विकास गर्न लागिएको बताउँछन् । ‘प्रदेश सरकारसँगको सहकार्यमा हामीले सुन्द्वारीलाई भैंसीको पकेट क्षेत्रको रूपमा विकास गर्न लागेका छौं,' लोकान्तरसँग कुरा गर्दै अध्यक्ष बस्नेतले भने, ‘आगामी दिनमा भैंसी पालन व्यवसायलाई थप व्यवसायिक बनाउँदै अघि बढने संकल्प हाम्रो छ ।’

उसो त प्रदेश सरकार र स्थानीय सरकारबीच गहिरो खाडल बनिरहेको अवस्थामा बराहतालमा भने त्यस्तो छैन । ‘हामी सबैको सपना नै समृद्धि हो,' अध्यक्ष बस्नेत भन्छन्, ‘सबै मिलेर नै गाउँ बनाउने हो । प्रदेश सरकारसँग सहकार्य गरेर गाउँपालिका अघि बढ्छ र हामी पनि अघि बढ्नेछौं ।’

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी कृषिबाट मात्रै प्रदेशको समृद्धि सम्भव रहेको बताउँछन् । ‘नेपालको विकास र समृद्धिका लागि अरु भन्दा कृषि नै महत्वपूर्ण क्षेत्र हो,' भारी भन्छन्, ‘त्यहि कारण मन्त्रालयले यो वर्ष भैंसी वितरण गरेको हो ।’

उनले दैलेख र सुर्खेतमा ३ सय ३४ वटा भैंसी तथा ३४ वटा गाई वितरण गरिएको बताए । ‘दूधमा कर्णालीलाई आत्मनिर्भर बनाउने र कृषि पेशातर्फ जनतालाई आकर्षित गर्ने योजना हाम्रो हो,'  उनी भन्छन्, ‘यो वर्ष सामूहिक र व्यक्तिगत रूपमा भैंसी वितरण गरेका छौं । आगामी वर्ष सामुहिक र व्यक्तिगत रूपमा पालन गरिएका भैंसीको परिक्षण गरेर सोही अनुसार थप गाई भैंसी वितरण गर्नेछौं ।’

मन्त्री विमला केसीले पनि कृषिबाट नै कर्णाली समृद्ध हुने बताउँछिन् । ‘हामीसँग पर्याप्त मात्रामा जंगल छ, घाँस छ,'  उनी भन्छिन्, ‘खेर गइरहेको घाँसलाई सदुपयोग गर्नसके कृषकको आयस्तर पनि बढ्ने र विदेश जाने क्रम पनि रोकिने अपेक्षा मन्त्रालयको छ ।’ उनले भारतको कालापहाड जाने क्रमलाई रोक्न पनि गाई भैंसी वितरण गर्ने कार्य शुरू गरिएको जानकारी दिईन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x