×

NMB BANK
NIC ASIA

गाउँ-गाउँमा पुगेको सिंहदरबारको 'करामत' : जीवित दम्पतीलाई मृत्यु दर्ताको प्रमाणपत्र !

साउन ३, २०७६

NTC
Premier Steels

सुर्खेत- दैलेखको भगवतीमाई गाउँपालिकाले जिवितै रहेका एक दम्पतीलाई मृत्यु दर्ताको प्रमाणपत्र थमाएको पाइएको छ । भगवतीमाई गाउँपालिकाको वडा नं. ४ का मनिराम खत्री र उनकी श्रीमतीलाई मृत्यु दर्ताको प्रमाणपत्र बुझाइएको हो ।

Muktinath Bank

‘गएको मंसिरमा हाम्रो परिवार बसाईं-सराईं गरी बाँसगढी नगरपालिका आएको थियो,’ पीडितकी छोरी नानकला केसीले भनिन्, ‘उतिबेला वृद्धभत्ताका लागि कागजात मिलाइदिन भनेर बुवा आमाले गाउँपालिकामा कागजात पेश गर्नुभएको थियो ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर असार १० गते मनिरामका दुवैजनालाई मृत्यु दर्ताको कागजात थमाइयो । उनीहरु निरीह भएर घर फर्किए । ‘वृद्ध भत्ताका लागि बाँसगढी नगरपालिका र भगवतीमाई गाउँपालिकामा धेरै धाइयो,’ छोरी नानकलाले भनिन्, ‘तर कतैबाट माग सम्वोधन भएन ।’


Advertisment
Nabil box
Kumari

उनले वडा सचिव कृष्णबहादुर शाही र सामाजिक परिचालक ज्ञानबहादुर थापाका कारण यस्तो सास्ती भोग्नुपरेको आरोप लगाइन् । ‘बाँचेका मेरा बुवा आमालाई मृत्यु दर्ताको प्रमाणपत्र दिने अधिकार गाउँपालिकालाई कसले दियो ?’ उनले प्रश्न गरिन्, ‘बाँचेका छन् भन्ने थाहा हुँदाहुँदै वडा सचिव र सामाजिक परिचालकले मेरा अभिभावकलाई मृत्यु दर्ताको प्रमाणपत्र थमाउन कसरी मिल्छ ?’

Vianet communication

असार २७ गते बाँडिएको वृद्धभत्ता लिन गएका दम्पतीलाई मृत्यु दर्ताको प्रमाण पत्र दिएपछि तनाव भएको छ । एकातिर जिउँदै भएका व्यक्तिलाई मरेको भनेर पीडा दिइएको छ भने अर्कोतिर गाउँपालिकाले वृद्धवृद्धाको जीउने अधिकारमाथि सोझै हस्तक्षेप गरेको छ ।

‘मेरो दाजु रेशम खत्रीलाई आमाको किरीया खर्च भनेर दुई हजार दिन खोजेका रहेछन्,' छोरी नानकलाले भनिन्, ‘जिउँदै भएको बेला के किरीया खर्च लिउँ भनेर दाजुले लिन मान्नु भएन ।’

उनले गाउँपालिका अध्यक्ष दानबहादुर थापाले समस्या समाधान गर्ने भनेर आश्वासन दिएको बताइन् । ‘अध्यक्ष ज्यूले समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ,' उनले भनिन्, ‘जिउँदै व्यक्तिलाई मरेको भनेर प्रमाणपत्र दिनेलाई के कारवाही होला र खै ?’

गरीब तथा सर्वसाधारणले गाउँका सिंहबाट कस्तो न्याय मिल्ला भन्ने उनको प्रश्न थियो । भगवतीमाई गाउँपालिका अध्यक्ष थापाले आइटी अफिसर देवेन्द्र सिंहलगायतको बारेमा छानविन गरिरहेको बताएका छन् । ‘मैले पनि हिजोमात्रै थाहा पाएको हुँ,' अध्यक्ष थापाले लोकान्तरसँग भने, ‘जानेर गरेको होइन भनेर भनेका छन् । छानविन पनि गरिरहेका छौं । गल्ती गर्नेलाई कारवाही हुन्छ ।’

अध्यक्ष थापाले प्रमुख प्रशासकीय अधिकृतलाई छानविन गर्न निर्देशन दिइसकेको बताए । ‘मैले वडा सचिव वा आइटी अफिसर कसले गल्ती गरेको हो त्यो छानविन गर्न निर्देशन दिइसकेको छु,' उनले भने, ‘उहाँहरुले न्याय पाउनुहुन्छ । वृद्ध भत्तापनि पाउनुहुन्छ ।’

अध्यक्ष थापाले आफुले हिजोमात्र जानकारी पाएको बताउँदै जिउँदै मान्छेलाई मृत्यु दर्ताको प्रमाणपत्र दिइनु अक्ष्यम्य गल्ती भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x