×

NMB BANK
NIC ASIA

प्रधानाध्यापकको नियुक्ति नहुँदा शिक्षकले पाएनन् तलब

साउन २७, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

बेझाड – राजनीतिक विवादका कारण राधाकृष्ण माध्यमिक विद्यालय निस्दी गाउँपालिका–१ बाकामलाङ्मा प्रधानाध्यापक नियुक्त हुन सकेको छैन । 

Muktinath Bank

प्रधानाध्यापक नियुक्त नहुँदा शिक्षक कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् । प्रधानाध्यापक पीताम्बर भण्डारीले अवकाश लिएपछि २०७५ चैत २८ गतेदेखि निमित्त प्रअको कार्यभार प्रावि तहका स्थायी शिक्षक हुमबहादुर रानालाई  दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ प्रअ नियुक्ति राजनीतिक विवादले विद्यालयले व्यवस्थापन गर्न सकेको छैन । समितिका अध्यक्ष मीनबहादुर पुलामीले शिक्षा ऐन नियमावलीअनुसार नभई सहमतिमा प्रअ नियुक्ति गर्ने प्रयास गरेको र समितिभित्रै सहमति हुन नसक्दा समस्या भएको बताए ।


Advertisment
Nabil box
Kumari

‘ऐन नियमावलीभन्दा पनि सहमतिबाटै टुंग्याउने कोसिस गरेका हौं, यस विषयमा ८/१० पटक समितिको बैठक बस्यो तर निष्कर्षमा पुग्न सकिएको छैन,’ उनले भने । प्रअको दाबेदारका रुपमा मावि तहमा कार्यरत स्थायी शिक्षक भेषबहादुर अधिकारी, अशोक सिंह, निमावि तहमा कार्यरत स्थायी शिक्षक खडानन्द पाण्डेय, जगनाथ लम्साल र प्रावि तहका स्थायी शिक्षक (हाल निमित्त प्रअ) हुमबहादुर राना छन् ।

Vianet communication

विद्यालयको नाममा चौमासिकको तलब आइसकेको छ तर प्रअको टुंगो नलाग्दा शिक्षकले असार मसान्तभित्रै बुझ्ने तलब अहिलेसम्म बुझ्न नपाएको शिक्षक भेषबहादुर अधिकारी बताउँछन् । ‘लामो समयसम्म समितिले राजनीतिक द्वन्द्व गरेर प्रअको टुंगो लगाउन सकेको छैन, शिक्षा ऐन नियमावलीबमोजिम प्रअ नियुक्ति हुनुपर्छ, नियम र कानून मिचेर नियुक्ति गर्न पाइने छैन,’ उनले भने ।

विद्यालयको नाममा रहेको खातामा छात्रवृत्ति, शैक्षिक सामग्रीका लागि आएको रकम पनि झिक्न पाइएको छैन ।

लेखापाल गोविन्द पाण्डेय र अध्यक्ष मीनबहादुर पुलामीको नाममा खाता सञ्चालन गरेर शिक्षक कर्मचारीलाई तलब खुवाउने मौखिक जानकारी भएको थियो पछि फेरि समितिमै विवाद परेपछि रकम झिक्न समस्या परेको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख नरबहादुर थापाले प्रअ नियुक्तिको बारेमा शाखाले पटकपटक अनुरोध गरिरहेको र लामो समय बितिसक्दा पनि राजनीतिक विवादमा समिति अल्झिरहेको बताए ।

विद्यालयमा प्रअ नियुक्तिका विषयमा दुई पटकसम्म कार्यालयबाट पत्र पठाइ सक्दा पनि नियुक्ति प्रक्रियामा आलटाल भइरहेको र शिक्षा ऐन नियमावलीअनुसार नै कार्यरत शिक्षकको विशिष्टताको आधारमा नै प्रअ नियुक्ति हुनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले बताए ।

राजनीतिक विवाद गरेर समिति अल्झनभन्दा शिक्षा ऐन नियमावलीअनुसार काम गर्न वडा कार्यालयले पनि समितिलाई अनुरोध गरिरहेको र समितिको विवादले शिक्षक कर्मचारीले समयमा नै तलब बुझ्न नपाएको निस्दी गाउँपालिका– १ का अध्यक्ष पूर्णबहादुर खाँणले बताए । विद्यालयमा १९ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x