×

NMB BANK
NIC ASIA

मारुनी : फरक कथामा कमजोर प्रस्तुति [फिल्म समीक्षा]

भदौ १६, २०७६

NTC
Premier Steels

काठमाडौं- फरक कथामा बनाइएको फिल्म हो- मारुनी । सामान्यतया: मारुनी एउटा नाच हो । जहाँ पुरुष महिला बनेर नाच्छन् । बिहेको रत्यौलीदेखि सामान्य कार्यक्रमहरूमा दर्शकलाई मनोरञ्जन दिन 'मारुनी नाच' देखाइन्छ । तर फिल्मले 'मारुनी'को कथा भन्न कञ्जुस्याइँ गरेको देखिन्छ । मात्रै मारुनीको प्रतिबिम्ब पस्केको छ । फिल्म हेर्दैजाँदा मारुनी नै बिर्सन सक्छन् दर्शकले ।

Muktinath Bank

नवल नेपाल निर्देशित फिल्म मारुनीमार्फत 'तेस्रो लिंगी'को कथा भनिएको छ । नयाँ कथा नै फिल्मको सुन्दर पक्ष हो । तेस्रो लिंगीलाई हेर्ने आमबुझाइभन्दा केही माथि उठेका छन् निर्देशक । ट्रान्सजेन्डर पात्रलाई फिल्मले मजाकको रूपमा लिएको छैन । यसमा निर्देशक सजक भएको देखिन्छ । तर तेस्रो लिंगीको संवेदना र भावभंगीलाई कमजोर ढंगले पस्किएको भान हुन्छ । फिल्ममा तेस्रोलिंगीको सोचाइ, भावना र व्यवहारलाई गहिराईसम्म पुगेर प्रस्तुत गरेका छैनन् निर्देशकले । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कस्तो छ कथा ?


Advertisment
Nabil box
Kumari

फिल्मको कथा दुई युवकबीचको मित्रताबाट शुरू हुन्छ । यश (पुष्प खड्का) र राज (आयुष प्रधान) बच्चैदेखिको साथी हुन्छन् । राज यशका लागि जे पनि गर्न तयार हुन्छन् । धनाढ्य परिवारका राज बाबुले किनिदिएको बाइक पनि यशलाई दिन तयार हुन्छन् । उनी यशलाई हरेक कुरामा सहयोग गर्छन् । यश र राजको बीचमा मधु (रेबिका गुरुङ)को इन्ट्री हुन्छ ।

Vianet communication

मधुले यशलाई मन पराउँछिन् तर यो कुरा राजलाई मन परिरहेको हुँदैन । उनी चाहन्छन् कि आफूहरूबीचको मित्रतामा एउटा केटीको कारण फाटो नआओस् । भलै त्यो मित्रताको उद्देश्य अर्कै छ । घटनाले फरक मोड लिन्छ अब मधुको बर्थडे पार्टी आयोजना हुन्छ । मधुलाई राजले दिएको ब्रासलेट गिफ्ट दिएपछि उनीहरूबीच लफडा हुन्छ । त्यसपछि राज एकाएक हराउँछन् । राजले यश पाउनकै लागि लिंग परिवर्तनसम्म गर्छन् । 

लिंग परिवर्तनपछि 'सुमन'को यशसँगको सम्बन्ध कस्तो रहन्छ ? के उनले यशलाई पाउँछन् या गुमाउँछन् ? यसका लागि तपाईंले फिल्म हेर्नुपर्ने हुन्छ ।

कमजोर पक्ष

फिल्मको फर्स्ट हाफ झुर छ । मित्रता देखाउनका लागि गरिएका केही प्रयत्नहरू बनावटी लाग्छन् । फर्स्ट हाफका केही दृश्यहरूले दर्शकलाई पट्यार लाग्न सक्छ ।

केही दृश्यहरु फिल्म लम्ब्याउन मात्रै प्रयोग गरिएको भान हुन्छ । यशको अफिसमा रहेकी रिसेप्सनिष्टको पात्र अनावश्यक लाग्छ । उनको हर्कतले दर्शकलाई बोरिङ गराउँछ ।

अर्को, रेष्टुरेन्टमा देखाइएको फाइटको दृश्य पनि बनावटी देखिन्छन् । मदिराले लठ्ठिएका यशले हानेका 'शट'हरू असान्दर्भिक लाग्छन् । यो दृश्यले फिल्मको कथालाई कुनै योगदान गर्दैन ।

फिल्मको ठाउँ-ठाउँमा राखिएको ब्याकग्राउण्ड साउण्डले दिक्कै लगाउँछ । उक्त ध्वनीले दर्शकलाई लामोसमयसम्म हलमा खिचिरहन मद्दत गर्दैन । तर 'ट्रान्सजेन्डर' पात्रमाथि गरिएको खेलाँची नै फिल्मको मुख्य कमजोरी हो । 

राम्रो पक्ष

फिल्मको वास्तविक कथा भने दोस्रो हाफको मध्यतिरबाट हुन्छ । सुमनको अस्पताल भर्ना र त्यसपछि आएका ट्विस्टहरूले फिल्मलाई केही राहत दिलाएको अनुभूत हुन्छ । अब के होला ? भन्ने कौतुहलता भने अन्त्यमा मात्र देख्न सकिन्छ ।

निर्देशकले फिल्मको इन्डिङतिर गरेको मेहनत फर्स्ट हाफतिर गरेको भए फिल्म अझै उत्कृष्ट बन्थ्यो । फिल्मको अन्त्य साँच्चै 'वाह' भन्ने खालको छ । छायांकनमा कुनै खोट लगाउने ठाउँ छैन ।

पुष्प खड्काको अभिनय औसत छ । अन्य फिल्ममा गरिएका अभिनयकै स्तर छ यसमा पनि । तर साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनयमा सुधार देखिएको छ । उनको अभिनय माझिँदै गएको देखिन्छ । नयाँ अनुहार आयुष प्रधान र रेबिका गुरुङले चरित्रलाई न्याय गरेका छन् ।

मारुनीमार्फत दर्शकले नयाँ कथा चाख्न सक्छन् । निर्देशकले आफ्नो कथा निर्धक्कसँग भनेका छन् । फिल्ममा कमीकमजोरीहरू भएपनि 'ट्रान्सजेन्डर'को कथालाई मूर्त रूप लिन गरिएको हिम्मतलाई सकारात्मक लिनुपर्छ । यदि तपाईंलाई नयाँ कथा चाख लाग्छ भने मारुनी हेर्दा हुन्छ । 

फिल्म : मारुनी

निर्देशक : नवल नेपाल

निर्मात्री : पुनम गौतम

कलाकारहरू : पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, आयुष प्रधान, रेबिका गुरुङ आदि ।

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x