×

NMB BANK
NIC ASIA

भारत हुँदै तेस्रो मुलुक जाने वस्तुको नेपालमै गुणस्तरमापन, हाेला त लागत कम ?

भदौ १९, २०७६

NTC
फाइल फोटो
Premier Steels

इलाम– भारत हुँदै तेस्रो मुलुक जाने वस्तुको नेपालमै स्वच्छता र गुणस्तरमापन हुने भएपछि वस्तुको लागत कम हुने अनुमान गरिएको छ । यसभन्दा अघि कृषिजन्य पदार्थ र अन्य सामान निर्यात गर्दा  भारतकै कोलकतामा मात्र स्वच्छता र गुणस्तरमापन हुने गरेकामा  केही समयअघि भारत–नेपालबीच भएको समझदारीमा नेपालमै गुणस्तरमापन गरेर भारत निर्यात गर्ने सहमति भएको थियो ।
    
यो सहमतिपछि भारत निकासी गर्दा बहोर्नुपर्ने अनावश्यक झन्झटका साथै लागत पनि कम हुने  देखिएको छ । यसभन्दा अघि विभिन्न बहानामा भारतीय नाकामै गुणस्तर मापनको नाममा मालबहाक ट्रक थन्किने गरेका थिए ।

Muktinath Bank

वस्तुको गुणस्तर मापन गराएर नेपाल ल्याउञ्जेल नाकामै मालबहाक ट्रक थन्काउनुपर्ने समस्या समाधान हुने व्यवसायीहरूको अनुमान छ ।परीक्षणका लागि कोलकता लैजान र   विभिन्न बहाना बनाएर तीन महीनासम्म भन्सार शुल्क तिरेर मालबहाक ट्रक थन्काउन व्यवसायी बाध्य थिए । अव नेपालमै यस्तो मापन हुने भएपछि अनावश्यक झन्झट हटने नेपाल अलैँची व्यवसायी महासङ्घका सचिव मातृका घिमिरेले बताए। ‘हामीले क्वारेन्टाइनको नाममा धेरै समस्या भोग्नुपरेको र यसका नाममा दुई/तीन महीनासम्म  सामान रोकिदिने गरेकामा  अब यो समस्या समाधान हुनेमा आफूृहरू आशावादी भएको उनले बताए। 
    
सचिव घिमिरेले भने, ‘‘राज्यले व्यवस्थित तरिकाले क्वारेन्टाइन राख्न सके किसान तथा  व्यवसायीलाई धेरै सहज हुन्छ  । नेपालको मापनयन्त्रलाई भारतले कसरी हेर्छ र कति समयमा यो निर्माण  हुन्छ भन्ने पनि समस्या छ ।’’ विशेषगरी पूर्वी नाका हुँदै जाने अलैँची, अदुवा र चियाको मूल्यसमेत नेपालमै मापन हुने भएपछि व्यापार बढ्ने देखिएको छ । वस्तुको लागत कम हुने भएपछि मूल्य पनि बढ्ने व्यवसायीहरूको भनाइ छ । 
    
हालसम्म कृषिजन्य वस्तु नेपाल भित्र्याउनु अघि  भारतको पटनामा गुणस्तरमापन हुन्थ्यो भने यता नेपाल भित्रने वस्तु कोलकत्तामा मापन हुने गथ्र्यो । नेपालबाट निर्यात हुने वस्तुको नेपालमै मापन हुने भएपछि कम समयमै परीक्षण गरेर सामन निकासी गर्न सहज हुने देखिएको छ । भारतमा मापन गर्न लैजानका लागि पनि लामो समय कुर्नुपर्ने र त्यसको प्रतिवेदन आएपछि मात्र वस्तु निकासी गर्नुपर्ने बाध्यता हटने नेपाल अलैँची व्यवसायी महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक नेपालले बताए।
    
करीब एक महीनाअघि मात्र काठमाडौँमा भारतीय राजदूतको उपस्थितिमा यो सहमति भएको थियो । दुबै देशको वस्तुको गुणस्तरलाई एक अर्काले पालना गर्ने गरी यसको सहमति भएको हो  तर नेपालमै गुणस्तरमापन कहिलेदेखि हुन्छ भन्ने हालसम्म एकिन भएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 दुई देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई एक–अर्काले मान्यता दिने गरी यो सहमति भएको हो । खाद्य अनुसन्धान विभागका वरिष्ठ अधिकृत मोहनकृष्ण महर्जनले भने,“दुई देशबीच सहमति भएको हो ।


Advertisment
Nabil box
Kumari

काठमाडौँमा भने यो मापन केही समयदेखि नै गर्न सकिन्छ तर अन्य क्षेत्रमा केही वर्ष लाग्छ ।” उनले जोड दिए, “नेपालको विराटनगर नाकामा भने यसका लागि हाम्रो भवन भएकाले केही समयमै गर्न सकिन्छ  तर अन्य भारतीय नाकामा भने दुईदेखि तीन वर्ष समय लाग्न सक्छ ।” 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x