भारत निकासी गर्न लागेको अवैध ७० बोरा मटर बरामद

भदौ ३०, २०७६

सप्तरी-अवैध रुपमा भारत तर्फ निर्यात गर्न लागेको ७० बोरा पहेलो मटर बरामद गरेको छ ।

आज (सोमबार) साँझ सप्तरी हनुमाननगर कंकालिनि नगारपालिका १४ स्थीत रामपुराका ३५ पर्षीय विनोद यादव र सोहि ठाउँका हरीप्रसाद यादवको घरमा लुकाइराखेको अवस्थामा प्रहरीले ७० बोरा पहेलो मटर बरामद गरेको हो ।


ADVERTISEMENT

जिल्ला प्रहरी कार्यलय सप्तरीको टोलीले विनोदको घरबाट २५ केजीका ३० बोरा र हरी प्रसादको घरबाट २५ केजीको ४० बोरा बरामद गरेको प्रहरीले जनाएको छ ।

आवश्यक कारवाहिको लागि भन्सारमा बुझाएको प्रहरीले जनाएको छ, भने विनोद र हरीप्रसा दभने फरार छन । प्रहरीले उनीहरुको खोजी गरिरहेका छ ।
 

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस