×

NMB BANK
NIC ASIA

उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक

असोज ५, २०७६

NTC
Premier Steels

रुपन्देही–रुपन्देहीका उद्योगीहरुले रुपन्देहीलाई औद्योगिक हब बनाउन नीतिगत तथा संस्थागत सुधारका कार्यक्रम तत्काल लागू गर्न आग्रह गरेका छन् ।

Muktinath Bank

उनीहरुले मुलुकमा बढ्दो अविश्वासको वातावरणको अन्त्य गर्दै उद्योगमैत्री वातावरण निर्माणका लागि सरकारलाई सुझाव दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबार बुटवलमा अवधारणा सार्वजनिक गर्दै उद्योगीहरुले यस क्षेत्रको औद्योगिक तथा आर्थिक विकासका लागि निजी क्षेत्रको सहभागितामा आयात प्रतिस्थापन गर्ने लक्ष्यसहितको उद्योगहरुको स्थापना गर्न लाग्नुपर्ने सुझाव दिए ।


Advertisment
Nabil box
Kumari

राज्यका गलत नीतिका कारण र औद्योगिक विकास कसरी गर्न सकिन्छ भनेर ठोस रणनीति बनाउन नसक्दा आर्थिक समृद्धि धेरै पछाडि परेको उनीहरुले गुनासो गरे । औद्योगिक विकासको लागि रुपन्देही उद्योग सङ्घको अवधारणा सार्वजनिक कार्यक्रममा प्रस्तुत अवधारणापत्रमार्फत सो सुझाव र गुनासो गरिएको हो ।
 
सरकारका पूर्वसहसचिव विष्णुप्रसाद ढकालले प्रस्तुत गर्नुभएको अवधारणापत्रमा औद्योगिक र आर्थिक विकास निजी क्षेत्रको सहभागिताबिना सम्भव नभएको दाबी गर्दै कृषिको निर्भरता कम गर्ने, उपलब्ध प्राकृतिक तथा भौतिक स्रोत साधनको उपयोग गर्दै उद्योगहरु सञ्चालन गर्ने योजना बनाउन भनिएको छ । 

Vianet communication

अवधारणापत्रमा उद्योग स्थापनाका लागि उचित वातावरणको आवश्यकता पर्ने हुँदा आयातमुखी अर्थव्यवस्थालाई आत्मनिर्भर बनाउन उत्पादनशील अर्थतन्त्र बनाउने नीति कार्यान्वयन गर्दै नेपाललाई सशक्त औद्योगिक मुलुकका रूपमा रुपान्तरित गराउने कार्यको थालनी गर्न सुझाव दिइएको छ । त्यसका लागि राज्य र निजी क्षेत्रबीच दरिलो प्रतिबद्धता र नेपालको औद्योगिक विषयसँग सम्बन्धित नीति÷नियमहरूको सुधार तथा दीर्घकालीन सोच बनाउन बुँदागतरूपमा तर्क राखिएकोे छ ।

कार्यक्रममा बोल्दै प्रदेश नं ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश सरकारको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नका लागि सहयोगी बन्न आग्रह गरे।  उनले अब अस्थिर राजनीतिलाई देखाएर प्रगति र समृद्धिको बाटोमा अगाडि बढ्ने कुरा रोक्ने छुट नभएको बताउँदै सरकारले गर्नुपर्ने कामका बारेमा खाका बनाएर दिन आग्रह गरे। 

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले वर्तमान ढाँचामा सञ्चालन गरिएका उद्योगहरुले प्रतिस्पर्धात्मक बजारमा टिकाइराख्न गाह्रो पर्ने हुँदा नयाँ मोडेलको विकास गर्न आग्रह गरे।  प्रदेश सरकारले गर्नुपर्ने काम रुपन्देही उद्योग सङ्घले गरेकामा धन्यावाद दिँदै उनले उद्योग क्षेत्रलाई रोजगारी सिर्जना गर्ने क्षेत्रका रुपमा विकास गर्न त्यसलाई समृद्धिको खम्बा बनाउन आग्रह गरे।

सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले उद्योगमैत्री वातावरण निर्माण भएको खण्डमा उद्योगको स्थापना र विकाससँगै सम्भावना भएका पर्यटन, कृषि र खनिजजन्य उद्योगमा लगानी बढ्ने  बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x