×

NMB BANK
NIC ASIA

महात्मा गान्धी जातिवादी भएको भन्दै उनको मूर्ति अनावरणको विरोध

असोज २९, २०७६

NTC
Premier Steels

काठमाडौं – बेलायतको म्यानचेस्टर विश्वविद्यालयका विद्यार्थीहरूको एक समूहले भारतका स्वतन्त्रता नायक महात्मा गान्धीको मूर्ति हटाइनुपर्ने माग राखेका छन् । गान्धीले काला जातिका मानिसविरुद्ध जातिविभेदपूर्ण धारणा राखेको र अफ्रिकामा बेलायती साम्राज्यको कुकृत्यमा साथ दिएको उनीहरूको आरोप छ । 

Muktinath Bank

गान्धीको नौ फीट अग्लो मूर्ति नोभेम्बर २६ मा म्यानचेस्टर कथीड्रलअगाडि अनावरण गरिने कार्यक्रम छ । म्यानचेस्टर एरिनामा सन् २०१७ मा २२ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि उक्त क्षेत्रमा शान्ति प्रवर्द्धन गर्न गान्धीको मूर्ति स्थापना गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त मूर्ति गान्धीको गृहराज्य गुजरातमा रहेको श्रीमद् राजचन्द्र मिसन धरमपुरले दान दिएको हो । 


Advertisment
Nabil box
Kumari

भारतको स्वतन्त्रता संग्राममा अहिंसक अभियान चलाएको भनी संसारभरि महात्मा गान्धीको स्मरण गर्ने गरिन्छ । 

Vianet communication

गान्धी दक्षिण अफ्रिकामा २० वर्षभन्दा बढी बाँचे र बोएर सत्ताले दमन गरेका भारतीयहरूको अधिकारका लागि लडिरहे । 

तर उनको उक्त लडाईंमा देशको काला जातिका मानिसलाई समान व्यवहार गरिनुपर्ने कुरा समावेश गरेनन् । 

इतिहासकार प्याट्रिक फ्रेन्चले सन् २०१३ मा लेखे, ‘गान्धीले अफ्रिकीहरूलाई बेवास्ता गरेर उनी सन्त थिएनन् भन्ने प्रमाणित गरेका छन् ।’

सन् २०१५ मा दक्षिण अफ्रिकाका दुई विज्ञहरूले एउटा पुस्तक प्रकाशन गरेर देशका आदिवासीहरूप्रति गान्धीको दृष्टिकोणको प्रमाण बाहिर ल्याएका थिए । 

उक्त पुस्तकका अनुसार, सन् १८८३ देखि  १९१४ सम्म दक्षिण अफ्रिकामा रहँदा उनले समकालीन काला जातिका अफ्रिकीहरूलाई जनावर, कच्चा र अल्छीपना तथा नांगोपनाका साथ जीवन बिताउने मान्छे भनी चित्रण गरेका थिए । 
उनले बेलायती शासकहरूका अगाडि दक्षिण अफ्रिकामा रहेको भारतीय समुदाय त्यहाँका आदिवासी अफ्रिकीहरूभन्दा माथि रहेको देखाउन खोजेका थिए । 

म्यानचेस्टर सिटी काउन्सिललाई खुलापत्र लेख्दै विश्वविद्यालयका विद्यार्थीहरूले काउन्सिललाई आफ्नो निर्णयमा पुनर्विचार गर्न भनेका छन् । उनीहरूले गान्धी पनि साम्राज्यवादी भएको बताउँदै ह्याशट्याग गान्धीमस्टफल पनि चलाएका छन् । यसअघि घाना विश्वविद्यालयमा पनि गान्धीको मूर्ति हटाउनका लागि यस्तै प्रयास गरिएका थिए । 

श्रीमद राजचन्द्र मिसन धरमपुरले मूर्ति स्थापना गर्ने योजनाको प्रतिरक्षा गर्दै भने, ‘मूर्ति हटाउने आह्वान गान्धीको सीमित व्याख्यामा आधारित भएर गरिएको हो जबकि उनको वीरताका कारण भारतीय र दक्षिण अफ्रिकीहरू स्वतन्त्रता संग्राममा एकजुट भएका थिए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x