×

NMB BANK
NIC ASIA

प्रचण्डलाई ओलीको प्रतिप्रश्न– त्यस्तो अल्सर लागेको भए किन उपचार गर्नुहुन्न ?

कात्तिक ४, २०७६

NTC
Premier Steels

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ग्यास्ट्रिक र अल्सर लागेको भए त्यसको उपचारमा किन नलागेको भनेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न गरेका छन् ।

Muktinath Bank

असोज ३० गते चितवनमा नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डले पार्टीलाई ग्यास्ट्रिकले गाँजेको र त्यो अल्सर हुँदै क्यान्सरतिर रुपान्तरित हुन लागेको बताएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्नपूर्ण पोस्ट दैनिकलाई दिएको एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कुनै व्यक्तिको इच्छा पूरा नहुँदा प्रणालीमै र आन्दोलनमै अल्सर छिप्पिएर क्यान्सर लाग्न थालेको भन्न नहुने बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष दाहालले पनि यसका खराबी र अनुशासनहीनताले कतै तपाईंहरूको पार्टीमा पनि ग्यास्ट्रिक, अल्सरको कुरा गर्दै क्यान्सरतिर रूपान्तरण हुन लागेको छ भन्ने ढंगले संकेत गर्न खोज्नुभएको हो कि भन्ने प्रश्नमा यस्तो छ ओलीको जवाफ–

Vianet communication

उहाँले कसरी बोल्नुभयो, किन बोल्नुभयो ? त्यो म बुझ्दिनँ, उहाँ पनि अध्यक्ष नै हुनुहुन्छ । त्यस्तो अल्सरको किन उपचार गर्नुहुन्न ? म बुझ्दिन । कुनै व्यक्तिको कुनै इच्छा पूरा नहुन सक्छ, नभएको हुनसक्छ । कुनै असन्तुष्टि हुन सक्छ ।

त्यसो गर्दा प्रणालीमै, आन्दोलनमै क्यान्सर हुन लागेको, अल्सर छिप्पियो भन्ने हुँदैन । उहाँसमेत भएर हामीले आन्दोलनलाई यो उचाइमा पुर्याएका छौं । अहिले यति मजबुत स्थिति छ । कमसेकम राम्रो बहुमत छ । प्रदेशहरूमा बहुमत छ ।

स्थानीय तहमा बहुमत छ । यस्तोमा तिनै बहुमतलाई राम्ररी सदुपयोग गरेर राम्ररी गाइड गरेर भ्रष्टचारबाट मुक्त राखेर, जनतालाई डेलिभरी दिन सिकाएर र विकासमुखी बनाएर अघि बढ्नुपर्छ । नेपालमा कम्युनिस्ट आन्दोलन त्यत्तिकै अगाडि बढेको होइन । अवसर यसै आएको पनि होइन । यो ठूलो बलिदान, संघर्ष र त्यागपछि आएको हो । यसमा अनेक विचार मन्थन गरेर आएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x