बैशाख ११, २०८१
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
हामीहरू अहिले मानवजातिको इतिहासको सबभन्दा नाटकीय प्राविधिक र आर्थिक परिवर्तनको युगमा छौं । अनि अहिले संसारभरि पूँजीवादले समर्थन पाउन छोडेको छ । यी दुई प्रवृत्तिहरू जोडिएका छन् त ? छन् भने, कसरी ?
पूँजीवाद अलोकप्रिय हुँदै जानु भनेको लुड्डिजमको लक्षण हो भन्न मन लाग्छ । लुड्डिजम भनेको त्यो अभियान हो जसमा औद्योगिक क्रान्तिको आरम्भमा मजदूरहरूले आफ्नो जागिर खोस्ने यन्त्रहरूको तोडफोड गर्ने गरेका थिए । तर पूँजीवादविरुद्ध अहिले चलिरहेको अभियानको जटिलतालाई लुड्डिजमले व्याख्या गर्न सक्दैन । अहिलेको अभियानको नेतृत्व चिन्तित मजदूरहरूले नभई बौद्धिक वर्ग र राजनीतिकर्मीहरूले गरिरहेका छन् ।
नवउदारवादी खुला बजार तथा विश्वव्यापीकरणलाई संसारभरि नै निन्दा गरिएको बेलामा पूँजीवादविरोधी लहर चलेको छ । नवउदारवादको विरोध मूलतः वामपन्थीहरूले गरेको भए पनि अहिले यसलाई जोडतोडका साथ लोकरञ्जनवादी दक्षिणपन्थीहरूले विरोध गरिरहेका छन् ।
बेलायतकी पूर्व प्रधानमन्त्री टेरिजा मेले सन् २०१६ मा एउटा भाषण गर्ने क्रममा भूमण्डलीकृत ‘विश्वका नागरिक’ लाई ‘अनागरिक’ भनी आलोचना गरेकी थिइन् । अनि उनका उत्तराधिकारी बहालवाला प्रधानमन्त्री बोरिस जोनसनले यसलाई झन् प्रस्ट पार्दै भने, ‘व्यापारलाई लोप्पा ।’ यसैगरी अमेरिकामा दक्षिणपन्थी फक्स न्युजका प्रस्तोता टकर कार्लसन ट्रम्पवादी दक्षिणपन्थीहरूको पीडालाई अभिव्यक्ति दिँदै पूँजीवादको खोइरो खन्ने गरेका छन् । उनले ‘जनताप्रतिको दीर्घकालीन उत्तरदायित्व निर्वाह नगर्ने भाडाका शासक’ तथा ‘हाम्रा समस्या बुझ्न समेत नचाहनेहरू’ भन्दै गुनासो गर्ने गरेका छन् ।
यो नयाँ विश्वव्यापी सोचको एक आंशिक व्याख्या यसप्रकारको छ : यो आर्थिक अस्थिरतामाथिको पूर्वानुमान गर्न सकिने प्रतिक्रिया हो । पहिलो विश्वयुद्धपछिको मौद्रिक स्थिति अन्यायपूर्ण देखिएपछि कठोर प्रतिक्रिया उब्जेको थियो अनि सन् २००८ को आर्थिक संकटपछि यो प्रणाली नै धनीहरूको पक्षमा छ भन्ने धारणाले व्यापक विस्तार पायो । त्यतिखेर सरकार र केन्द्रीय बैंकहरूले वैश्विक आर्थिक प्रणालीलाई धराशायी हुनबाट बचाउनका लागि ठूला आर्थिक प्रतिष्ठानहरूको उद्धार गरे । तर लाखौं मानिसले घर र जागिर गुमाउन पुगे अनि आफ्नो जोहो आफैं गर्न बाध्य भए ।
तर आर्थिक मन्दी मात्र पूँजीवादविरोधी भावको बीजारोपणका लागि पर्याप्त थिएन । यससँगै बृहत्तर प्राविधिक र सामाजिक परिवर्तन पनि आयो । स्मार्टफोन जस्ता नयाँ आविष्कारहरू तथा इन्टरनेटका नयाँ प्ल्याटफर्महरूले मानिसहरूबीचको सम्पर्क र व्यापारमा आमूल परिवर्तन ल्याएका छन् । व्यापारको नयाँ विधि पूँजीवादविरोधी किसिमको छ किनकि यो अप्रत्यक्ष भुक्तानी र द्विपक्षीय बजारमा आधारित छ । अहिले हामी आफ्नो व्यक्तिगत सूचना बेचेर सेवा प्राप्त गरिरहेका छौं । तर वास्तवमा हामी बजार विनिमयमा संलग्न छौं भन्ने कुराको हामीलाई पत्तो छैन किनकि हामीले पहिलेको विनिमयमा हुने जस्तो मूल्य उल्लेख गरिएको कागज देखेका छैनौं । खासमा हामीले अहिले आफ्नो निजता तथा व्यक्तिगत स्वायत्तताको मूल्य चुकाइरहेका छौं ।
यससँगै जोडिएको अर्को कुरा छ : आर्थिक विश्लेषणमा अर्कोलाई सिध्याएर आफूले जित्ने चिन्तन हावी भएको छ । यसको जरो पनि आर्थिक मन्दीमै भेटिन्छ । तर यसलाई नयाँ सूचना प्रविधिले हुर्काइबढाइ गरिरहेको छ । विशेषगरी सामाजिक सञ्जालमा आधारित अर्थतन्त्र तथा कृत्रिम बौद्धिकताको उदयसँगै जित्नेले सबै लैजाने किसिमको बजारमा सञ्जालको शक्तिले यस चिन्तनलाई बढाइरहेको छ । सञ्जालमा जति बढी मानिस जोडिन्छन्, प्रत्येक प्रयोगकर्तालाई त्यो त्यति नै मूल्यवान हुन्छ अनि बजारमा अर्को खेलाडीका लागि कम अवसर प्राप्त हुन्छ । सन् १९६२ मा आएको एभिस कम्पनीको विज्ञापनमा भनिन्थ्यो, ‘तपाईं दोस्रो नम्बरमा हुनुहुन्छ भने अझै कडा मेहनत गर्नुस् ।’ तर अहिले तपाईं कुनै कुरामा दोस्रो नम्बरमा हुनुहुन्छ भने त्यसको अर्थै छैन । तपाईंले हारिसक्नुभएको छ ।
अझ, नयाँ सूचना प्रविधि तथा कृत्रिम बौद्धिकतामा आधारित पूँजीवादको आफ्नै विशिष्ट भूगोल छ । यसले अमेरिका र चीनमा जरो गाडेको छ तर चिनियाँहरूले सन् २०३० सम्ममा आधिपत्य कायम गर्ने लक्ष्य लिएका छन् ।
पूँजीवादले जहिले पनि भूराजनीतिक परिवर्तनलाई अघि बढाएको हुन्छ तर अहिले चीनसँग बढी नै जोडिन थालेपछि अमेरिकाको पर्यायवाची बनेको पूँजीवादले पहिलेको भन्दा फरक स्रोतबाट आपत्तिको सामना गरिरहेको छ ।
भविष्यको कुरा गर्दा आर्थिक मन्दीपछिको व्यापक परिवर्तन अझै बढ्दै जानेछ । सूचना प्रविधि/कृत्रिम बौद्धिकता क्रान्तिले अधिकांश आर्थिक गतिविधिको प्रकृति नै परिवर्तन गर्नेछन् । बैंकहरू अब बन्द हुँदै जानेछन् । उनीहरू खराब वा खतरनाक भएकाले नभई नयाँ विकल्पको तुलनामा उनीहरू कम प्रभावकारी भएकाले बन्द हुनेछन् । विद्युतीय सञ्चारमा निकै सुधार आएको भए पनि बैंकको लागत खर्च र शुल्कहरू खासै घटेका छैनन् । शून्य वा ऋणात्मक व्याजदर भएका क्षेत्रका ग्राहकलाई समेत शुल्कवृद्धि गरिएको छ । निकट भविष्यमै अधिकांश बैंकिङ सेवाहरू खारेज गरिनेछन् वा अन्लाइन प्ल्याटफर्ममार्फत नयाँ तथा सुधारिएको विधिअनुसार व्यक्तिगत रूपमा उपलब्ध गराइनेछन् ।
पूँजीवादको विशेषता भनेकै अभाव र स्रोत बाँडफाँडका समस्याको मौलिक उत्तर दिने क्षमता हो । बजारहरूले सामान्यतया अत्यधिक उपयोगी अवधारणालाई पुरस्कृत गर्ने गर्छन् र बेकामे व्यवहारलाई दण्डित गर्छन् । विशाल संख्याका व्यक्तिहरूको व्यवहारलाई मूल्य संकेत अनुरूप परिवर्तन गरेर राज्यले ल्याउन नसक्ने बृहत्तर परिणाम उनीहरूले ल्याउँछन् ।
अहिले विश्वको तापक्रम वृद्धि भइरहेको अवस्थामा हरितगृह ग्यास उत्सर्जनलाई सीमित गर्नका लागि प्रभावकारी उपाय ल्याउनुपर्ने अवस्था छ । तर जलवायु परिवर्तन जस्तो जटिल समस्यालाई कर्मचारीको हातमा छोड्नु हुँदैन ।
हामी सबैजना नागरिकका रूपमा तथा बजार उपभोक्ताका रूपमा जलवायु परिवर्तन न्यूनीकरणमा संलग्न हुनुपर्छ । पूँजीवादका प्रतिरक्षकहरूले पूँजीवादप्रति जनताको समर्थन पुनः हासिल गर्नका लागि प्रणालीलाई कसरी थप समावेशी बनाउन सकिन्छ भनी उपाय पत्ता लगाउनुपर्छ ।
प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित ह्यारोल्ड जेम्सको विश्लेषण
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...