‘कोरोना भाइरसबाट आतंकित हुन जरुरी छैन, सचेत रहाैँ’

सरोकारवालाले कोरोना भाइरसको संक्रमणलाई लिएर आतंक नमच्चाउन सुझाव दिएका छन्।

चीनमा पनि नियन्त्रणमा आउन थालेको र नेपालमा त्यसको संक्रमण नदेखिएको जानकारी दिइएको छ। त्यसैगरी खरिपाटी क्वारेन्टाइनमा राखिएका सबै नेपाली सुरक्षित रहेको पनि सो अवसरमा जानकारी दिइएको छ। 


Advertisement

बिहीबार राजधानीस्थित संवाद डबलीले कोरोना भाइरसको पछिल्लो अवस्था र स्वास्थ्य तथ पर्यटन क्षेत्रमा पारेको प्रभावबारे आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले चीनबाट ल्याइएका नेपाली कोरोना भाइरसको संक्रमणबाट मुक्त रहेको जानकारी दिए। वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दीक्षितले कोरोना भाइरसको सम्भावित प्रकोपमा सरकारले लापरवाही गरेको बताए।  

विश्वभरी चिनियाँलाई प्रतिबन्ध लगाएको र स्वयम् चीनले पनि आफ्ना नागरिकलाई देशभन्दा बाहिर जान रोक लगाउँदा पनि नेपाल सरकारले उनीहरुलाई रोक्न नसक्नु कमजोरी हो भन्दै अगाडी भने, ‘चीन रिसाउँछ भनेर चिनियाँ पर्यटक नरोक्ने अनि कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न सरकारका धेरै कमजोरी हुन् ।’ डा.दीक्षितले चीन संकटमा परेको बेला नेपालले असल छिमेकीका रुपमा सक्दो सहयोग गर्ने र नसके कुनैपनि रुपमा उसलाई असहयोग गर्न नहुने धारणा राखे। 


Advertisement

 ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपालका अध्यक्ष खुम सुवेदीले कोरोना भइरसले नेपाली पर्यटनमा हल्ला फिजाएजस्तो प्रभाव नपरेको बताए । उनले अहिले अफ सिजन भएकोले त्यति धेरै पर्यटक नभए पनि चीन भएर नेपाल आउने अन्य देशका पर्यटक भने घटेको धारणा राखे । 
  
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्