×

NMB BANK
NIC ASIA

कोरोनाको कहर

कोरोना रोक्न भगिरथ प्रयत्न, सरकारको तीन रणनीति

फागुन १९, २०७६

NTC
Premier Steels

विश्वका ६४ भन्दा बढी मुलुकमा भेटिएको कोविड-१९ नामको नोबेल कोरोना भाइरसका बारेमा नेपालमा तीव्र बहस भइरहेको छ ।

Muktinath Bank

नेपालमा कोरोनाबाट संक्रमणको कुनै प्रमाणित केस नेभेटिए पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेपछि आम नागरिक संक्रमणको त्रासमा रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले विमानस्थलमा कारोना संक्रमण रोक्न कडाइ गर्ने रणनीति लिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् । आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै ढकालले कोरोनाको संक्रमण रोक्न सरकारले तीन तहको रणनीति बनाएको बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार पहिलो चरणमा संक्रमणलाई नेपाल आउनै नदिने, दोस्रो रणनीतिका रूपमा नेपालमा यदि कोरोना भित्रिए त्यसलाई निर्मूल पार्न सम्पूर्ण जनशक्ति लगाइने र यदि संक्रमण फैलिइहालेमा स्वास्थ्य संकटकाल घोषणा गरेर नेपालका सबै अस्पताललाई उपचारका लागि प्रयोग गरिनेछ ।

Vianet communication

आइतवार बसेको मन्त्रिपरिषदको बैठकले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना रोकथाम उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।

कोरोना संक्रमण बढ्ने खतरा देखेर नै सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ भने नेपालले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय फोरम 'सगरमाथा संवाद' पनि तत्कालका लागि स्थगित गरिएको छ ।

सोमवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलन गर्दै भने ‘विश्व स्वास्थ्य संगठनले नेपाललाई हाई रिस्क जोनमा राखिसकेपछि हामी सतर्क भएका छौं ।

हामीले सबै नेपालीलाई ट्राभल एड्भाईजरी जारी गरेका छौ । १० मार्च देखि नेपाल आउने पर्यटकले आफुलाई कोरोना नलागेको सर्टिफिकेट पेश गर्नुपर्नेछ ।'

उनले संक्रमित ठाउँबाट आउनेहरुले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको जानकारी दिए । सरकारले मास्क, सेनेटरिको बजार अनुगमन गर्ने र उत्पादन गर्ने उद्योगलाई उत्पादन बढाउन आग्रह गर्ने सरकारले निर्णय गरेको उनले बताए ।

सोमवार नै सर्वोच्च अदालतले कोरोनाको संक्रमण रोक्न संक्रमित क्षेत्रबाट नेपाल आउने जहाज अवतरणमा रोक लगाउन रोक लगाएको छ  । 

अधिवक्ता पूर्ण राजवंशीले सरकारलाई विपक्षी बनाएर हालेको रिट निवेदनको सुनुवाई गर्दै अदालतले नेपालमा संक्रमण प्रवेशको सम्भावनालाई कुनै पनि अवस्थामा नजरअन्दाज नगर्न सरकारलाई आदेशमार्फत आग्रह गरेको हो । न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमवार चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि देशबाट नेपाल आउने जहाज अवतरणमा रोक लगाउन आदेश दिएका हुन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकार र आम नागरिकका नाममा कोरोना संक्रमण रोकथामका लागि १४ बुँदे अपील गरेको छ । 

कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको बेला नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने टड्कारो अनिवार्यता रहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।  

उनले भने, 'यसलाई नेपालमा प्रवेश र विस्तार हुन नदिन समस्त नेपालीको ऐक्यवद्ध दृढताका लागि नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।'

कोरोना - संसदमा प्रमुख मुद्दा

विश्वव्यापीरूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि पर्याप्त सचेतना नअपनाएको प्रति सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य र विशेष समयमा सांसदहरूले कोरोनाको जोखिमबाट नेपाललाई बचाउन पर्याप्त तयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराएका हुन्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले कोरोनाप्रभावित क्षेत्रबाट नेपाली र विदेशी बेरोकतोक नेपाल भित्रिरहेपनि उनीहरूलाई क्वारेन्टाइन र आइसोलेसनमा नराखिनु गलत भएको बताए । 

‘नेपाल पनि जोखिमपूर्ण छ भन्ने विश्व स्वास्थ्य संगठनको चेतावनी र यथार्थप्रति सरकार कति सचेत छ ? आश्वस्त हुनेगरी संसद्‍मा जानकारी गराउन आवश्यक छ,’ बडूले भने । 

कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री समेत रहेका बडूले एक महिनाको अवधिमा १ लाख ७६ हजार २ सय ७२ जना नेपाल भित्रिएको तथ्याङ्क पेश गर्दै उनीहरूलाई थर्मल स्क्यानिङको भरमा नेपाल भित्रिन दिनु पर्याप्त नभएको बताए । 

‘यसरी असावधानी गरेमा, आइसोलेसनमा राख्न नसकेमा खतरा अझ बढ्छ,’ उनले भने ।

बडूले चीनको भ्रमण गरेर फर्केका मंगोलियाका राष्ट्रपतिलाई आइसोलेसनमा राखिएको उदाहरण संसद्‍मा दिए । 

प्रतिनिधि सभाको विशेष समयमा देवेन्द्र पौडेलले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट बचाउन अझ उच्च प्रकारको सतर्कता अपनाउनु जरुरी रहेको बताए । 

‘कोरोना भाइरसको निकै कहालीलाग्दो र भयावह वातावरणको अनुभूति गरिरहेका छौं, नेपाल सरकारले सक्रियतापूर्वक भूमिका निर्वाह गर्‍यो अझ उच्च सतर्कता अपनाउनु जरुरी छ,’ उनले भने । 

नेकपाका सांसद कृष्णभक्त पोखरेलले विश्व स्वास्थ्य संगठनले नेपाल पनि अत्यन्तै जोखिमको सूचीमा रहेको बताएकाले चेकजाँचको व्यवस्था र जनचेतना अभियान सञ्चालनलगायत सबै उपाय अपनाउन सरकोको ध्यानाकर्षण गराए । 

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले यसबाट जोगिने उपाय अपनाउन जरुरी रहेको बताइन् ।

के छ विश्वमा पछिल्लो अपडेट

कोरोना संक्रमणका कारण आइतबारसम्म विश्वभर २ हजार ९ सय ९० जनाको मृत्यु भएको छ । ८७ हजार ५ सय ६५ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा थप १ हजार ६ सय ४६ थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार ८७ हजार ५ सय ६५ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोभिड–१९ भनिने उक्त भाइरसको संक्रमण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा  ७९ हजार ८२४ जनामा पुष्टि भएको छ भने त्यहाँ २ हजार ८ सय २४ जनाको मृत्यु भएको छ । 

चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजेसम्म ५ सय ७३ जना नयाँ विरामीमा संक्रमण पुष्टि भएको छ भने ३५ जनाको सङ्क्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ।

डाक्टर भन्छन् नआत्तिनुस् 

सरकारी तयारी सँगसँगै सर्वसाधारण नेपालीले समेत कोरोना संक्रमणको त्रासबाट मुक्त हुन मानसिक तयारी गर्नुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा सर्वसाधारणका लागि केही तथ्य राख्दै डा. पाण्डेले आत्तिनुपर्ने अवस्था नरहेको जनाएका हुन् ।

उनले भनेका छन् - अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन । कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोवैज्ञानिक कारणले बढी क्षति हुन्छ । तसर्थ हामीहरू मानसिक रुपमा तयार हुनुपर्दछ,मनोबल उच्च राख्नुपर्छ ।

कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी,वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ ।
कोरोना सर्‍यो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।
कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने,खोकी र सास फेर्न सजिलो हुने औषधि खाने,मनतातो झोलिलो खाना खाइरहने,आराम गर्ने,गाह्रो भएमात्र अस्पताल जाने ।

कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन ।
कोरोनाविरुद्ध मानसिक रुपमा तयार हुनको लागि,भोलि शहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ (३ महिनाको जोहो गर्दा राम्रो हुन्छ । जस्तैः नियमित खाने औषधि,अत्यावश्यक खाद्य पदार्थ,प्राथमिक उपचारका औषधि जस्तै –सिटामोल,रुघाखोकीको औषधि ।
शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।

विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने,सुन्ने,विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन ।
बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने,सफा रहने गर्‍यो भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्कभन्दा पंजा महत्त्वपूर्ण छ ।

बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास,साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ ।
कोरोना संक्रमण फैलियो भने चिकित्सक,स्वास्थ्यकर्मी,सेना,प्रहरी लगायतले अस्पताल,चौर (टेन्ट) आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संघ,विदेशी स्वयंसेवी संस्था,विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् ।
कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी शुरू भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ ।

कोरोना भाइरसविरुद्ध खोप,औषधि आदिको अनुसन्धान भइरहेको छ ।
क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन ।
यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने,हात धोइरहने,विना काम घर बाहिर नजाने गर्दा ९०% रोकथाम हुन्छ ।


  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x