×

पोखरामा १८ औं आहा रारा गोल्डकप शुरू, आयोजक सहारा ३–२ ले विजयी

फागुन २२, २०७६

मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब पोखराले बिहीबारदेखि पोखरा रंगशालामा १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु गरेको छ ।

कोरोना भाइरस संक्रमण त्रासबीच पनि सुरु प्रतियोगिताको गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गरे ।


Advertisment

उनले खेलकुदको विकासका लागि गण्डकी सरकारले सक्दो सहयोग गर्ने बताए । जिल्ला प्रशासन कास्कीले सामूहिक रुपमा भेला, मेला, महोत्सव नगर्न सूचना जारी गरेको भोलिपल्टै पोखरा रंगशालामा सुरु प्रतियोगितामा बोल्दै मुख्यमन्त्रीले कोरोना त्रास भनेर बस्नुभन्दा पनि आ–आफ्नो ठाउँबाट सचेतना फैलाउनुपर्ने बताए ।


Advertisment

उनले आहा रारा सफल पार्नुपर्ने पनि उद्घोष गरे । १० टिम सहभागी प्रतिष्पर्धाको उद्घाटन खेल आयोजक सहारा क्लब पोखराले जित्दै विजयी यात्रा सुरुवात ग¥यो । ८० मिनेटसम्म १० खेलाडीबीच ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँगको प्रतिष्पर्धामा अन्ततः सहाराले ३–२ गोलअन्तरले जित हासिल गरेको हो ।

निर्धारित ९० मिनेटको खेल समान २–२ गोलमा टुंगिएकोमा अतिरिक्त समयको अन्तिम मिनेटमा सहाराका लागि त्रिदेव गुरुङले सुन्दर गोल गर्दै सहारालाई जित दिलाएका हुन् । खेलको २६ मिनेटमा दोहोरो पहेंलो कार्ड पाउँदै सहाराका जीवन रायमाझीले मैदान छाडेका थिए ।

दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेले । अतिरिक्त समयअघि सहाराका लागि त्रिदेव सहित विदेशी खेलाडी सीवी वीरिचले गोल गरेका थिए भने बीबीसीका लागि राजेश परियार र विजय गुरुङले गोल गरेका हुन् । सहाराले अब नेपाल पुलिससँग २४ फागुनमा क्वाटरफाइनल खेल्नेछ । शुक्रबार नेपाल एपीएफ क्लब र झापा–११ फुटबल क्लबीच प्रतिष्पर्धा हुनेछ ।

पोखरा रंगशालामा १ चैतसम्म हुने सो प्रतियोगितामा रुस्लान थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल आयाल निगम मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, संकटा क्लब, झापा–११ फुटबल क्लब, भारतको गान्तोक सिटी फुटबल क्लब, ब्रिगेड ब्वाइज क्लब र आयोजक सहारा प्रतिष्पर्धामा छन् । लिगविजेता मच्छिन्द्र क्लबको भने सहभागिता छैन ।

क्लबले यसपालि पुरस्कार राशिमा वृद्धि गरेको छ । विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् । गत संस्करण तुलनामा विजेताको लागि २ लाख र उपविजेताको लागि १ लाख रुपैयाँ पुरस्कार वृद्धि गरिएको प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । प्रतियोगिताबाट १ करोड १८ लाख रुपैयाँ आम्दानी र ९९ लाख ३८ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सुजल श्रेष्ठलाई आयोजकले नगद ३५ हजार सहित सम्मान गरेको छ । मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले फुटबल खेलको विकासको लागि आफूले सधैँ सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

२०५५ सालमा पोखरामा स्थापित मोफसलको चर्चित सहारा क्लब फुटबल मार्फत सामाजिक सेवामा सक्रिय रहँदै छ । क्लबले सहारा एकेडेमी संचालन गरी हाल तेस्रो ब्याचको रुपमा १४ जिल्लाका २४ बालकलाई फुटबल प्रशिक्षणसहित आवासीय सुविधा एवं शिक्षादीक्षा प्रदान गर्दैआएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतियोगितालाई सुरु संस्करणदेखि हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउले मुख्य प्रायोजन गर्दैआएको छ । गत संस्करणको विजेता रुस्लान थ्रीस्टार र उपविजेता त्रिभुवन आर्मी हुन् ।

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x