सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो

नेपाली बजारमा सोमवार सुनको मूल्यमा वृद्धि भएको छ ।

सोमवार छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Advertisement

आइतवारको तुलनामा सोमवार छापावाल सुनमा ५ सय रुपैयाँको वृद्धि भएको छ ।  आइतवार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

सोमवार तेजावी सुन प्रतिताेला ७६ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।


Advertisement

सोमवार चाँदीको मूल्य भने स्थिर बसेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ८ सय २० रुपैयाँमा कारोवार भइरहेको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोवार भएको थियो । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्