×

NMB BANK
NIC ASIA

पाँचथरमा पिपिई र फायरगन अभाव

चैत १५, २०७६

NTC
Premier Steels

पाँचथरमा कोभिड–१९ (कोरोनाभाइरस) सङ्क्रमितको स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) तथा फायरगनको अभाव भएको छ । स्वास्थ्य कार्यालयका अनुसार प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले पाँचथरका लागि आठ थान पिपिई उपलब्ध गराएको छ । 

Muktinath Bank

कोभिड–१९ का शङ्कास्पदको जाँच तथा सिफारिशका लागि उक्त सङ्ख्या अपुग रहेको स्वास्थ्य कार्यालयका प्रमुख नारदमुनि सुवेदीले बताए । 'कोभिड–१९ का शङ्कास्पद बिरामीको जाँच हुने जिल्ला अस्पताल र समर्पित अस्पताल तथा एम्बुलेन्स चालकलाई प्राप्त भएको पिपिई उपलब्ध गराइएको छ', सुवेदीले भने, 'जिल्लामै यो अभाव भएको छ । स्थानीय तहले कसरी प्राप्त गर्ने ?'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै कोभिड–१९ का शङ्कास्पद बिरामीको चाँडो तापक्रम मापन गर्ने यन्त्र (फायर गन) समेत अभाव छ । स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीका अनुसार जिल्लामा दुई थान फायरगन उपलब्ध छ । धेरै  शङ्कास्पद बिरामी आएको अवस्थामा उक्त यन्त्रले राम्रोसँग काम नगर्ने सुवेदीको भनाइ छ । 'पिपिई र फायरगन स्थानीय तह आफैँले व्यवस्थापन गर्ने हो', सुवेदीले भने, 'सरकारी अस्पतालले पर्याप्त नपाइरहेको अवस्थामा निजी अस्पतालले पाउने कुरा भएन ।'
जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा  चीनबाट ती सामग्री ल्याइएपछि जिल्लामा उपलब्ध हुने वचन पाएको बताए । 'आज(शनिबार) चीनबाट ल्याइँदैछ भन्ने सुनेका छौँ', सापकोटाले भने, 'अहिले पिपिई जस्तै रेनकोटको प्रयोग गर्ने भनेका छौँ ।' झापामा उत्पादित उक्त सामग्री प्रयोगमा ल्याइएको हो । चीनबाट ल्याइने उपकरण जिल्ला तथा स्थानीय तहस्तरमा आइपुग्ने सापकोटाको विश्वास छ । 
२०८  क्वारेन्टाइन तयार
पाँचथरमा सदरमुकाम फिदिमसहित सात  गाउँपालिकामा २०८  क्वारेन्टाइन तयार पारिएको छ । फिदिम बजारभित्र ७०  तथा बाँकी गाउँपालिकाका केन्द्रमा तयार पारिएका हुन् । जिल्ला अस्पतालमा सात शय्याको आइसोलेशन कक्षसमेत तयार भएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताए ।


Advertisment
Nabil box
Kumari

दुई  आइसोलेशनमा, सात क्वारेन्टाइनमा

Vianet communication

पाँचथरमा हालसम्म कोभिड–१९ का दुई शङ्कास्पद बिरामीलाई आइसोलेशनमा भर्ना गरिएको छ । उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको हो । यस्तै कोभिड–१९ सङ्क्रमित युवतीसँगै यही चैत ६ गते एयर अरेबियाको उडानबाट नेपाल आएका दुई  तथा हालै विदेशबाट नेपाल आएका दुई  गरी चार जनालाई मोरङको मिक्लाजुङमा रहेको क्वारेन्टाइनमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले बताए । यस्तै जिल्लाको हिलिहाङ गाउँपालिकाले हालै  विदेशबाट फर्किएका तीन जनालाई गोपेटारस्थित क्वारेन्टाइनमा राखेको छ ।

चैतमा विदेशबाट आएका क्वारेन्टाइनमा 

 सोमबार बसेको सर्वपक्षीय बैठकले चैतमा भारतसहित विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । 'स्थानीय तहहरुलाई दुई हप्ताभित्र विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलन गर्न भनिएको थियो । एक सय २९ जनाको विवरण प्राप्त भएको छ', सहायक प्रजिअ न्यौपानेले भने, 'सबैको निरन्तर खोजी एवम् पहिचान हुन्छ । सबैलाई क्वारेन्टाइनमा राखिन्छ ।' जिल्ला समन्वय समितिका प्रमुख सापकोटाका अनुसार बैठकले विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने तथा तिनको सम्पर्कमा रहेका तथा परिवारलाई होम क्वारेन्टाइनमा राख्न सके सम्भावित सङ्क्रमण कम हुने बैठकले निष्कर्ष निकालेको हो । 'शनिबारदेखि सबैलाई क्वारेन्टाइनमा राखिन्छ र विदेशबाट आएका अरुको पनि खोजी हुन्छ', सापकोटाले भने । 

त्फिक्चुखोलाद्वारा कृषकलाई एकसाथ सेवा र सचेतना

कोरोना भाइरसको सङ्क्रमण रोक्न मुलुक लकडाउन गरिएका बेला  फिक्चुखोला कृषि सहकारी संस्था लिमिटेडले कृषकलाई एकसाथ सेवा र सचेतना प्रदान गरिरहेको छ । लकडाउन भए पनि सहकारीले कृषकबाट उत्पादित दूध सङ्कलन गरिरहेको छ । दूध सङ्कलनका क्रममा सहकारीले सबै कृषकलाई सामाजिक दूरी कायम राख्न सिकाएको छ । दूध बिक्रीका क्रममा भीडभाड हुन नदिन तथा ग्रामीणस्तरमा समेत दूरी कायम गरेर दैनिक कामकाज अघि बढाउन कृषकलाई प्रेरित गर्न सहकारीले दूरी कायम गर्ने प्रबन्ध गरेको हो ।  फाल्गुनन्द गाउँपालिका वडा नं १ नवमीडाँडाका कृषकलाई दूध बिक्रीका क्रममा दूरी कायम गर्ने सचेतना दिइएको सहकारीका सचिव राजेन्द्र आङ्देम्बेले बताए । उक्त सहकारीले सहकारीका सदस्यमा सचेतनासहित मास्क  वितरण गरिरहेको छ । रवीन्द्र काफ्ले,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x