यी नेताले व्यक्त गरे गाडी चढेरै स्वर्ग जाने इच्छा, मरेपछि मर्सिडिजभित्र राखेर गाडियो

दक्षिण अफ्रिकाका एक ७२ वर्षीय नेताको मृत्यु भएपछि उनले चढ्दै आएको मर्सिडिज कारभित्रै राखेर अन्तिम दाहसंस्कारका रूपमा जमिनमुनि पुरिएको छ ।

चिफ पिस्टो नामका उनलाई उनकै अन्तिम इच्छाअनुसार सेतो मर्सिडिज कारमा राखेर दाहसंस्कार गरिएको हो ।


Advertisement

उनकै इच्छाअनुसार उनलाई सेतो कोट लगाइएको थियो भने उनको हात स्टेरिङ व्हीलमा राखिएको थियो ।

कोभिड १९ को महामारीका कारण उनको अन्तिम दाहसंस्कारमा धेरै मान्छे भेला हुन पाएनन् । उनी पहिलाका प्रतिष्ठित व्यापारी पनि थिए ।


Advertisement

यस्तो अनौठो खालको दाहसंस्कार भएपछि दक्षिण अफ्रिकामा यसको चर्चा भइरहेको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्