×

बजारको माग बमोजिमको मास्क उत्पादन गर्न कैदीबन्दी तयार

चैत २०, २०७६

प्रतिकात्मक तस्वीर

मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारका कैदीबन्दीले मास्क उत्पादन गर्न थालेका छन् ।

कारागार प्रशासनका अनुसार कारागारको सजाय भुक्तानी गर्नु अगाडिदेखि नै सिलाइ पेशामा रहेका ७ कैदीबन्दीले मास्क उत्पादन थालेका हुन् ।


Advertisment

कोरोना भाइरस संक्रमणबाट बच्नका लागि भीमफेदी कारागारका कैदीले मास्क उत्पादन गर्न थालेको बताइएको छ । कारागारबाट दैनिक २०० देखि ३०० मास्क उत्पादन हुने र हेटौंंडा तथा काठमांडौंंमा पठाइने गरेको कारागार प्रमुख जेलर प्रकाश खनालले बताए ।


Advertisment

बजारमा ३० देखि ५० रुपैयाँसम्म बिक्री हुने मास्क कारागारले २० रुपैयाँमा बिक्री गर्ने योजना बनाएको खनालले जानकारी दिए । माग भएमा दैनिक १ हजार मास्क उत्पादन गर्न सक्ने कैदीबन्दीको भनाइ छ ।

यसका साथै कारागारमा गलैंंचा, मुडा र बोधिचित्तको माला बुनाइ लगायत काममा कैदीबन्दी व्यस्त छन् । कारागारमा उत्पादन भएका सामग्री तेस्रो मुलुक निर्यात भएपनि कोरोनाले विश्वव्यापी आक्रमण गरेपछि भने हाल यी कार्य रोकिएको उनको भनाइ छ ।

बजारमा स्यानिटाइजरको माग उच्च

कोरोनाको विश्वव्यापी महामारी फैलिएपछि भारतबाट आयातीत करीब १ करोडको स्यानिटाइजर बिक्री भएको उद्योग वाणिज्य संघ मकवानपुरले जनाएको छ । औषधि र किराना पसलमा गरेर उक्त रकम बराबरको स्यानिटाइजर बिक्री भएको संघ मकवानपुरका उपाध्यक्ष माधव न्यौपानेले बताए ।

करीब ४ हजार किराना पसल दर्ता भएका र अझ दर्ता नभएका गरी सबैबाट स्यानिटाइजरको बिक्री भइरहेको उनको भनाइ छ । 

उद्योग सञ्चालनमा 

सामान्य अवस्थामा निजी अस्पताल र शिशु भएका केही घरमा मात्र खपत हुने गरेको स्यानिटाइजर हाल बजारमा उच्च मागमा रहेको छ । भारतबाट आयात गरेर बिक्री गर्ने गरिएको स्यानिटाइजर बजारमा अभाव हुन थालेपछि र माग उच्च भएपछि  हेटौंंडामा यसको उद्योग नै सञ्चालनमा आएको छ ।

हेटौंंडा–८ का ५० वर्षीय ऋदयराज गौतमले ३ वर्षअघि घरेलुमा दर्ता गरेको ऋद्धिसिद्धि कस्मासिकल उद्योगले अहिले स्यानिटाइजर उत्पादन गरिरहेको छ । औषधिजन्य गुण भएका शृंगारका सामग्री उत्पादन गर्ने उद्देश्यले दर्ता गरिएको उद्योगले स्यानिटाइजर उत्पादन तथा बिक्री गरिरहेको उद्योगका सञ्चालक गौतमले बताए ।

उनले कच्चा पदार्थ भारतबाट समेत ल्याउनु नपर्ने बताउँदै चिनी मिलबाट अल्कोहल, हेटौंडा र वीरगञ्जबाट ग्लिसरिन, हाइड्रो प्याराअक्साइड लगायत खरिद गरिरहेको जानकारी दिए । गौतमको उद्योगले कोरोनाको संक्रमण विश्वव्यापी भएसँगै २० हजार बोतल स्यानिटाइजर उत्पादन गरेर बिक्री गरेको बताएको छ ।

हेटौंडामा यसअघि भारतीय कम्पनीका स्यानिटाइजर मात्र बिक्री हुने गरेको र घरेलु उत्पादन शून्य थियो । – अञ्जली थापा चुरियामाई,/रासस

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x