×

सुदूरपश्चिममा कोरोना भेटिँदा प्रदेश २ मा त्रास, सरकारसँग छैन विदेशबाट आउनेको तथ्यांक !

चैत २३, २०७६

भारतबाट नेपाल भित्रिएका मानिसमा समेत कोरोनाभाइरसको संक्रमण देखा परेको छ । भारतबाट फर्किएका २ सहित ३ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार गरिसकेको छ ।

कैलालीकी ३४ वर्षीया महिला र २१ वर्षीय पुरुष तथा कञ्चनपुरका ४१ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । तीनै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


Advertisment

शनिवारको परीक्षणबाट कैलालीमा ‘स्थानीय संक्रमण’ देखिएको मन्त्रालयले जनाएको छ । ‘कोरोना संक्रमण देखिएकी महिला नेपालमा कोरोना भेटिएका चौथो संक्रमितको परिवारकी सदस्य हुन् ।


Advertisment

‘हामीलाई प्राप्त जानकारीअनुसार ट्राभल हिस्ट्री छैन उहाँको,’ प्रवक्ता देवकोटाले भने, ‘बाहिरबाट आएका व्यक्ति मात्रै संक्रमित देखिएको अवस्थामा परिवारको सदस्यमा संक्रमण गएको छ । लोकल ट्रान्समिसन । संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस हो । यसले क्वारेन्टाइनमा अनिवार्य र सावधानीपूर्वक बस्नुपर्छ भन्ने देखाउँछ ।’

स्थानीय संक्रमण देखिएका कारण गम्भीर समस्या 

नेपालमा यसअघिसम्म विदेश खास गरेर खाडी मुलुकबाट विमान चढेर आएका मानिसमा मात्र संक्रमण देखा परेको थियो । तर, शनिवारको घटनाले भारतबाट आएका मानिस र नेपालमा रहेका स्थानीयमा समेत संक्रमण सरेको हुनाले नेपालमा अब कोरोनाको अवस्था दोस्रो चरणमा प्रवेश गरेको जनकपुरका एक जना वरिष्ठ फिजिसियन डा. रमण मिश्र बताउँछन् ।

‘अहिले देखिएको स्थानीय संक्रमणलाई नै रोक्न सफल नहुने हो भने केही दिनभित्रै सामुदायिक स्तरमा संक्रमण फैलन सक्ने खतरा छ,’ डा. मिश्रले भने, ‘त्यस्तो अवस्था आए नेपालमा पनि अहिले देखिएको इटाली, स्पेन तथा अमेरिकाजस्तो भयानक अवस्था आउन सक्छ ।’

प्रदेश २ मा हालसम्म विदेशबाट कति भित्रिए ? 

विश्वभर कोरोना संक्रमण फैलिएर महामारीको रूप लिइसके पछि प्रदेश २ मा विदेशबाट कति नागरिक भित्रिए भन्ने कुराको यकिन तथ्यांक नै अहिलेसम्म प्रदेश सरकारले संकलन गर्न सकेको छैन ।

भारत र तेस्रो मुलुकबाट नेपालमा विदेशी सहित नेपाली नागरिकहरू नेपाल भारतको खुला सीमासहित अन्तर्राष्ट्रिय विमानस्थलबाट कति संख्यामा प्रवेश गरे र उनीहरू अहिले कहाँ छन् भन्ने कुराको तथ्यांक समेत संकलन गर्न सकेको छैन । त्यसैले प्रदेश २ सबैभन्दा बढी जोखिममा छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले चैत्र २२ गते मिडिया ब्रिफिङमा सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म कुल ९ सय ६८ जना क्वारेन्टाइनमा तथा १  हजार ६ जना होम क्वारेन्टाइनमा बसेका छन् 

त्यसो भए के त्यति संख्यामा मात्र विदेशबाट नेपाली नागरिकहरू प्रदेश २ मा भित्रिएका हुन् त ?  लकडाउन तथा सीमा नाका सिलबन्दी हुनुअघि नै भारतमा कोरोनाको संक्रमण महामारीको रूप लिइसकेको थियो । एउटा सानो नाका भएर मात्र एक दिनमा कम्तिमा २ हजार जतिको संख्यामा नेपाली नागरिक प्रदेश २ मा भित्रिएका थिए । प्रदेश २ मा भारतसँग सीमा नाका जोडिएको संख्या कुल १ सय १० छ । ती सबै नाकाबाट कति मानिस भित्रिए होलान् भन्ने कुराको अनुमान मात्रै गर्ने हो भने लाखौं हुनसक्छ । तर, तिनीहरूको यकिन तथ्यांक लिन र सावधानी अपनाउन सरकारले सकेको छैन ।

प्रदेश २ मा जनघनत्व सबैभन्दा बढी छ । वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा पनि सबैभन्दा धेरै मानिसहरू प्रदेश २ बाट नै गएका छन् । भारतमा पनि वैदेशिक रोजगारीसहित शिक्षा, स्वास्थ्य उपचारसहित अन्य प्रयोजनका लागि समेत भारततर्फ बढी संख्यामा मानिसहरू जाने गरेका छन् । त्यसकारण पनि प्रदेश २ सबैभन्दा बढी जोखिममा रहेको स्थानीय अगुवाहरू बताउँछन् ।

सरकारले लक–डाउन घोषणा गरेपनि गाउँघरमा त्यसको कुनै पनि असर परेको छैन । विदेशबाट आएका मानिसहरू गाउँघरमा सामुदायिक स्तरमा घुम्ने, भेटघाट गर्ने गरेका छन् । हाटबजार लाग्नेदेखि चौक चौराहमा भीडभाड लाग्ने गरेको छ । त्यसकारण यदि संक्रमण फेला परे त्यसले स्थानीय स्तरमा मात्र होइन, सामुदायिक स्तरमा नै सार्न सक्ने जोखिम खास गरेर ग्रामिण क्षेत्रमा बढी देखिएको छ ।

कोरोनाको परीक्षण नै भएन 

हजारौंको संख्यामा मानिस भारत र तेस्रो मुलुकबाट प्रदेश २ मा भित्रिए पनि सीमित संख्यामा मात्र अहिलेसम्म कोरोना भाइरस परीक्षण गरिएको छ । डा. घिमिरेका अनुसार चैत्र २२ गतेसम्म कुल ७९ जनाको मात्र परीक्षण गरिएको छ । परीक्षण गरिएकाहरूको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा ३८ जनाको मात्र रिपोर्ट आएको छ । ती सबैको रिपोर्ट नेगेटिभ छ । बाँकी ४१ जनाको रिपोर्ट आएको छैन ।  

आइसोलेसनको अभाव 

प्रदेश २ मा कुल ८७ बेड क्षमताको मात्र आइसोलेसन सेन्टर निर्माण गरिएको छ, जसमध्ये हालसम्म २२ जना मानिसलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । सप्तरीमा ९, सिरहामा १३, महोत्तरीमा १४, सर्लाहीमा २, धनुषामा १२, बारामा २०, पर्सामा ८ र रौतहटमा ९ वटा बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालन गरिएको छ, जसमध्ये सप्तरीमा १ जना, धनुषामा ७ जना, बारामा ९ जना, रौतहटमा ५ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

भारतको दिल्लीस्थित निजामुद्दिनमा धार्मिक कार्यक्रममा सहभागी भएका मुस्लिम समुदायमा कोरोनाको संक्रमण बढी पाइएको छ । उक्त धार्मिक कार्यक्रममा सहभागी हुन नेपालबाट समेत मुस्लिम समुदायका मानिसहरू गएका थिए । उनीहरू फर्किएका पनि छन् । तर, कति संख्यामा नेपाली त्यहाँ पुगेका थिए र कति फर्किए भन्ने कुराको यकिन संख्या पनि प्रदेश सरकारले सार्वजनिक गर्न सकेको छैन । 

‘भारतको दिल्लीस्थित निजामुद्दिनमा तब्दिली जमात मर्कसमा सहभागी भएर फर्किएका ९ जनालाई बारास्थित आइसोलेसन सेन्टरमा राखेर उपचार गरिँदैछ,’ सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले भने, ‘अरू थप मानिसहरुको पनि खोजी जारी छ ।’

धनुषाको हंशपुर नगरपालिकाको वडा नम्बर ५ मा स्थानीय सरकारले क्वारेन्टाइन सञ्चालन गरेको छ । त्यस क्वारेन्टाइनमा समेत उक्त धार्मिक कार्यक्रमबाट फर्किएका एक जनालाई राखियो । हंशपुर नगरपालिका वडा नम्बर ७ स्थित पर्साहीका मोहम्मद माथारमिस वाहिदलाई त्यहाँको क्वारेन्टाइनमा राखिएको थियो  । उनी दिल्लीस्थित मर्कसबाट फर्किएको हंशपुर नगरपालिकाकी उपप्रमुख रेणु झाले बताइन् । 

हंसपुर नगरपालिका बाट २ जना त्यहाँ पुगेका भएपनि १ जना अझसम्म सम्पर्कमा आउन नसकेको उपप्रमुख झाले भनिन् । माथारमिसलाई त्यहाँबाट निकालेर जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा लगिएको रेडक्रस धनुषका अध्यक्ष नरेश सिंहले जानकारी दिए । त्यहाँ स्वाब संकलन गरी उनमा कोरोना संक्रमण भए/नभएको परीक्षण हुनेछ । 

धनुषाबाट उक्त सभामा ४ जना गएको सूचना आएको र अन्यको पनि खोजी भइरहेको उनको भनाइ छ ।

हंसपुर नगरपालिकाकी उपप्रमुख झाका अनुसार माथारमिसलाई क्वारेन्टाइनमा राख्दा त्यहाँबाट निकाल्न निकै दबाब आएको थियो । ‘उनलाई क्वारेन्टाइनबाट निकाल्न स्थानीय स्तरबाट नै मुस्लिम समुदायले हामीलाई दबाब दिए,’ झाले भनिन्, ‘उहाँ मौल्बी साहेब भएकाले क्वारेन्टाइनमा बस्दा हाम्रो प्रतिष्ठा समेत गइरहेको छ, हामी आफैं उपचार गराउँछौं, क्वारेन्टाइनबाट निकालिदिनुस् भनेर दबाब आयो ।’

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x