×

NMB BANK
NIC ASIA

कैलाली र कञ्चनपुरमा परीक्षण तत्काल

चैत २४, २०७६

NTC
Premier Steels

 सरकारले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको क्रममा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको कोरोना परीक्षण तत्काल गर्र्ने भएको छ ।

Muktinath Bank

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरस्थित क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गर्ने जानकारी दिए । सरकारले परीक्षणको दायरा बढाएको जानकारी दिँदै उनले चैत महिनामा विदेशबाट आई क्वारेन्टाइनमा बसेका सबैको पहिलो चरणमा तीव्र परीक्षण (र्‍यापिड टेस्ट) मार्फत नमुना परीक्षण गर्ने निर्णय भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यदि परीक्षणमा पोजेटिभ देखिएमा पीसीआर मेसिन मार्फत पुनः परीक्षण गरी निक्र्योल गरिने प्रवक्ता देवकोटाले जानकारी दिए । उनले बाग्लुङमा सङ्क्रमित व्यक्तिको बासस्थान वरपरका सबै व्यक्तिको परीक्षण गरिने पनि जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसी सबैको सहमतिमा ‘र्‍यापिड टेस्ट’ मार्फत परीक्षण गर्ने निर्णय भएको जानकारी दिँदै उनले यसका लागि प्रभावित जिल्लामा टोली जाने तयारी भएको बताए ।

Vianet communication

कैलालीमा स्थानीय सङ्क्रमण देखिएपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट किट मार्फत नमुना परीक्षण गर्ने निर्णय गरेको थियो । यसअघि क्वारेन्टाइनमा बसेकालाई लक्षण देखिएमा मात्रै नमुना परीक्षण हुँदै आएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा सङ्क्रमण देखिएको छैन ।

प्रवक्ता डा. देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको २५२ नमुना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनले हालसम्म एक हजार ५२९ जनाको परीक्षण भएको जानकारी दिँदै काठमाडौंँमा १२ र बाहिर १०१ गरी जम्मा ११३ जना आइसोलेसनमा रहेको बताए ।

प्रभावित विभिन्न देशबाट आएर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको पनि जानकारी उनले दिए । नेपाल सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले यसलाई थप अर्काे चरणमा प्रवेश गर्न नदिन क्वारेन्टाइनमा बस्नुको विकल्प नरहेको भन्दै उनले विदेशबाट आएकालाई सम्पर्कमा आई क्वारेन्टाइनमा बस्न आग्रह गरे।

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित हेटौँडा, चितवन, धरान, सुर्खेत, जनकपुर, पोखरा र धनगढी गरी आठ स्थानबाट नमुना परीक्षण भइरहेको छ । यस्तै बुटवलमा परीक्षण सुरु हुन बाँकी छ । यसअघि शनिबार एकैदिन तीन जनामा सङ्क्रमणको पुष्टि भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x