×

NMB BANK
NIC ASIA

कोरोना र्‍यापिड टेस्ट टोली धनगढीमा, संक्रमित भेटिएका लम्कीबाट परीक्षण

चैत २४, २०७६

NTC
Premier Steels

कोरोना भाइरस (कोभिड-१९) को र्‍यापिड टेस्ट टोली सोमबार धनगढी पुगेको छ।

Muktinath Bank

संघीय सरकारको शनिवार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुर तथा गण्डकी प्रदेशको बाग्लुङमा र्‍यापिड परीक्षण गर्ने निर्णय गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही अनुसार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)को लागि एक टोली धनगढी पुगेको हो।


Advertisment
Nabil box
Kumari

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरिक्षक हेमराज जोशीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ६ र यहाँका ६ जना विज्ञ गरी १२ जनाको विज्ञ सो टोलीले मंगलबारदेखि क्वारेन्टाइनमै गएर थ्रोट स्वाब नमूना संकलन गर्ने भएको छ।

Vianet communication

मंगलवार बिहानैदेखि नमूना संकलनको कार्य सुरु गरिने बताउँदै निर्देशनालयका भेक्टर कन्ट्रोल निरिक्षक जोशीले सुरुवात भने कैलालीको लम्कीचुहा नगरपालिकाबाट गरिने लोकान्तरलाई जानकारी दिए । 

चैत २२ गते कैलालीको लम्कीचुहा नगरपालिका–९ स्थित सरस्वती माध्यमिक विद्यालय प्रतापुरको क्वारेन्टाइनमा राखिएका २१ वर्षीय एक यूवकमा कोरोना भाइरसको संक्रमण रहेको खुलेको थियो। सो अनुसार पनि सो टोलीले लम्कीबाटै आफ्नो कार्य सुरुवात गर्ने बुझिएको छ।

नमूना सलकन तथा परिक्षणको कार्ययोजना बुधबार विहान तय हुने बताउँदै जोशीले कञ्चनपुर जिल्लामा भने बुधबारदेखि कार्य थालनी हुन सक्ने उल्लेख गरे।

विश्वव्यापी रूपमा कोभिड १९ को परीक्षण दुई प्रकारले गरिन्छ। पहिलो हो पीसीआर (पोलिमरेज चेन रियाक्सन) र दोस्रो र्‍यापिड एन्टीबडी टेस्ट।

नेपालमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) अहिलेसम्म भएको थिएन। जानकार चिकित्सकहरूका अनुसार पीसीआर परीक्षणमा कोभिड-१९ भाइरस भए नभएको जानकारी प्राप्त हुन्छ ।

आरडीटीमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण हुने भएकाले यो परीक्षण प्रविधि पीसीआरभन्दा अलि कम विश्वसनीय हुने बताइन्छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x