×

NMB BANK
NIC ASIA

क्यालिफोर्नियामा महिलाले सुपरमार्केटका सामान चाटिन्, परिन् पक्राउ

चैत २७, २०७६

NTC
Premier Steels

अमेरिकाको क्यालिफोर्नियामा बस्ने एक महिलाले सुपरमार्केटमा सामान किन्नुअघि त्यसलाई चाटेको भेटिएपछि प्रहरीले पक्राउ गरेको छ । 

Muktinath Bank

नेवाडासँगको सीमामा रहको लेक ताहोका प्रहरी प्रवक्ता क्रिय फियोरले एएफपीलाई बताएअनुसार, प्रहरीलाई मंगलवार सेफवे स्टोरमा बोलाइएको थियो । एक महिला खरिददारले स्टोरमा राखिएका खाद्यान्न तथा अन्य सामानहरू चाटेको स्टोरका कर्मचारीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसरी चाटेर उनले लगभग दुई हजार डलर बराबरको सामान बेकामे बनाइदिएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

महिलाले स्टोरका गहनाका अनेकौं टुक्रा हातमा राखेको र तिनलाई चाटेको पनि आफूले देखेको सेफवेका कर्मचारीहरूले बताए । त्यसपछि उनले लगभग १८ सय डलर बराबरको सामान बास्केटमा हालेकी थिइन् । 

Vianet communication

एल डोरोडो काउन्टीमा रहेको यस सुपरमार्केटमा ग्रोसरी बाहेकका सामानहरू पनि बेच्ने गरिएको छ । 

महिलाले बास्केटमा राखेको गहना तथा अन्य सामानहरू संक्रमित भएका कारण बेच्न नमिल्ने भएको एक कर्मचारीलाई प्रहरीले बताए । 

प्रहरीले ती महिलासँग सोधपुछ गर्दा उनीसँग बास्केटमा राखेको सामान किन्ने हैसियत नभएको पत्ता लाग्यो ।

ती महिला साउथ लेक ताहोमा बस्ने जेनिफर वाकर हुन् । उनलाई सार्वजनिक स्थानमा रहेका वस्तु नष्ट गरेको आरोपमा पक्राउ गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x