×

राष्ट्रपति ट्रम्प रिसाएपछि विश्व स्वास्थ्य संगठनको सहयोग रोक्का

बैशाख ३, २०७७

फाइल फोटो

कोरोना भाइरस संक्रमण फैलिन नदिन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) असफल भएको गम्भीर आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोग रोक्का गरेका छन् ।

कोरोना रोकथाम गर्न नसकेर डब्लूएचओले न्यूनतम दायित्व पूरा गर्न नसकेको बताउँदै ट्रम्पले सहयोग रोक्ने अमेरिकी प्रशासनलाई निर्देशन दिएका छन् ।


Advertisment

चीनको वुहानमा कोरोना भाइरस देखिएपछि सही ढंगले व्यवस्थापन गर्न नसकेको र घटनालाई ढाकछोप गरेकाले संसारभर फैलिएको ट्रम्पको आरोप छ ।


Advertisment

‘कोरोना भाइरस संक्रमण फैलिने विषयलाई एकदमै नराम्रो ढंगले व्यवस्थापन गरेको र ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा आर्थिक सहयोग रोक्न म आफ्नो प्रशासनलाई निर्देशन दिँदैछु,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भनेका छन् ।

ट्रम्पले साझा संगठनको रुपमा रहेको डब्लूएचओलाई जवाफदेही बनाउनुपर्नेमा समेत जोड दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डब्लूएचओलाई अमेरिकाले सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउँदै आएको थियो ।

अमेरिकामा कोरोना भाइरस सबैभन्दा ठूलो महामारीको रुपमा फैलिँदै गएको छ । बुधवार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणका कारण २५ हजार ७५७ जनाले ज्यान गुमाएका छन् भने ६ लाख ५ हजार १९३ जना संक्रमित देखिएका छन् ।

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x