×

NMB BANK
NIC ASIA

पोखराका ५६ उद्योग बन्दः कामदारको सुरक्षा मुख्य समस्या

बैशाख ६, २०७७

NTC
Premier Steels

बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास आएको छ । सञ्चालित उद्योग पनि कामदार अभाव र बजार व्यवस्थापनको समस्याले गर्दा सञ्चालनमा कठिनाइ भएको सञ्चालक बताउँछन् । 

Muktinath Bank

पोखरा महानगरपालिका वडा नं १० स्थित पोखरा औद्योगिक क्षेत्रमा ७७ उद्योग छन् । हालको अवस्थामा भने २१ उद्योग सञ्चालित छन् । तीमध्ये १४ उद्योग अनुमति लिएर पुनःसञ्चालन भएका हुन् । अन्य  सात उद्योग भने कामदार त्यहीँभित्र बस्ने भएकाले भित्रभित्र काम गरिरहेका छन् । अनुमति नलिई सञ्चालित उद्योगमा फलामजन्य र ब्लक उद्योग छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

औद्योगिक क्षेत्रभित्र सञ्चालित ताजा फुड्स प्रालिका सञ्चालक विनोद शर्मा न्यौपानेले  सामान उत्पादन र वितरणसम्मको स्पष्ट निर्देशिका सम्बन्धित निकायले नबनाउँदा उद्योग बन्द गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षित भएर उद्योग सञ्चालन गर्नू मात्र भनिएको छ, उद्योगमा कामदारदेखि उत्पादनलाई बजार हुँदै उपभोक्तासम्म पुर्‍याउने सुरक्षित उपायका बारेमा केही भनिएको छैन, यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्नू रु” उहाँले निकै अन्योल रहेकाले हाल उद्योग बन्द गर्नुपरेको बताए। 


Advertisment
Nabil box
Kumari

उहाँका अनुसार कतिपय बेकरी उद्योगले उत्पादन गरेको सामान बजारमा लैजाँदा समेत बाटामा स्थानीयवासीले बाँसलगायत सामानले अवरोध सिर्जना गर्ने गरेकाले पनि अहिले सञ्चालन भएका बेकरी उद्योग बन्द भएका  छन् ।  पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन  कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले अहिले पानी, बिस्कुट, मसला, अक्सिजन र दुग्ध उद्योग सञ्चालनमा रहेको र चाउचाउ उद्योग केही दिनपछि  आउने जानकारी दिए।

Vianet communication

उनले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार कामदारको सुरक्षा अपनाउन नसक्दा उद्योग सञ्चालमा कठिनाइ भएको बताए । “उद्योगमा कार्यरत मजदूरको स्वास्थ्य सतर्कताका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध छैन, कामदार आफू असुरक्षित महसुस गरेर काम गर्न सक्दैनन् ”,  उनले भने। थर्मल गन, पिपिइलगायत आवश्यक स्वास्थ्य सामग्री खोजे पनि नपाइएको  उनले बताए।  औद्योगिक क्षेत्रको ढोकामा एउटा ‘हेल्थ डेस्क’ आवश्यक रहेको  सम्बन्धित निकायमा जानकारी गराइए पनि  व्यवस्था नभएको उहाँको गुनासो छ ।  हाल सञ्चालन भइरहेका उद्योग निकै कठिन अवस्थामा  रहेको र  जम्मा २५ प्रतिशत मात्र उत्पादन भएको उनले बताए । 

त्यसैगरी हाल बन्द रारा, रम्बालगायत चाउचाउ उत्पादन गर्दै आएको हिमश्री फुड्सले यही वैशाख ७ गतेदेखि पुनःसञ्चालन गर्ने सोच बनाएको  प्रालिका जनरल म्यानेजर अमित थापाले जानकारी दिए।

उनले पहिल्यै उत्पादित चाउचाउले अहिलेसम्म बजार व्यवस्थापन गरेकाले अब सञ्चालनको तयारी गरिएको बताए। “सीमित कामदारबाट स्टक राखिएको सामग्रीबाट अहिले उत्पादन गर्ने तयारी भएको छ, हेरौंँ कहिलेसम्म चलाउन सक्छौँ”, उनले भने। उनका अनुसार हाल मौज्दात रहेको कच्चा पदार्थबाट १५ दिनका लागि मात्र उत्पादन गर्न सकिन्छ । औद्योगिक क्षेत्रभित्र रहेको अर्को पोखरा नुडल्स पनि हाल बन्द छ । जमुनावर्षा शर्मा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x