मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
कर्णाली प्रदेशमा रहेको एक मात्र विश्वविद्यालयलाई उत्पादनसँग जोड्न शुरू गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.नन्दबहादुर सिंहका अनुसार विश्वविद्यालयलाई उत्पादनसँग जोड्दै जाने योजना अनुरुप पहिलो चरणमा स्यानिटाइजर उत्पादन गरेर कोरोना विरुद्ध लडन सुरु गरिएको हो ।
‘अहिले विज्ञान तथा प्राविधिक संकाय केन्द्रीय विश्वविद्यालयले स्यानिटाइजर उत्पादन गरिरहेको छ । त्यहाँ अध्ययनरचत विद्यार्थीहरुलाई उत्पादनमा जोडिरहेका छौं,’ प्रा.डा. सिंहले भने, ‘शिक्षालाई सीपसँग जोडने, उक्त सीपलाई उत्पादनसँग जोडने र आर्थिक वृद्धि गर्ने गरी हामी अघि बढिरहेका छौं ।’
अहिले विश्वविद्यालयले एक लाख लगानी गरेर स्यानिटाइजर उत्पादन गरिरहेको उपकुलपति प्रा.डा. सिंहले बताए । ‘आम नागरिकलाई त्रसित बनाइरहेको कोरोनाविरुद्ध लड्न स्यानिटाइजरमा आम नागरिकको सहज पहुँच अभाव देख्यौं,’ उनले भने, ‘त्यहि अभावलाई पूर्ति गर्न र विश्वविद्यालयलाई उत्पादनसँग जोड्नका लागि हामीले उत्पादन शुरू गरेका हौं । व्यवस्थापन संकायले व्यवस्थापन गर्ने र विज्ञान तथा प्रविधि संकायले उत्पादन गर्ने योजना अनुसार थप कार्ययोजना बनाई अघि बढछौं ।’
प्रा.डा. सिंहले अहिले सेमी मेसिनबाट दैनिक रुपमा ६० एमएलका ७३० बोत्तल उत्पादन भइरहेको बताउँदै निकट भविष्यमा आइएसओ सर्टिफाईड गर्ने र बजारमा पठाउने बताए । यसकालागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग थप सहकार्य भइरहेको उनको भनाई थियो । विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन सँग जोड्न अनिवार्य रहेको बताउँदै कर्णाली समृद्धिको आधारको रुपमा विश्वविद्यालय बनाउन खोजेको प्रा. डा. सिंहको भनाई थियो ।
‘विगतमा सर्टिफिकेट प्रदान गर्ने मात्रै विश्वविद्यालय बनाइयो,’ उनले भने, ‘अब आत्मनिर्भर बन्नका लागि आवश्यक पर्ने सीप प्राप्त जनशक्ति निर्माण गर्नेछौं । त्यसैको पहिलो चरणको रुपमा स्यानिटाइजर उत्पादन हो ।’
उनका अनुसार यसपछि थेसिस गर्ने विद्यार्थीहरुले उत्पादनका विषयमा गर्ने गरी अघि बढिने जानकारी दिए ।
महासंघलाई स्यानिटाइजर प्रदान
यसैबीच, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सिंहले नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई तीस थान स्यानिटाईजर प्रदान गरेका छन् । महासंघका अध्यक्ष गणेशकञ्चन भारतीले विश्वविद्यालयले स्यानिटाइजर उत्पादन गर्नु ऐतिहासिक भएको बताए ।
‘विश्वविद्यालयले राम्रो कामको सुरुवात गरेको छ । आगामी दिनमा कर्णालीकै वस्तुको प्रयोग गरेर नयाँ नयाँ आविष्कार गर्न विश्वविद्यालय सफल होस,’ अध्यक्ष भारतीले भने, ‘कर्णालीलाई उत्पादनमूलक शिक्षाको थलो बनाउन विश्वविद्यालय सफल हुने अपेक्षा छ । महासंघलाई यहाँहरुको उत्पादन दिएर सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद छ ।’
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...