×

NMB BANK
NIC ASIA

कोरोनाको विश्वव्यापी प्रभाव, सिक्नुपर्ने पाठ र समृद्ध नेपालको परिकल्पना

बैशाख १५, २०७७

NTC
Premier Steels

साउथ मर्निङ चाइना पोस्टमा प्रकाशित समाचारलाई सत्य मान्ने हो भने चीनको हुबेई राज्यकी ५५ वर्षीया महिलामा १७ नोभेम्बर २०१९ मा पहिलो पटक कोराना भाइरस देखापरेको र उनी नै कोरोनाको पहिलो संक्रमित हुन सक्ने भएपनि आधिकारिकरूपमा डिसेम्बर २०१९ देखि वुहानमा देखापरेको कोराना भाइरसले विश्वभर भयानक कहालीलाग्दो महामारी रूप लिएको छ ।

Muktinath Bank

आज विश्व अत्यन्त सूक्ष्म जीव भाइरसको आक्रमणले संकटग्रष्ट भएको छ । यसलाई दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठूलो मानवीय अनिष्टको संज्ञा दिइएको छ । कोरोनाले विश्व मानचित्रका २१० बढी देशसम्म आफ्नो साम्राज्य फैलाइसकेको छ भने साढे २९ लाख बढी मानिसलाई आफ्नो चपेटमा पारिसकेको छ । जसमध्ये २ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने झण्डै साढे ८ लाख जतिले कारोनालाई पराजित गर्न सफल भएका छन् । बाँकी संक्रमित अस्पतालको शय्यामा जीवन–मरणको युद्ध लडिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा हालसम्म ५२ जनामा कोरोना संक्रमण भेटिएपनि शौभाग्यवश श्रीपशुपतिनाथको कृपा वा नेपालको भौगालिक वातावरण वा नेपालीको रोग प्रतिरोधक क्षमता वा पूर्व सावधानीको प्रभावले होस् १ जनाले पनि ज्यान गुमाउनुपरेको छैन र नपरोस् पनि । सबैको कामना यही छ । विदेशी भूमिमा सयौं नेपालीको दुःखद निधनबाट भने हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ ।


Advertisment
Nabil box
Kumari

अझ यसको विस्तार र संक्रमण तीव्र रूपमा फैलिने क्रम जारी छ, पछिल्लो तथ्यांक अनुसार भारत, ओमन, आरमेनिया, क्यामेरुन र घाना लगायतका देशमा  संक्रमित र अमेरिका, ब्राजिल, मेक्सिको, जर्मनी, अस्ट्रेलिया, ईरान, पोर्चुगल, बेल्जियम र साउदी अरेबिया लगायतका देशमा संक्रमित तथा मृत्यु हुने दुवैको संख्यामा बढोत्तरी आएको छ । विश्व स्वास्थ्य संगठनले भने यसको संक्रमण थप बढ्न सक्ने चेतावनी दिएको छ ।  

Vianet communication

यद्यपि, इतिहासका कालखण्डमा विश्वले स्मालपोक्स, मलेरिया, ईबोला, द ग्रेट प्लेग अफ मसेस, टाइफुस, स्पेनिस फ्लू, डायरिया, ट्यूबरक्लोसिस् र एचआईभी (एड्स) जस्ता सरुवा रोगको महामारी व्यहोर्नु नपरेको होइन तर पछिल्लोपटक देखापरेको कोरोना भाइरसविरुद्ध भरपर्दो र प्रयोगसिद्ध औषधि वा खोपको आविष्कार नभएकाले विश्वसामु कोरोना एउटा जटिल समस्या र चुनौतीको रूपमा खडा भएको छ ।

हाललाई सामाजिक दूरी र पूर्व सावधानीलाई नै विश्व स्वास्थ्य संगठनले यसविरुद्ध लड्ने निर्विकल्प रणनीतिको रूपमा सुझाएको छ । आशा गरौं – विज्ञान र प्रविधि विकास चरम उत्कर्षमा पुगेको २१ औं शताब्दीका वैज्ञानिकले अवश्य छिट्टै यसविरुद्ध औषधि र खोपको आविष्कार गर्नेछन् र विश्वले फेरि सन्तोषको सास फेर्ने छ अनि जनजीवन सामान्य अवस्थामा फर्कने छ ।

विश्वव्यापी प्रभाव

कोरोना महामारीको सबैभन्दा बढी प्रभाव मानवीय संकट वा मानिसको मृत्युमा संवेदनशील देखियो । यतिबेला सिंगो विश्व समाज र हरेक सरकार नागरिकको जीवन सुरक्षाका निम्ति युद्धस्तरमा संघर्षरत छन् । भरपर्दो र प्रयोगसिद्ध उपचारको व्यवस्था नहुन्जेल यसैलाई अनुसरण गर्दै विश्वभर लकडाउनको घोषणा गरिएको छ ।

यतिबेला सडक, शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना, विकास निर्माण परियोजना र सार्वजनिक स्थलहरू सन्नाटा छाएको छ ।

मानिसहरू कतै आफ्नै घरभित्र निष्क्रिय अवस्थामा रहेका, अस्पतालको शय्यामा छटपटाइरहेका, भोकभोकै मरिरहेका, हजारौं किलोमिटरको पैदल यात्रामा हिँडिरहेका, लाखौंले रोजगारी गुमाउनुपरेको, शवको सम्मानजनक अन्त्येष्टि नभएको, सुरक्षा र स्वास्थ्यकर्मी चौबिसै घण्टा खट्नुपरेको त कतै सुरक्षाकर्मीको निर्मम कुटाइ खेप्नुपरेका अकल्पनीय हृदयविदारक र कहालीलाग्दो दृश्य विश्व मानचित्रमा देखियो । यसबाट विश्व राजनीति, अर्थतन्त्र र सामाजिक सबै पक्षहरू दीर्घकालसम्म प्रभावित भएका छन् ।

राजनीतिक प्रभाव 

तीव्रगतिमा फैलिइरहेको कोरोना भाइरसको उत्पत्ति सम्बन्धमा विश्वको महाशक्ति राष्ट्र अमेरिका र उसकै प्रखर प्रतिद्वन्द्वी उदीयमान शक्ति राष्ट्र चीनका विच आरोप–प्रत्यारोपको वाक युद्ध चलिरहेको छ ।

अमेरिकाले चीनले तथ्यलाई समयमै सार्वजनिक नगरी लुकाएको र विश्व स्वास्थ्य संगठनले समेत महामारीको समयमै पहिचान र सावधानी व्यवस्थापनमा चुकेको आरोप लगाई विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग बन्द गर्ने घोषणा समेत गर्‍यो ।

जसले तेस्रो विश्वयुद्ध हतियारको नभई आणविक अस्त्रको प्रयोगले हुनेछ भन्ने ज्योतिषहरूको भविष्यवाणी कतै यथार्थ त सावित हुँदैन ? कोरोनाको नाममा २ ठूला शक्तिराष्ट्र अमेरिका र चीन बीचको द्वन्द्वले कतै विश्वलाई तेस्रो विश्वयुद्धतर्फ धकेल्ने त होइन ? राजनीतिक क्षेत्रमा बहस र तरंग पैदा भएको छ ।

आर्थिक प्रभाव 

कोरोना महामारीबाट उत्पादन, सेवा, आयात–निर्यात, वितरण र आन्तरिक राजस्व संकलन प्रणाली सबै नराम्रोसँग प्रभावित भएका छन् । सबैभन्दा बढी दबाब वितरण प्रणालीमा परेको छ, जुन मानिसहरूको दैनिक जीवनसँग अतिसंवेदनशील हुन्छ ।

यदि महामारी लम्बिँदै गयो भने खाद्यान्न आपूर्ति प्रणाली अवरुद्ध भई विश्वका अधिक जनघनत्व भएका र खाद्यान्नमा परनिर्भर करीब पौने ४ करोड जनसंख्या भएकोे टोकियो, २ करोड ८५ लाख जनसंख्या भएको नयाँदिल्ली, २ करोड ५५ लाख जनसंख्या भएको संघाई, २ करोड १६ लाख जनसंख्या भएको साउ पाउलो, २ करोड १५ लाख जनसंख्या भएको मेक्सिकन सिटी, १ करोड ९६ लाख जनसंख्या भएको बेइजिङ, १ करोड ९५ लाख जनसंख्या भएको ढाका लगायत सयौं शहरहरू मात्र होइन, नेपालको काठमाडांैले समेत भोकमरीको सामना गर्नुपर्ने सहजै अनुमान गर्न सकिन्छ । नेपाल जस्ता विप्रेषण आप्रवाहमा निर्भर अर्थतन्त्र भएका देशहरू अझ बढी प्रभावित हुने सुनिश्चित छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो प्रक्षेपण अनुसार कोरोना महामारीको प्रभावले विश्व अर्थतन्त्र सन् २००८–२००९ को आर्थिक मन्दी ताकाको भन्दा अझ खराब हुनेछ । सन् २०१९ मा २.९ प्रतिशतले सकारात्मक रहेको समग्र विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२० मा ३ प्रतिशतले ओरालो लाग्ने अनुमान गरिएको छ । सन् २०२० को मध्यसम्ममा कोरोना महामारीको प्रभाव बिस्तारै कम हुँदै जाने र सन् २०२१ मा विश्व अर्थतन्त्रको वृद्धिदर ५.८ प्रतिशतमा उक्लने समेत अनुमान गरिएको छ ।

नेपालको आर्थिक वर्ष २०७५/०७६ मा हासिल ७.१ प्रतिशतको आर्थिक वृद्धिदरमा गिरावट आई चालू आर्थिक वर्षमा ३ प्रतिशतको हाराहारीमा सीमित हुने विभिन्न अध्ययनले देखाएको छ तर एसियन डेभलपमेन्ट बैंकले भने सन् २०२० र २०२१ मा नेपालको आर्थिक वृद्धिदर क्रमशः ५.३ प्रतिशत र ६.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

यी सबै अनुमान मात्र भएकाले विश्व वा कुनै पनि राष्ट्रको आर्थिक वृद्धिदरको अवस्था अन्य परिस्थिति यथावत रहेमा कोरोना महामारी नियन्त्रणको स्तरमा निर्भर गर्नेछ ।

आन्तरिक राजस्व संकलन कार्य ठप्प भएकाले हरेक सरकारलाई वित्त व्यवस्थापनमा ठूलो दबाब सिर्जना भएको छ ।

अर्थतन्त्र धरासायी हुनबाट जोगाई सामान्य अवस्थामा फर्काउन विश्वभर विभिन्न मौद्रिक तथा वित्तीय रणनीति अवलम्बन गर्दै प्रत्यक्ष प्रभावित समूह र क्षेत्रलाई प्राथमिकतामा राखी राहत घोषण गरिएका छन् । अब यतिले मात्र पुग्दैन, शिथिल अर्थतन्त्रलाई गति दिन महामारीको सर्वपक्षीय प्रभावको विश्लेषण गरी अग्रगामी सोंचका साथ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन दरिलो योजना बनाई युद्धस्तरमा लाग्न ढिलो गर्नु हुँदैन ।

सामजिक प्रभाव

विश्व मानचित्रमा कोरोना महामारीबाट आर्थिक पक्ष मात्र नभई सामाजिक पक्षमा समेत उल्लेख्य प्रभाव परेको छ । लामो लकडाउनले डिप्रेसन रोग तथा बलात्कार, घरेलु हिंसामा उल्लेख्य वृद्धि भएको तथ्यहरू प्रकाशमा आएका छन् । जसबाट वृद्धा, महिला तथा बालबालिका जोखिममा पर्ने सम्भावना बढेको छ । गरीब र मजदुरले भोकमरीको सामना गर्नुपर्ने अवस्था छ । यी जोखिमबारे समेत विश्व समाज, प्रत्येक सरकार र सरोकारवालाको ध्यान जान हुन जरुरी छ । 

सिकाएको पाठ 

पछिल्लो ५० वर्षयता विज्ञान र प्रविधिले भौतिक विकासमा आश्चर्यजनक क्रान्ति ल्याइदियो । अंग प्रत्यारोपण, यन्त्र मानव र कृत्रिम बौद्धिकता, विद्युतीय रकम स्थानान्तरण, आणविक शक्ति, मोबाइल फोन, अन्तरिक्ष उडान, व्यक्तिगत कम्प्युटर, डिजिटल मिडिया, अनुवंशीय इन्जिनियरिङ र इन्टरनेट विगतको आधा शताब्दीयता विज्ञानले स्थापित गरेका हजारौं मध्येका उन्नत प्रविधिहरू हुन् ।

यिनै प्रविधिको प्रयोगले विश्व अब विश्व रहेन, एउटा गाउँमा रूपान्तरण भयो, मानिसको दैनिक जीवन सहज र बिलासी बनायो तर यिनै प्रविधि र अनेकौं भौतिक वस्तु उत्पादन गर्ने औद्योगिक गतिविधिबाट प्राकृतिक स्रोतसाधन माथिको दोहन र उत्सर्जित प्रदूषणबाट प्राकृतिक पर्यावरणमाथि चरम दबाब सिर्जना हुँदै गयो । यसरी मानवका असीमित आकांक्षाहरू पूर्ति गर्ने भौतिक विकास र पर्यावरणबीच तालमेल हुन नसकी असन्तुलनको खाडल बढ्दै गयो ।

बिग्रँदो पर्यावरणका विषयमा विश्व समाज अनविज्ञ भने थिएन । विद्वानहरूले औद्योगिक प्रदूषण र दोहनबाट प्रकृतिमाथि परिरहेको चरम दबाबबाट उन्पन्न हुनसक्ने संकटबारे बेलैमा सचेत नगराएका पनि होइनन् । सन् १९७१ मा वातावरणीय भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, सन् १९७२ मा मानवीय पर्यावरण शीर्षकमा राष्ट्रसंघीय सम्मेलन, सन् १९८३ मा राष्ट्रसंघीय विकास तथा वातावरण सम्बन्धी आयोगको गठन, सन् १९८७ मा हाम्रो साझा भविष्य नामक प्रतिवेदन पेश, सन् १९९२ मा राष्ट्रसंघीय विकास तथा वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र एजेण्डा २१ पारित, सहस्राब्दी विकासका लक्ष्यहरूको घोषणा र सन् २००२ मा दीगो विकासका निमित्त विश्व शिखर सम्मेलन वातावरण संरक्षण र दीगो विकासका लागि भएका दूरदर्शी र अग्रगामी प्रयासहरू थिए । यी तमाम प्रयासको मुख्य उद्देश्य वातावरणीय सन्तुलन कायम राख्दै दीगो विकास गर्ने र भविष्यका पुस्ताको बाँच्ने आधारलाई सुनिश्चित गरौं भन्ने थियो ।

दुर्भाग्यवश संसारभर उत्पादन हुने प्रदूषणको ३० प्रतिशत हिस्सेदार ठूलो औद्योगिक राष्ट्र चीन र १५ प्रतिशतको हिस्सेदार अमेरिकाले नै सन् १९९२ मा ब्राजिलको द जेनेरियोमा सम्पन्न प्रदूषण न्यूनीकरण गर्ने सम्बन्धी क्योटो प्रोटोकल लगायतका तमाम सन्धी सम्झौताको इमान्दारीपूर्वक पालना गरेनन् । जसले गर्दा यी सबै प्रयासले निर्दिष्ट उद्देश्य हासिल गर्न सकेनन् र निष्प्रभावी सावित भए । पछिल्लोपटक कोरोना नामक सूक्ष्म जीवसँग यिनै संसारका महाशक्ति राष्ट्र चीन र अमेरिका समेत लाचार सावित भएको दृश्य यिनै घटनाक्रमसँग जोडिएको एउटा गतिलो संयोग हुन सक्छ । 

प्राकृतिक सम्पदा माथिको चरम दबाब र प्रदूषणको भार बहन गर्न नसकी प्रकृतिले बारम्बार हैजा महामारी, भूकम्प, बाढी पहिरो, ज्वालामुखी, ज्वारभाटा, सुनामी, विश्वव्यापी उष्णता जस्ता सरुवा रोग र प्राकृतिक प्रकोपको माध्यमबाट मानव समाजलाई बारम्बार सचेत गराइरह्यो तर यसलाई सधै नजरअन्दाज गरियो । यिनै पर्यावरणमाथि मानव जातिको चरम अतिक्रमणको सांकेतिक शृंखलाबद्ध चेतावनीको पछिल्लो स्वरूप हो कोरोना भाइरस ।

तमाम परिघटनाले मानिस किमार्थ प्रकृतिको मालिक होइन, मात्र सेवक हो । विकास र उन्नतिको नाममा पर्यावरणको सन्तुलन खल्बल्याउनु आफ्नै काल निम्त्याउनु हो । यदि अब पनि चेतिएन भने मानव समाजले महामारी र संकट मात्र होइन, विश्वयापी उष्णता, ओजोन तहको क्षयीकरण, अम्ल वर्षा र हिमताल विस्फोट जस्ता घातक परिस्थितिबाट प्रलय नै व्यहोर्नुपर्ने छ । सिंगो विश्व समाज, राष्ट्र सरकार र आम सचेत नागरिकलाई कोरोना महामारीको पहिलो शिक्षा यही नै हो ।

अर्कातर्फ कोरोना महामारीले व्यक्तिगत सम्पत्तिको अधिकार, नाफामुखी, मूल्य संयन्त्र, पूर्ण प्रतिस्पर्धा, उपभोक्ताको सार्वभौमिकता जस्ता प्रमुख विशेषताका कारण विश्वव्यापी रूपमा एक क्षेत्र अधिपत्य जमाइरहेको पुँजीवादी अर्थव्यवस्था र यसका उपजहरू विश्वव्यापीकरण, उदारीकरण र विश्व व्यापार जस्ता अवधारणामाथि जबरजस्त बहस खडा गरिदिएको छ ।

निःसन्देह विश्व स्तरमा होस् वा व्यक्तिगत धन र शक्ति आर्जनको अस्वस्थ प्रतिस्पर्धा नै वातावरण विनाशमा प्रमुख रूपमा जिम्मेवार छ भने कोरोना भाइरस महामारी छिनभरमा संसारभर फैलाउनमा खुला विश्व बजारको प्रमुख हात छ । यद्यपि विज्ञान र प्रविधिले ठूलो फड्को मारिसकेको मानव समाजपछि फर्कन वा रोकिन त सम्भव नहोला ।

यस परिघटनाले पुँजीवादी अर्थ व्यवस्थाको उचित परिमार्जन गरी तल्लो वर्गको हकहित, भावी सन्ततीको बाँच्न पाउने अधिकार र वातावरण संरक्षणको सुनिश्चितता सहितको स्वच्छ पुँजीवादी अर्थ व्यवस्थामा रूपान्तरण गर्न जरुरी छ, अन्यथा विश्वले यस्तै महामारी खेपिराख्नुपर्ने र चरम राष्ट्रवादी निरंकुश शासन व्यवस्थाको उदय हुन सक्ने खतरा बढ्ने छ । यो नै कोरोना महामारीको अर्को शिक्षाको रूपमा लिन सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x