×

NMB BANK
NIC ASIA

क्वारेन्टाइनमा बसेका ९ जनालाई आरडीटी जाँच समेत नगरी घर पठाइयो !

बैशाख १९, २०७७

NTC
Premier Steels

छिमेकी जिल्ला बाँकेमा कोरोनासंक्रमण भएको भन्ने खबर आइरहँदा भेरीगंगा नगरपालिका छिन्चुमा १४ दिन क्वारेन्टाइन बसेकालाई आरडीटी जाँच नगरिकनै घर पठाइएको छ ।

Muktinath Bank

वैशाख ६ गते सिन्धुपाल्चोक, गोरा, कोहलपुर भएर आएका ती नौ जनामा एक जनाको मात्रै जाँच गरिएको र अन्यको जाँच नै नगरी घर पठाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कम्तिमा क्वारेन्टाइनमा बसेकालाई आरडीटी जाँच गरेर घर पठाउनुपर्नेमा त्यस्तो गरिएन,’ स्रोतले भन्यो, ‘उनीहरू १४ दिन क्वारेन्टाइनमा बसेपछि घर पठाइएका हुन् । यसरी जाँजविनै गाउँ पठाउनु झन जोखिम हुने देखियो ।’


Advertisment
Nabil box
Kumari

भेरी गंगा नगरपालिकाका स्वास्थ्य संयोजक राजेश बुढाले किट अभाव भएका कारण एक जनाको जाँच गरेर नौ जनालाई घर पठाइएको बताए । 

Vianet communication

‘२२२ जना अहिले क्वारेन्टाइनमा बसिरहेका छन्, ९ जना आज छाडेका छौं । बाँकी २१३ जनालाई वैशाख ३० गतेसम्म छाड्ने तयारी छ । छिन्चु, लादे र झिग्नेमा अहिले क्वारेन्टाइन निर्माण गरिएको छ,’ उनले भने, ‘हामीलाई ५४ वटा मात्रै आरडीटी जाँच किट दिइएको थियो । सबैलाई जाँच्न यसले सम्भव नै भएन ।’

आफूले जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशको सामाजिक विकास मन्त्रालयमा पर्याप्त किट दिन माग गरेपनि नपाइएका कारण उनीहरूलाई जाँचविनै पठाइएको बताए । उनले प्रदेश बाहिरबाट किट मगाउन खोजेपनि सम्भव नभएको बताए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले सुर्खेतमा १४८८ जना क्वारेन्टाइनमा रहेको बताउँदै उनीहरूमध्ये केही व्यक्तिको मात्रै आरडीटी जाँच गरिँदै आएको बताए ।

‘अहिले हामीसँग ३ सय जति मात्र किट छ । काठमाडौंमा पनि किट अभाव भएको अवस्था छ,’ उनले भने, ‘जोखिम लेखाजोखा गर्दा समेत उहाँहरूमा कुनैपनि लक्षण नदेखिएको, रुघा ज्वरो नदेखिएकाले उहाँहरूलाई घर पठाइएको हो । शंकास्पद् भएको खण्डमा पीसीआर नै जाँच गर्ने भनेका छौं ।'

उनले भारतबाट आएका वा अन्य देशबाट आएका नागरिकको आरडीटी जाँच गरिसकेको बताउँदै शंका लागेको खण्डमा मात्रै जाँच गर्ने गरिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x