माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बैशाख २१, २०७७
लकडाउनको समयमा रुपन्देहीको कोटहीमाई गाउँपालिकामा मात्रै भारतबाट लुकिछिपी १ सय ६३ जना मानिस भित्रिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले चोरबाटोबाट गाउँपालिका छिर्नेका संख्या जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेका छन् ।
कोटहीमाईकै कोरोनासंक्रमित युवा लकडाउनको समयमै चोरबाटोबाट वैशाख ५ गते रूपन्देही छिरेका थिए ।
त्यस्तै जिल्लाकै मायादेवी गाउँपालिकामा शुक्रबार राति ५ जना युवा सेमहरानी हुँदै नेपाल छिरेको थाहा पाएपछि गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले सुरक्षाकर्मी र स्थायीय स्वयंसेवकको रोहबरमा गाउँपालिकाको क्वारेन्टाइनमा पठाए । गाउँपालिकाको वडा नम्बर ५ भारतसँग सीमा जोडिएको छ ।
अध्यक्ष चौधरी भन्छन्, ‘सीमापारि आफन्तकोका बस्ने अनि प्रहरीको आँखा छलेर रातिको समयमा नेपाल प्रवेश गर्ने क्रम रोकिएन, यसको व्यवस्थापनका लागि प्रहरीसँगै स्थानीयलाई पनि परिचालन गर्नुपर्ने आवश्यकता देखियो ।’
एक हप्ताअगाडि मात्रै तिलोत्तमा नगरपालिकामा लुकिछिपी आएका ८ जना भारतीय मजदुरलाई नगरपापलिकाले क्वारेन्टाइनमा पठायो ।
जिल्लाका विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरू रुपन्देहीको धकधई र पश्चिम नवलपरासीको ठुटीबारीबाट नेपाल प्रवेश गरेका थिए ।
यी त, पछिल्ला केही दिनयता भारतबाट रुपन्देही प्रवेश गरेको पहिचान भएका व्यक्तिहरूको तथ्यांक मात्र हो । गुपचुप अन्य कति मानिस नेपाल प्रवेश गरेका छन्, तिनीहरूको लेखाजोखा नै छैन । कोरोना संक्रमण भारतबाट पाहुर (कोशेली) जसरी नेपाल भित्रिन थालेको छ ।
प्रदेश ५ का अन्य जिल्लामा पनि यो क्रम रोकिएको छैन । यसले तराईका सीमावर्ती जिल्लामा कोरोनाको उच्च जोखिम बढाएको छ ।
स्थानीय तहले थाहा पाएसम्म पालिकामा आएकाहरूलाई क्वारेन्टाइनमा पठाएपनि अन्य धेरै घरमा नै गएर बसेका छन्, जसले गाउँ नै संक्रमणको चपेटामा पर्ने त होइन भन्ने जोखिम बढेको छ ।
प्रदेश ५ मा कोरोनाको जोखिम भारतबाट आउनेबाटै देखिएको छ । प्रदेश पाँचका ६ जिल्ला भारतसँग जोडिएका छन् । कपिलवस्तुमा पनि लुकिछिपी जिल्ला प्रवेश गर्ने ३ सय जनालाई विभिन्न क्वारेन्टाइनमा राखिएको छ ।
कहाँ चुके सीमामा खटिएका प्रहरी ?
सीमावर्ती छवटै जिल्लास्थित जिल्ला प्रशासन कार्यालय प्रत्येक तीन/तीन सय मिटरको दुरीमा सशस्त्र प्रहरीको अस्थायी पोस्ट खडा गरिएको बताउँछ । एउटा पोस्टले अर्को पोष्टलाई देख्न सक्ने गरी राखिएको प्रहरीले नै बताउँछ । दिउँसोमा ‘आइकन्ट्रयाक’ र रातिमा ‘लाइट कन्ट्रयाक’ का माध्ययमबाट सीमा सुरक्षा गर्ने सशस्त्र प्रहरी बताउँछ ।
तर, मानिसहरू धमाधम हुलका हुल भारतबाट नेपाल प्रवेश गरेको कुरा प्रहरीले किन देख्दैन भन्ने प्रश्न उठ्न थालेको छ । रूपन्देही जिल्लाका सांसद पनि सीमा क्षेत्रमा अनुगमनका नाममा घुमेका प्रत्येक दिनजसो देखिन्छन् ।
सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) तेज पोखरेलले एकदुई जना मानिस प्रहरीको आँखा छलेर प्रवेश गर्ने कुरालाई हेरेर प्रहरी सुरक्षामा चुकेको भन्न नमिल्ने बताउँछन् ।
एसपी पोखरेलले भने, ‘हामो टीम चौबीसै घण्टा सिमानामा खटिएको छ । सीमामा खटिएको प्रहरीले मात्र हुँदैन, स्थानीयमा पनि आउन नदिने सचेतना हुनुपर्छ । वारिपारि (नेपाली र भारतीय) को आँगन जोडिएको छ । धरातल बुझेर टिप्पणी गर्नुपर्छ । हामीले सुरक्षा बल पनि थप गर्दैगएका छौं ।’
रुपन्देहीको ६० किलोमिटर क्षेत्र भारतसँग खुला छ ।
रुपन्देहीका प्रहरी प्रमुख हेमकुमार थापाले लुकिछिपी प्रवेश गर्ने सम्भावित छिद्र (बाटो) हरू प्रहरीले खोजिरहेको बताए । ‘न जंगल, न खोला छ, सबै खेतैखेत छ,’ एसपी थापाले भने, ‘हामीले कडाई नगरेको भए यहाँको अवस्था डरलाग्दो हुने थियो, तर पनि कहाँ–कहाँबाट मानिसहरू छिरिरहे त्यो खोजिरहेका छौं ।’
उनले थपे, ‘खेतीपातीको कामको बहाना उता(भारत) का यता (नेपाल) र यताका उता जान्छन् । प्रहरीले ती मानिसहरू नेपालका हुन् कि भारतीय चिन्न सक्दैनन्, यो पनि एउटा समस्या हो । त्यसका लागि स्थानीय जागरुक हुनुपर्ने देखिन्छ ।’
३५० किमी सिमामा ७ हजार प्रहरी
प्रदेश ५ का ६ जिल्लाको ३ सय ५० किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । पश्चिम नवलपरासीदेखि बर्दियासम्म प्रदेश नम्बर ५ पर्छ । यो क्षेत्र भारतको उत्तर प्रदेशका विभिन्न जिल्लासँग जोडिएको छ । भारतको उत्तर प्रदेशमा कोरोनाको संक्रमण फैलिँदो छ । प्रदेशभित्र २७ वटा ठूला/साना नाकाहरू छन् ।
नाका बन्द भएपनि खुला सम्भावित ठाउँहरूमा कडाई गरिएको प्रदेश प्रहरी बताउँछ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल जिल्लाको भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा १ हजार २ सय प्रहरी परिचालन भएको बताउँछन् । उनले भने, ‘६५ वटा अस्थायी पोस्ट खडा गरेर सीमामा कडाई गरिएको छ ।
जिल्लामा १ सय ५ वटा मस्जिदमा तलासी गरिएको छ । लुकिछिपी आउनेहरूबारे स्थानीय तहलाई जानकारी गराउन निर्देशन दिइएको छ ।’
परीक्षणको गति सुस्त
सरकारले प्रदेश २ र ५ लाई कोरोनाको जोखिमपूर्ण क्षेत्रको रूपमा राखेको छ । सरकारले कोभिड–१९ परीक्षणको दायर बढाउने बताइरहँदा प्रदेश ५ मा परीक्षण सुस्त छ ।
रूपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भाइरस प्रोसेसिङ किट (आरएनए एक्ट्रक्सन) को अभाव भएपछि स्थापनाको एक महिना नपुग्दै बन्द हुने अवस्थामा पुगेको छ । प्रयोगशालाका अनुसार हालसम्म र्यापिड टेस्टबाट जम्मा ४ हजार २ सय को मात्र जाँच भएको छ । त्यस्तै पीसीआर (स्वाबमार्फत) १ सय ७६ जनाको टेस्ट भएको छ ।
आइसोलेनमा रहेकाबाहेक अन्य जोखिमपूर्ण क्षेत्र र क्वारेन्टाइनमा रहेकाको पीसीआर विधिबाट जाँच रोकिएको छ । जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले किट अभावले परीक्षणको गति बढाउन नसकिएको बताए । उनले भने, ‘किट अभाव भएपछि हामीले १ सय भन्दा बढी नमूना काठमाडौं पठाएका हौं । काठमाडौंमा जाँच गर्दा रुपन्देहीका युवामा पनि कोरोना देखियो ।’
डा. गिरीले थपे, ‘ पीसीआर मेसिनले डीएनए हेर्छ, त्यो आरएनएलाई डीएनए प्रोसेसिङ गरेर हेर्ने हो । यसका लागि एउटा सामान्य उपकरण नभएपनि परीक्षण पूरा गर्न सकिँदैन, त्यसैले हामीले लिएका नमूना काठमाडौं पठाउनुपरेको हो ।’
सीमा नाका बन्द गरिएपनि मालबहाक गाडीहरू भारतबाट आइरहेका छन् । सीमा सिल गरिएको छैन । कुनै न कुनै रूपमा भारतबाट मानिसहरू आइरहेका छन् । प्रदेश ५ मा अहिले १२ हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको छ ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...