×

NMB BANK
NIC ASIA

सरकारी अनुदानमा एउटै घर बनेन, कहिले बन्छन् सवा ६ लाख ?

कात्तिक २०, २०७४

NTC
Premier Steels

समाचार टिप्पणी

करीब नौ हजारको ज्यान जानेगरी नेपालमा विनाशकारी भूकम्प गएको आज दुई वर्ष पुगेको छ । आजकै दिन अर्थात् २०७२ साल वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले झण्डै नौ हजारको ज्यानमात्र लिएन, हजारौंलाई घाइते र लाखौंको बिल्लीबाठ बनायो ।

भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा मात्र झण्डै साढे ६ लाख निजी घर क्षतिग्रस्त भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ । त्यस्तै, भूकम्पका कारण साढे सात सय पुरातात्विक सम्पदा, झण्डै ८ हजार विद्यालय भवन, २७ सय सरकारी भवन, १ हजार स्वास्थ्य संस्था र साढे ७ हजार खानेपानी आयोजना क्षतिग्रस्त भएका थिए । सरकारी सुरक्षा निकायका संरचना, सडक आयोजना लगायतमा पनि भूकम्पले ठूलो क्षति गरेको थियो ।

पुनर्निर्माणको कामलाई गति दिन नसक्दा भूकम्प गएको लामो समय बितिसक्दा अझै पनि जनताले ओत लाग्ने भरपर्दो आवास पाउन सकेका छैनन् ।


४९ हजार घर बन्दै
प्राधिकरणका अनुसार पूरै सरकारी अनुदानबाट हालसम्म एउटै पनि घर बनेका छैनन् । बरू लाभग्राही स्वयंले आफ्नै पहलमा निर्माण गरेको घरको संख्या १८ हजार ६ सय ३३ छ । यो अवधिमा गैरसरकारी निकायबाट बनेका घरको संख्या करीब ३ हजार ५ सय छ । तर गैरसरकारी क्षेत्रबाट बनाइएका घरको मापदण्डमा प्रश्नचिह्न उठ्ने गरेको छ ।

हालसम्म ४९ हजार ६ सय ८१ निजी घर निर्माणको क्रममा रहेको प्राधिकरणको तथ्याङ्क छ । सरकारले पुनर्निर्माण गर्नुपर्ने भनेर औंल्याएका लाभग्राहीमध्ये ५ लाख ६२ हजार २ सय ७८ लाभग्राहीसँग अनुदान सम्झौता गरेको छ ।

८३ हजारले अझै पनि पाएनन् पहिलो किस्ता

प्राधिकरणका अनुसार अझै पनि ८३ हजार भूकम्पपीडितले अनुदानबापतको पहिलो किस्ता रकम नै पाउन सकेका छैनन् । दोस्रो किस्ताका भुक्तानीका लागि हालसम्म १४ हजार ५ सय ५७ घरसँगमात्र सम्झौता भएको छ । उक्त संख्या दोस्रो किस्ता पाउनुपर्ने कुल लाभग्राही संख्याको करीब २ प्रतिशत हिस्सा हो ।

तेस्रो किस्ताका लागि भने हालसम्म ७ सय ८ घरमात्र प्रमाणीकरण भएका छन् ।

सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका लाभग्राहीलाई पहिलो, दोस्रो र तेस्रो किस्ताबापत क्रमशः ५० हजार रुपैयाँ, साढे १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो ।

त्यस्तै, भूकम्पप्रभावित बाँकी १७ जिल्लामा निजी आवास अनुदानका लागि ९० हजार ५ सय ५६ लाभग्राहीहरू पहिचान भई अनुदान सम्झौताको काम अघि बढेको छ ।

बजेट छ, खर्चै हुन्न

सरकारले पुनर्निर्माणका गतिविधिलाई प्राथमिकतामा राखेर काम अघि बढाएको दाबी गर्दै आएको छ । पुनर्निर्माणको कामलाई गति दिन सरकारले बर्सेनि अर्बौं बजेट पनि विनियोजन गर्दै आएको छ । तर भूकम्पपीडितको घर निर्माणमा परिचालन हुनुपर्ने अर्बौंको बजेट भने सरकारी ढुकुटीमै रहने र आर्थिक वर्ष सकिएपछि फ्रीज भएर जाने स्थिति देखिएको छ ।

पुनर्निर्माणका लागि भनेर सरकारले चालू आर्थिक वर्ष (आव) २०७३÷७४ मा १ खर्ब ७ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । अघिल्लो आवमा पुनर्निर्माणका लागि भनेर सरकारले ९१ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । यसरी हिसाब गर्दा पुनर्निर्माणका लागि सरकारले २ वर्षको अवधिमा १ खर्ब ९८ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ ।

तर प्राधिकरणका अनुसार गत आवमा अख्तियारी प्राप्त भएको ७४ अर्ब रुपैयाँमध्ये ४ अर्ब रुपैयाँमात्र खर्च हुन सक्यो । चालू आवमा भने कुल अख्तियारी प्राप्त भएको ७० अर्ब रुपैयाँमध्ये त्यसको आधाभन्दा कम रकममात्र खर्च भएको छ । चालू आवको हालसम्म ३० अर्ब रुपैयाँको हाराहारीमा मात्र रकम खर्च भएको छ । चालू आवको वैशाखसम्ममा कुल विनियोजित बजेटको करीब ४५ प्रतिशत रकम खर्च भएको प्राधिकरण बताउँछ ।

अधिकांशले पहिलो किस्ताको रकम लिएपनि दोस्रो र तेस्रो किस्ताबापतको रकमका लागि पर्याप्त निवेदन नपर्दा पनि सोबापतको रकम खर्च हुन नसकेको प्राधिकरणको भनाइ छ ।

पुरातात्त्विक सम्पदा पुनर्निर्माणमा चरम ढिलाइ

भूकम्पबाट ठूलो संख्यामा पुरातात्त्विक सम्पदा, सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्थामा क्षति पुगेपनि लामो समय बितिसक्दा ती संरचनाको पुनर्निर्माण अघि बढ्न सकेको छैन ।

भूकम्पबाट क्षतिग्रस्त भएका विश्वसम्पदा सूचीमा सूचीकृत पुरातात्त्विक सम्पदामध्ये हालसम्म एउटा सम्पदामात्र पुनर्निर्माण भएको छ । बौद्धनाथ क्षेत्रबाहेक अन्य विश्वसम्पदा अझै पनि पुनर्निर्माण हुन सकेका छैनन् । यसबाहेक पाटन दरबार क्षेत्रका २८, वसन्तपुर दरबार क्षेत्रका १२, भक्तपुर दरबार क्षेत्रका १९, स्वयम्भू क्षेत्रका ४, पशुपति क्षेत्रका २१, चाँगुनारायण क्षेत्रमा ५ गरी जम्मा ९० विश्वसम्पदा पुनर्निर्माणको चरणमा रहेका छन् ।

यसैगरी प्राधिकरणका अनुसार उपत्यकाका अन्य विभिन्न १८ महत्त्वपूर्ण सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पबाट मुलुकभर ७ सय ५० सम्पदा क्षतिग्रस्त भएका थिए । त्यसमध्ये भूकम्पका कारण १ सय ३३ सम्पदा पूर्ण रूपमा र ६ सय १७ सम्पदामा आंशिक क्षति पुगेको थियो ।


बनाउनुपर्ने विद्यालय ८ हजार, बन्यो १ हजार १ सय

प्राधिकरणकै अनुसार मुलुकभर भूकम्पबाट क्षतिग्रस्त ९ हजार ९ सय २३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । तर विभिन्न गैरसरकारी निकायको पहलमा ३ सय २५ र भूकम्पप्रभावित १७ जिल्लामा विद्यालय व्यवस्थापन समितिमार्फत पुनर्निर्मित ८ सय १६ गरी हालसम्म १ हजार १ सय ४१ विद्यालय भवनमात्र पुनर्निर्माण भएका छन् । १ हजार ५९ विद्यालय भवन पुनर्निर्माणको चरणमा रहेका प्राधिकरणले जनाएको छ ।

स्वास्थ्य संस्थाको हालत उस्तै

भूकम्पबाट क्षतिग्रस्त विभिन्न ९ सय २९ स्वास्थ्य संस्थामध्ये हालसम्म २ सय वटाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पका कारण मुलुकभर ४ सय ४० स्वास्थ्य संस्था पूर्ण, २ सय १० संस्था आंशिक र २ सय ७९ स्वास्थ्य संस्थामा सामान्य क्षति पुगेको थियो । अधिकांश स्वास्थ्य संस्था पुनर्निर्माणका लागि प्राधिकरणले गैरसरकारी संस्थालाई जिम्मा दिएको छ ।

त्यस्तै, भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ७ सय ४१ खानेपानी आयोजनामध्ये हालसम्म ६ सय ६३ आयोजनामात्रै पुनर्निर्माण भएका छन् । चालू आवमा १ सय ४६ आयोजना सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।
पुनर्निर्माण गर्नुपर्ने सरकारी भवनको संख्या २ हजार ६ सय ८८ रहेपनि तीमध्ये एउटैको पनि पुनर्निर्माण भएको छैन, सबै पुनर्निर्माणको चरणमा छन् ।

क्षतिग्रस्त ग्रामीण सडक पनि लामो अवधिसम्म पुनर्निर्माण हुन सकेका छैनन् ।

यस अवधिमा प्राधिकरणले ४ सय ७५ बस्तीलाई बस्न नमिल्ने भन्दै स्थानान्तरण गर्नुपर्ने बताएको छ । यसमध्ये अधिकांशको भौगर्भिक अध्ययन गरी १ सय ११ बस्ती स्थानान्तरणका लागि सिफारिससमेत गरिसकेको छ ।

गैससको खर्च पारदर्शी भएन

भूकम्पबाट क्षतिग्रस्त आवास र संरचना निर्माणका लागि सरकारले शुरुदेखि नै गैरसरकारी संस्था परिचालन गर्दै आएको छ । आफ्नै संयन्त्रले मात्र नभ्याउने भन्दै सरकारले झण्डै दुई दर्जन अन्तर्राष्ट्रिय संघसंस्थालाई भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणका काममा अनुमति दिएको थियो ।

प्राधिकरणका अनुसार ती संस्थासँग खर्च गर्नका लागि झण्डै ४४ अर्ब रुपैयाँको औपचारिक सहमति भएको थियो । तर ती संघसंस्थाले कहाँ, कसरी र कति खर्च गरे भन्ने लगत प्राधिकरणसँग छैन । सरकारी च्यानलमार्फत गतिविधि गर्नुपर्ने गैससले आफूखुशी रकम खर्च गर्दै आएका छन् । जसले गर्दा राहतको समानुपातिक वितरण हुन सकेको छैन ।

बजेट अभाव !

विनियोजित बजेट नै खर्च गर्न नसकिरहेको अवस्थामा प्राधिकरणले विभिन्न क्षेत्रमा अर्बौंको बजेट अपुग रहेको उल्लेख गरकोे छ । प्राधिकरणका अनुसार विभिन्न ४ क्षेत्रमा गरी अझै पनि ३ अर्ब ८ करोड रुपैयाँ बजेट अपुग छ ।

नयाँ सीईओलाई काम गर्न कार्यविधिको समस्या !

करीब तीन महिनायता प्राधिकरणको नेतृत्व सम्हाल्दै आएका डा. गोविन्दराज पोखरेलले पटक–पटक सार्वजनिक मञ्चमै काम गर्नका लागि कार्यविधिको समस्या रहेको उल्लेख गर्दै आएका छन् । यसभन्दा अघि प्राधिकरण र सरकारले बनाएका जटिल कार्यविधिका कारण काम गर्न असहज भएको तर्क उनले गर्दै आएका छन् ।

यसअघि बनाइएका पुरातात्विक सम्पदा पुनर्निर्माणसम्बन्धी कार्यविधि, निजी आवास अनुदान वितरणको कार्यविधि, बस्ती स्थानान्तर सम्बन्धी कार्यविधि, गैरसरकारी संस्था परिचालन, अनुगमन, गुनासो सम्बोधन लगायतका अनेकौं कार्यविधिलाई पोखरेलले संशोधन गर्ने तयारी थालेका छन् । तीमध्ये अधिकांश कार्यविधि मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइएको छ ।

कार्यविधिमा विभिन्न छिद्र बनाउने र पुनर्निर्माणका कामलाई प्रभावित पार्ने स्पष्ट नियत सरकारको देखिन्छ ।

दैनिक हजार युवा विदेश, सरकारले काम गर्ने युवा पाएन

आशानुरूप परिमाणमा घर बनाउन नसक्नुमा प्राधिकरणले जनशक्ति अभावलाई मुख्य समस्याको रूपमा प्रस्तुत गर्दै आएको छ । ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्ति अभावका कारण पुनर्निर्माणलाई तीव्रता दिन जनशक्तिको अभावले समस्या पारेको प्राधिकरणको गुनासो छ ।

तर यसबीचमा एउटा बिर्सनै नसकिने तथ्य के छ भने अझै पनि दैनिक झण्डै एक हजारको संख्यामा नेपाली युवा कामका लागि खाडी तथा अन्य गन्तव्य मुलुक चहारिरहेका छन् ।

यति ठूलो संख्यामा नेपाली युवा विदेश जाँदा यता सरकारलाई चाहिँ काम गर्ने जनशक्ति अभाव भयो भन्नुजत्तिको लाजमर्दो कुरा अरू केही हुन सक्दैन । ती जनशक्तिलाई नेपालमै काम गर्ने वातावरणको सृजना गरिदिए कोही पनि आफ्नो थातथलो र घरपरिवार त्यागेर पसिना काढ्न विदेश जानुपर्थेन ।

मूल नै धमिलो

साबिकको ढाँचामा पुनर्निर्माणलाई गति दिन नसकिने भन्दै सरकारले अलिक फरक खालको संयन्त्र निर्माण गरेको थियो । राजनीतिक सहमतिकै आधारमा सरकारले उतिबेला पुनर्निर्माण प्राधिकरण गठन गरिएको थियो । प्राधिकरण गठन भएयता दुईवटा सीईओ आइसकेका छन् ।

तत्कालीन केपी शर्मा ओली सरकारले नियुक्त गरेका सीईओ सुशील ज्ञवाली सरकार परिवर्तन भएसँगै बहिर्गमनमा परे । ज्ञवालीको काम चित्तबुझ्दो नभएको भन्दै कांग्रेसको चाहनामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका डा. गोविन्दराज पोखरेललाई गत पुसमा प्राधिकरणको प्रमुख नियुक्त गरिएको थियो ।

गठन ताकादेखि नै तीव्र राजनीतिक किचलो खेपेको प्राधिकरण अहिले अरू कुनै मन्त्रालयभन्दा फरक देखिन सकेको छैन । खासगरी राजनीतिक कोपभाजनकै कारण प्राधिकरणले गति लिन नसकेको प्रस्ट छ ।

सरकार परिवर्तन हुनेबित्तिकै आफू अनुकूलको सीईओ परिवर्तन गर्नुपर्ने गलत राजनीतिक संस्कार हावी भएको छ । वास्तवमा राजनीतिक दलको यही गलत रवैयाका कारण लामो समय बितिसक्दा पनि पुनर्निर्माणले गति पाउन सकेन । पुनर्निर्माणको कामप्रति असन्तुष्ट कांग्रेस सांसद कमल पंगेनीले त पटक–पटक प्राधिकरण खारेज गर्नुपर्ने भन्दै संसदमा भाषण गरेका छन् ।

पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सरकारले प्राधिकरणको आयु पाँच वर्ष तोकेको छ । त्यसबाहेक प्राधिकरणको अवधि एक वर्ष अतिरिक्त थप्न सकिने प्रावधान छ । तर हालकै स्थितिमा कामलाई अघि बढाउने हो भने पाँच वर्षभित्र आधाको लक्ष्य पनि भेट्न मुश्किल देखिन्छ । यही गतिमा काम हुने हो भने आगामी दशकसम्म पनि नेपालको पुनर्निर्माण सम्पन्न नहुने देखिन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x