×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशमा लकडाउनको अवस्थामा जनप्रतिनिधि कुटिने श्रंखला रोकिने नामै लिएको छैन । कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम वडा अध्यक्षको कुटाइबाट बैशाख २७ गते घाइते भएका छन् । पलाँता गाउँपालिका–२ नं. वडा वडा अध्यक्ष मानबहादुर भण्डारीले गाउँपालिका अध्यक्षलाई कुटेर घाइते बनाएको आरोप लागेको छ । 

Muktinath Bank

पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा वडा अध्यक्ष भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्ष विष्णु रोकाया र स्थानीय नेकपा नेता धनीराम भण्डारीले गाउँपालिका अध्यक्ष बमलाई कुटपिट गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवत्ता लोकनाथ तिमिल्सेनाले पुष्टि गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही बैशाख ९ गते जाजरकोटको जुनीचाँदे गाउँपालिकाको वडा नं. २ का वडाध्यक्ष रामबहादुर नेपालीे कार्यकक्षमै कुटिए । स्थानीय जयबहादुर नाथ, उनका भाइहरु मेहन्द्र नाथ, सुरेन्द्र नाथ, धनबहादुर नाथ, बिर्खबहादुर नाथ, रेशमबहादुर नाथ र नरु नाथले वडाध्यक्षमाथि मरणासन्न हुनेगरी कुटे । कुटपिटपछि पक्राउ परेका उनीहरुले आफ्नो गाउँमा पानीको योजना नदिएकाले वडाध्यक्षमाथि कुटपिट गरेको बयान दिएका छन् ।


Advertisment
Nabil box
Kumari

त्यस्तै बैशाख १३ गते जाजरकोटकै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आफ्नै कार्यकर्ताबाट आक्रमण भयो । साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि मलामी गएका मेयर घर्तीलाई सत्तारूढ नेकपाको युवा संघ जाजरकोटका संयोजक दीपेन्द्र शाहीको समूहले आक्रमण गर्‍यो । नेकपाको कर्णाली प्रदेश समितिका सदस्यसमेत रहेका मयेर घर्तीले विकासका योजना नदिएको झोकमा शाहीको समूहले आक्रमण गरेको हो ।

Vianet communication

आक्रमणपछि मेयर घर्ती घाइते भए । नेकपाको राष्ट्रिय युवा संघले एक विज्ञप्ती जारी गर्दै संयोजक शाहीलाई निलम्बन गरेको बतायो ।
बैशाख १७ गते एकैदिन हुम्लाको सर्केगार्ड गाउँपालिका–५ का वडाध्यक्ष कर्णजंग शाही र कालिकोटको पचालझरना गाउँपालिकाको वडा नं. १ का वडा अध्यक्ष रत्नलाल न्यौपाने कुटिए । शाही कार्यपालिकाको बैठकमै प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीबाट र न्यौपानेमाथि स्थानीय उमेश न्यौपाने नेतृत्वमा रहेको समूहबाट कुटिए । वडाध्यक्ष शाही र कार्यकारीबीच गतवर्ष वडाको भवन निर्माणको विषयलाई लिएर पहिलेदेखि नै विवाद हुँदै आएको थियो ।
वडा अध्यक्ष शाहीले गाउँपालिकाका कर्मचारीहरु हिटलरको जस्तो शासन गर्न थाले भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । यता कालिकोटमा भएको घटनापछि २० वर्षीय पारस न्यौपाने, २१ वर्षीय उमेश न्यौपाने, २२ वर्षिय तिलक न्यौपाने, २० वर्षिय जनक न्यौपाने र १९ वर्षिय कमल न्यौपाने पक्राउ परेका छन् । घाइते वडाध्यक्षको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायामाथि बैशाख १२ गते कार्यपालिकाको बैठकमै कर्मचारीबाटै दुव्र्यवहार भयो । कर्मचारीबाटै अभद्र व्यवहार भएपछि यपाध्यक्षले कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै रोकायाले उजुरी दिएकी हुन् । अधिकृत बुढाले आफूलाई हैसियत नभएकी, अनपढ, नक्कली उपाध्यक्ष लगायतका अपशब्द प्रयोग गरी अभद्र व्यवहार गरेको उपाध्यक्ष रोकायाको जाहेरीमा लेखेकी छिन् ।

हालै भएका यस्ता घटनाले मुख्यगरी विकास निर्माण र योजना बाँडफाँडमा हुने विवादले आक्रमण हुने गरेको पाइएको छ । 
देशमा कानुनी शासनको अभाव हुँदा आफूहरुमाथि आक्रमण हुन थालेको जनप्रतिनिधिहरु बताउँछन् । कानुनी शासनको अभाव, कर्मचारी र जनप्रतिनिधिबिच तालमेल र समन्वय नहुनु र राजनीतिक प्रतिशोधका कारण पनि जनप्रतिनिधिमाथि आक्रमणका घटना बढेको गाउँपालिका महासंघ कर्णाली प्रदेशका संस्थापक अध्यक्ष कविन्द्रकुमार केसी बताउँछन् ।

‘अपराधिक मानसिकता, पुरानो रिसराग र युवापुस्तामा मानवीयताको कमीका कारण यस्ता घटना बढेको हुनसक्छ,’ उनले भने, ‘यद्यपी अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ला ।’ उनले लामो समयसम्म कर्मचारीले जनप्रतिनिधिको काम गरेको हुँदा निर्वाचित जनप्रतिनिधि र कर्मचारी बीचको तालमेल नहुँदा पनि जनप्रतिनिधि र कर्मचारीबीच खटपट हुन थालेको उनको भनाइ छ । विधि र नियमलाई सबैले मानेमा यस्ता घटनाहरु आफै कम हुने उनले बताए ।
नेपाल नगरपालिका महासंघ कर्णाली प्रदेशका संयोजक रत्नबहादुर खड्काले कानूनी राज्यमा कानून हातमा लिई कुटपिट गर्नु अराजकता भएको बताए । ‘कसैले कानून सम्मत काम नगरेको, विधिको शासन अवलम्बन नगरेको, सुशासन कायम नगरेको भए कानूनी उपचार खोज्न सकिन्छ । हरेक नागरिकलाई सूचनाको हक छ । भ्रष्टाचार भयो, योजना गुणस्तर भएन भने अख्तियारमा जान सकिन्छ,’ उनले भने, ‘तर जथाभावी कुटपिट गर्दै हिडने काम निन्दनीय काम हो । त्यस्तालाई कानूनी कठघरमा उभ्याउनु पर्छ  ।’

लकडाउनका बेलामा नागरिकको मन जितिरहेका कारण पनि कतिपय स्थानमा जनप्रतिनिधि तारो बनिरहेको उनको भनाई छ । ‘बन्दाबन्दीको अवस्थामा निर्वाचित प्रतिनिधिले नागरिकहरुलाई भोकै मर्न दिनु हुन्न । दैनिक ज्यालादारी गर्न नपाएका कारण उनीहरु समस्यामा छन् । नागरिकलाई भोकै बस्न नदिने परिभाषित जिम्मेवारी हामीले बोकेका कारण केहि व्यक्तिको चित्त दुखेको हुनसक्छ,’ उनी भन्छन्, ‘जनताको जनमत बटुल्ने भए भन्ने त्रासका कारण पनि आक्रामण भइरहेको छ । सबै घरदैलोमा पुगेका छन् । उहाँहरुको लोकप्रियता बढदै गएको छ विरोध गर्ने अवस्था नभएका कारण आक्रमणमा परेका छन् ।’

यसरी आफसमा कुटपिट गर्नु वा कसैले कुटपिट गर्नु स्थानीय सरकार कमजोर बनाउने खेल भएको उनको भनाई छ । ‘एकले अर्कोलाई आक्रमण गर्ने, हिलो छ्याप्ने, नेतृत्वबीच विवाद भए गन्तब्यमा ढिलाई होला । जनतामा गलत सन्देश जाला । स्थानीय सरकार राम्रो काम गर्न लागिरहनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x