×

NMB BANK
NIC ASIA

लिपुलेकका विषयमा भारतले नेपालसँग कुरै गर्न नचाहेको हो ?

बैशाख ३१, २०७७

NTC
Premier Steels

भारत र नेपालबीच सीमा विवाद नौलो कुरा हैन । तर यो विवाद यति छिटोछिटो आउनु चाहिँ नयाँ कुरा हो । 

Muktinath Bank

सन् २०१९ को नोभेम्बर महिनामा भारतले जम्मु–कश्मीर विभाजन गरेर दुईवटा केन्द्रशासित प्रदेश बनाएपछि आफ्नो नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सामा कालापानी पनि थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालले त्यसमा कडा आपत्ति जनाएपछि भारतले नक्सा परिवर्तन गर्नुपर्ने किनकि कालापानी आफ्नो क्षेत्र भएको बतायो । अहिले फेरि दुई देशबीच लिपुलेकका विषयमा विवाद छ । 


Advertisment
Nabil box
Kumari

लिपुलेक नेपालको सुदूरपश्चिम प्रदेशमा पर्छ । यो नेपाल, भारत र चीनको सीमा नजिक पर्छ । भारतले त्यसलाई उत्तराखण्डको एक भाग मानेको छ भने नेपालले त्यो आफ्नै भूभाग भएको जिकिर लिँदै आएको छ । 

Vianet communication

नेपालले काठमाडौंस्थित भारतीय दूतावासबाट राजदूतलाई समन गरेर आपत्ति जनाएको छ । 

भारतले लिपुलेकमा लगभग ५ हजार २०० मिटरको सडक उद्घाटन गरेको छ । यसले नेपालीहरूलाई आक्रोशित बनाएको छ । 

दुई देशबीच सीमा विवाद निकै ठूलो विषय हो । सुस्ता र कालापानी क्षेत्रका विषयमा दुवै देशबीच विवाद छ । चार वर्षअघि दुई देशबीच सुस्ता र कालापानीका विषयमा परराष्ट्र सचिवको स्तरमा कुराकानी गर्ने सहमति बनेको थियो ।

तर अहिलेसम्म एउटा बैठक पनि भएको छैन । ओली भारत पुग्दा यी विषयमा कुरा गर्न दबाब दिइन्छ । तर द्विपक्षीय वार्तामा यसको उल्लेखै गरिँदैन । 

नेपाल र भारतले सीमा विवादलाई शान्तिपूर्ण तथा कूटनीतिक छलफलमार्फत समाधान गर्ने गरेका छन् । 

तर सन् २०१५ मा भारतले नेपालको संविधानको विरोध गरेर अनौपचारिक रूपमा आर्थिक नाकाबन्दी लगाएको थियो । त्यसपछि नेपालले भारतभन्दा बढी चीनलाई विश्वास गर्न थालेको छ । 

ताजा विवादका विषयमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई कूटनीतिक नोट थमाएका छन् भने भारतस्थित नेपाली दूतावासले पनि त्यहाँको विदेश मन्त्रालयलाई उक्त नोटको एक प्रति बुझाएको छ । 

विशेषज्ञहरूका अनुसार, नेपालले भारतलाई सुम्पेको नोट न औपचारिक कूटनीतिक सन्देश हो न औपचारिक नोट हो । यस्तो नोटमा कसैको हस्ताक्षर हुँदैन र सामान्यतया यो एक संस्थाले अर्को संस्थालाई दिने नोट हो । 

नोटमा सीमा विवादको ऐतिहासिक सन्दर्भ र सुगौली सन्धिको जिकिर लिइएको छ । नोटमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग भएको लेखिएको छ । 

नेपालको परराष्ट्र मन्त्रालयले यस विवादलाई समाधान गर्न भारतसमक्ष छिटो कुराकानी गर्ने प्रस्ताव पनि राखेको छ । 

नेपालमा सत्तारूढ दलका अनि विपक्षी दलका नेताहरूले भारतसँगको सीमा विवाद समाधानमा ठोस कदम नचालेको भन्दै नेपाल सरकारको आलोचना गरिरहेका छन् । आलोचकहरू यसलाई नेपालको कूटनीतिक असफलता भनिरहेका छन् । 

भारतको विदेश मन्त्रालयले एक बयान जारी गरेर कोभिड–१९ को चुनौतीलाई सफलतापूर्वक पन्छाएपछि दुवै पक्षले यस विषयमा कुराकानी गर्ने जानकारी दिएको छ । तर नेपालले यथाशीघ्र वार्ता गर्न जोड दिएको छ । 

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशबीचको वार्ताका लागि कोभिड–१९ संकट अन्त्य हुने प्रतीक्षा गर्न नमिल्ने भनी सोमवार बताएका छन् ।

बीबीसी हिन्दीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x