×

NMB BANK
NIC ASIA

विश्वमा कोरोना संक्रमितको संख्या ५३ लाख नाघ्यो, झन्डै साढे ३ लाखको मृत्यु

जेठ १०, २०७७

NTC
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels

शनिबारसम्म विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार १९२ पुगेको छ। यसबाट विश्वभर तीन लाख ४० हजार ७३५ व्यक्तिको मृत्यु भएको छ ।

Muktinath Bank

विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा आधारित एएफपीको रिपोर्ट अनुसार २१ लाख ७८ हजार ८६२ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वकै सबैभन्दा बढी सङ्क्रमित रहेको संयुक्त राज्य अमेरिकामा १६ लाख ४८ हजार २८३ सङ्क्रमित रहेका छन् भने ९७ हजार ७३२ सङ्क्रमितको मृत्यु भएको छ। अमेरिकामा चार लाख भन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन्।


Advertisment
Nabil box
Kumari

त्यसैगरी बेलायतमा दुई लाख ५४ हजार १९५ सङ्क्रमित रहेका छन्। बेलायतमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३६ हजार ३९३ रहेको छ। 

Vianet communication

इटलीमा दुई लाख २८हजार ६५८ सङ्क्रमित भएका छन् भने ३२ हजार ६१६ व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ। स्पेनमा दुई लाख ८१ हजार ९०४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २८ हजार ६२८ सङ्क्रमितको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा तीन लाख ३४ हजार ७७७ सङ्क्रमित भएका छन् भने यहाँ २१ हजार २१५ को मृत्यु भएको छ। फ्रान्समा सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार २१९ सङ्क्रमित रहेका छन् भने २८ हजार २८९ को मृत्यु भएको छ।

यी मुलुकबाहेकका मुलुकहरू जर्मनी, रूस, भारत, पाकिस्तान, इरान, टर्की, पेरू लगायतका करिब एक दर्जन मुलुकमा सङ्क्रमितको सङ्ख्या उल्लेख्य रहेको भएपनि मृत्यु दर अमेरिका, बेलायत, फ्रान्स, ब्राजिलको तुलनामा निकै कम देखिएको छ।

धेरै सङ्क्रमितहुनेमा रूस अमेरिकापछि दोस्रो स्थानमा रहेको छ भने मृत्युका हिसाबले बेलायत दोस्रो स्थानमा रहेको छ। धेरै सङ्क्रमण देखिएका मुलुकहरूमध्ये रूसमा तीन लाख ३५ हजार ८८२, जर्मनीमा एक लाख ७९ हजार ७६८, टर्कीमा एक लाख ५४ हजार ५००, इरानमा एक लाख ३३ हजार ५२१, भारतमा एक लाख २७ हजार ३५८ र पेरूमा एक लाख ११ हजार ६९८ सङ्क्रमित रहेका छन्। अन्य प्रभावित मुलकहरूमा भने सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ। -रासस/एएफपी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x