कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
त्यो बेला महाकाली सन्धि पनि मीठा गफले पारित गर्नुभएको हैन त प्रधानमन्त्रीज्यू ? त्यो बेला तपाईंले नै नेपाललाई वार्षिक सवा खर्बभन्दा बढी आम्दानी दिन्छ महाकाली सन्धिले भनेको पनि पढियो सुनियो ।
त्यो बेला म १०/१२ वर्षको ठिटो हुँदो हुँ । त्यतिबेला मलाई महाकालीभन्दा पनि आफ्नै गोल र साथीभाइको मात्र ध्याउन्न थियो ।
मेरा बाले खासै बुझेनन् र उनलाई घरबालीको मात्र याद भयो, महाकालीको हैन । आज तिनै मेरा बाले देख्नै नसकेका सपनालाई निमोठेर महाकाली नदी बेच्ने तपाईंहरू सिंगो देश धरापमा पर्नसक्ने प्रावधानहरू बोकेको एमसीसीले नेपाल पार लाउँछ भन्दै महाकाली सन्धिताका झैं पुनः सपना बाँड्दै हुनुहुन्छ ।
मलाई मेरा बाले खेतबारीमा मात्र नरमाएर सन्धिसम्झौताको अर्थ बुझ्न खोज्ने बनाउनु भएको छ तर पनि म र मेरो पुस्ता तपाईंबाटै आश गर्न विवश छौं । यसको अर्थ मेरो पुस्ताको जीवन लगभग अर्थहीन रह्यो । तिनै अगुवा, जसले हिजो मेरा बाका पालामा महाकाली र कोशी जस्ता राष्ट्रघाती सन्धि गरे, आज एमसीसी जस्तो सन्धि गर्न लालायित छन् ।
आज मेरा सन्तानको पुस्ता हिजोको मेरो पुस्ता जस्तो अवस्थामा छ । सन्तानको पुस्ता खेल र साथीभाइको मात्र ध्याउन्नमा छ । हामीलाई बाका पुस्ताले देशदुनियाँ र नक्सा बुझ्ने पुस्ताका रुपमा रुपान्तरण गर्यो तर त्यो रुपान्तरणले मेरा बाका नाति पुस्तालाई सग्लो मातृभूमि दिन नसक्दा न त बाको हामी उपरको लगानीले प्रतिफल पाउँछ, न त बाका नाति पुस्ताको भविष्य सुनिश्चित हुन्छ । अहिले हामी चुपचाप बस्दा भावी पुस्तामाथि न्याय गर्न सक्षम हुँदैनौँ ।
दिग्गज विद्वानहरूले भेउ पाउन नसकेका प्राविधिक जटिलता र प्रखर कानूनका विद्यार्थीलाई व्याख्या गर्न हम्मेहम्मे पर्ने खालका प्रावधान रहेको एमसीसीबारे धेरै व्याख्या गर्न सक्दैन तर अमेरिकाले दिँदै गरेको सहयोग केवल नेपालको हितका लागि हो भन्ने दाबीबारे केही औंल्याउन चाहन्छु ।
विश्व महाशक्तिको होडमा लम्केको चीन र तेस्रो हुने प्रक्षेपण गरिएको भारतबीच अवस्थित नेपाललाई यतिको प्रेम गर्ने अमेरिका साँच्चिकै असाध्यै असल भए आफ्नो नाकैमुनिका दक्षिण अमेरिकी राज्यलाई सिद्रा सुकाए जस्तो सुकाउने थिएन । कुनै बेलाको अमेरिकाभन्दा धनी अर्जेन्टिना र कच्चा तेलको सर्वाधिक स्रोत रहेको भेनेजुएला जस्ता राष्ट्रलाई पतन गराउन उसले खेलेको भूमिका । इराकको सार्वभौम संसदले देश छाड्न दिएको आदेशका बदलामा आफ्नो लगानीको ब्याजसहित रकम फिर्ताको माग । आणविक हतियार नभएको इराकलाई आणविक राष्ट्र करार गरी दशौं लाख मानिसको हत्या । डलरको विकल्पको खोजी गर्नुपर्ने भन्ने राष्ट्रवादी लिबियाली कर्णेल गद्दाफीको हत्या । आफूलाई लाभ हुँदासम्म उदारवाद र विश्वव्यापीकरण भन्ने अनि लाभ हुन छाडेका दिन अमेरिका फर्स्टको नीति लिने । विश्वभरका नरसंहार हेगले हेर्न हुने तर अमेरिकीले जहाँ जे गरे पनि हेगले छुन नसक्ने बलमिच्याइँ । अल्पविकसित कुनै पनि देशले द्रूत विकास गर्ने उपाय अपनाए वातावरण विनाश तर आफूले आणविक भट्टिबाट मापदण्डभन्दा ६०० गुणा बढी वातावरणलाई असर गर्ने ग्यास उत्पादन गर्दा ठीक वा धेरै आणविक विकारलाई महासागरमा मिलाउँदा ठीक । यी केही प्रतिनिधि घटना मात्र हुन्, जसले अमेरिकी नीति र मनसाय दुवै प्रस्ट्याउँछ ।
इन्डो–प्यासिफिकका माध्यमबाट चीन घेर्ने लगभग अन्तिम जस्तो प्रयासमा हङकङ नीति वासिङ्टनमा पास गर्नु, ताइवानलाई छुट्टै देशको मान्यता दिन संयुक्त राष्ट्रसंघलाई दिँदै आएको दवाब, फिलिपिन्स, मलेसिया र दक्षिण कोरिया जस्ता चीनका छिमेकी राष्ट्रमा रहेको अमेरिकाको बाक्लो उपस्थिति, चीन घेर्न कवाडको निर्माण, चीनलाई दबाबमा राख्न सामरिक अर्को शक्ति राष्ट्रसँग युद्धमा होमेर उसको शक्ति क्षीण बनाउन भारतलाई लद्दाखमा चीनविरुद्ध हातापाहीमा उतार्नुले अमेरिकी चीन घेर्ने नीति प्रस्ट हुन्छ ।
सकेसम्म कोरोना भाइरसका माध्यमबाट विश्वको चीनप्रतिको धारणामा परिवर्तन गराउन चीनविरुद्ध प्रमुख मिडिया प्रयोग गराउनु, चीनसँग सबैभन्दा ठूलो मध्येको एक व्यापारिक सम्बन्ध रहेको अस्ट्रेलियालाई चीनविरुद्ध उतार्न हरसम्भव प्रयास गर्नु, विश्व जगतमा चीनको छवि धुमिल पार्ने हरसम्भव प्रयास गर्नु र उसलाई विश्वास गर्न नसकिने भाष्य सिर्जना गर्न लागि पर्नु आदि अमेरिकाको हतास मानसिकताको उपजका रुपमा देखिन्छ ।
रयान डी. ग्रीफिट्स जस्ता पश्चिमा विद्वानहरू चीनको शक्ति सञ्चिति अमेरिकाको तुलनामा ७० प्रतिशतको हाराहारीमा आएको र सो सञ्चिति ८० प्रतिशत पुगे अमेरिका र चीनबीच युद्ध अवश्यम्भावी रहेको र यस्तो अवस्थामा रुसले चीनको साथ दिने पक्कापक्की जस्तो हुँदा अमेरिकाको महाशक्तिको प्रभूत्व गुम्ने खतरा रहेकाले पनि अमेरिका जसरी भए पनि चीनको बढ्दो शक्तिलाई रोक्ने हरसम्भव कोसिसमा लागेको पक्का देख्छ ।
स्यामुएल हन्टिङ्टनलाई आधार मान्दा अबको विश्वजगतमा समान पद्धति, संस्कृति र शक्ति भएका राष्ट्रहरू एक ठाउँमा आउने सम्भावना हुँदा चीन, भारत, ब्राजिल जस्ता उदीयमान शक्ति कुनै विन्दुमा गएर एक हुने र अमेरिकी साम्राज्यको प्रतिकारमा उत्रन सक्ने सम्भावना देख्छन् । दोस्रो विश्वयुद्ध पश्चात बढेको प्रजातन्त्रको मोह पछिल्लो एक दशकमा ह्वात्तै घटेको र प्रजातान्त्रिक भनिएका मुलुकहरू पनि कुनै न कुनै रुपमा निरंकुश बन्दै जानु उदार प्रजातन्त्र र खुला समाजको परिकल्पना गर्ने राष्ट्रका लागि खतराको घण्टी रहेको कुरा स्वयं फ्रान्सिस फुकुयामाको ठम्याइ छ ।
अमेरिकामा डोनाल्ड ट्रम्प, बेलायतमा बोरिस जोनसन, हंगेरीमा नर्बर्ट होफर जस्ता नेताको उदय हुनु साथै फ्रान्समा नेसनल फ्रन्ट र ग्रीसजस्तो पुरानो सभ्यता बोकेको राष्ट्रमा सिरिजा जस्ता राष्ट्रवादी नारा बोकेका पार्टीको प्रभुत्व बढ्नु नै पनि पश्चिमा उदार प्रजातन्त्रको ओरालो यात्राको रुपमा आकलन गर्न थालिएको छ । यसलाई थप पुष्टि गर्न भारतमा नरेन्द्र मोदी अनि पाकिस्तानमा ईमरान खानजस्ता नेताको उदयले पनि भूमिका खेल्छ । यिनको यात्रा उदार प्रजातन्त्रभन्दा पनि चीनको सी चिनफिङको बाटोतिर लम्केको देखिन्छ ।
शक्तिको स्थिरतामा विश्वास नगर्नु प्रकृतिको गतिशीलतालाई अवमूल्यन गर्नु हो । हिजोको प्रचुर धनी पूर्वीय सभ्यता स्खलित हुनु र पश्चिमा सभ्यताको प्रादुर्भाव हुनु, विगतका कैयन ठूला–ठूला साम्राज्यहरू धुलोमा मिल्नु रनयाँ साम्राज्यको उदय हुनु, ग्रीक साम्राज्य, रोम साम्राज्य, ओटोमन साम्राज्य, मेसोपोटामिया, छिङ साम्राज्य जस्ता साम्राज्य हराएर जानु, जेङ्गिस खान वा अलक्षेन्द्र महान जस्ता बाहुबलीले बनाएका सीमारेखा नामेट हुनु आदि परिवर्तन र शक्तिको गतिशीलताका दरिलो उदाहरण हुन् । हिजोको सर्वशक्तिमान पोर्चुगलको शक्ति डचमा सर्नु, डचको शक्ति स्पेनले खोस्नु, स्पेनको तागत फ्रान्समा हस्तान्तरित हुनु साथै कुनै बेलाको घाम कहिल्यै नअस्ताउने अंग्रेज साम्राज्य आज अमेरिकाको पुच्छर जस्तो देखिनु सबै शक्तिको गतिशीलताका उदाहरण हुन् ।
यसरी इतिहासले बारम्बार पुष्टि गरेको सिद्धान्त दोस्रो विश्वयुद्ध पश्चात शक्तिशाली साथै शीतयुद्ध र शोभियत संघको विघटन पश्चात सर्वशक्तिशाली बनेको अमेरिकामा पनि पक्कै लागू हुनेछ । यो बीचमा संयुक्त राष्ट्रसंघ र मानव अधिकारवादी अन्य संघसंगठनको उदयले युद्धलाई टार्ने वा पर धकेल्ने कार्य अवश्य गरेको छ । जसलाई अमेरिकी राजनीतिशास्त्री एडवार्ड लटवागले स्पष्ट उल्लेख गर्दै यस्ता संगठनको औचित्य नरहेको प्रस्ट्याउँछन् । उनी शान्ति स्थापनाको उत्तम विकल्पका रुपमा युद्ध रहेकोमा विश्वास गर्छन् । अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र जर्ज डब्लु बुस लट्वाकको शान्तिका लागि युद्धको नीतिमा अघि बढेर प्रजातन्त्र र शान्ति स्थापनार्थ मध्यपूर्वमा गरेको एकपक्षीय युद्धले पुष्टि गर्छ ।
यद्यपि अमेरिका स्वयं आफैं अफगानिस्तान, इराक, सिरिया, यमन, सुडान लगायत झण्डै एक दर्जन युद्धमा कुनै न कुनै रुपमा संलग्न भएकै छ । यसले एकातिर उसको धनराशी त खर्च गरेको छ नै, अर्कोतिर आम अमेरिकी सर्वसाधारणमा अमेरिका अनावश्यक युद्धमा भाग लिने वा कतिपय देशको आन्तरिक मुद्दामा हस्तक्षेप गरी मुद्दा गिजोल्ने र आन्तरिक द्वन्द्व सिर्जना गर्ने काममा प्रेरित रहेको तर आफ्नो देशका आम नागरिकको जीवन उकास्न उदासिन रहेको भन्ने आरोप बढ्दो छ । जसलाई पछिल्लो कोरोना महामारीले थप पुस्ट्याइ गरेको छ ।
यस्तो विषम घडीमा अमेरिकालाई आफ्नो साख जोगाउन हम्मेहम्मे पर्ने देखिन्छ ।
यसका अलावा पछिल्लो चरणमा जर्मनी लगायत अन्य युरोपेली मुलुकसँगको बढ्दो दूरी, दक्षिण अमेरिकी मुलुकको अमेरिकाप्रति बढ्दो चिड्चिटाहट, सिंगो अफ्रिकी महादेशमा चीनको झण्डै एकछत्रजस्तो लगानी अनि कन्फ्युसियसवादको प्रवद्र्धन र माग–आपूर्ति व्यवस्थापनमा चीनको पकडले एकातिर चीन बढ्दो शक्ति सञ्चितिमा लागेको र अमेरिका ओरालो लाग्ने क्रममा रहेको हुँदा अमेरिकाले आफ्नो वर्चस्व जोगाउन जुनसुकै हत्कण्डा अपनाउनेमा दुईमत छैन ।
यसैको एउटा प्रमुख कडीका रुपमा एमसीसीलाई एसिया–प्रशान्त रणनीतिसँग मिलाई यसलाई अमेरिकाको विकास रणनीतिका रुपमा परिचालन गरेको कुरा स्वयं एमसीसीको आधिकारिक वेबसाइटमै उल्लेख छ । यसरी मूल तत्व नै विकास नीतिका माध्यमबाट चीन घेर्ने रणनीतिलाई टेवा पुर्याउन जबरजस्त तवरमा नेपालको सरहद प्रवेश गरी जरा फिँजाउन लागेको एमसीसीलाई केवल ५५ अर्बको सहायता कोषका रुपमा हेरिनु भोलिका दिनमा नेपाली धर्तीमा हुने अमेरिका र चीनको ताण्डव नृत्यप्रति आँखा चिम्लनु हो ।
जुनसुकै मूल्य चुकाएर भए पनि देशले धान्न मुस्किल भद्दा बन्दै गरेको संघीयता टिकाउन बजेट भाषणमै एमसीसीको सहयोगले स्थान पाउनु एमसीसी जसरी पनि भित्र्याउने सहमतिको कडीका रुपमा लिन सकिन्छ । यद्यपि आफ्नो २० घण्टे नेपाल बसाइका दौरान नेपाल भूमि चीनविरुद्ध प्रयोग हुन सक्ने खतराको संकेतस्वरुप चिनियाँ राष्ट्रपति सीले दिएको सुझबुझपूर्ण धम्कीको गहिरो अर्थ छ ।
यसरी एमसीसी प्रधानमन्त्री स्वयंका लागि प्रत्युत्पादक नहोला भन्न सकिन्न र अन्ततोगत्वा महाकाली नदीको धोकाभन्दा भयंकर धोकाका रुपमा सावित नहोला भन्न सकिन्न । तथापि प्रधानमन्त्रीको विकासको हुटहुटीलाई सम्भव बनाउन तत्काल विदेशी सहयोग लिनै हुँदैन भन्ने अवस्थामा देश नरहेको परिवेशमा एमसीसीका केही शंसयपूर्ण प्रावधानहरू संशोधन गरी द्रूतरुपमा फस्टाउन सक्ने र प्रतिफल दिने अन्य वैकल्पिक क्षेत्रमा पनि उचित लगानी ठोस नीति तयार गरी आम नागरिकको विकासको मोहलाई सम्बोधन गर्न सके अर्का एक अमर नेताको रुपमा नेपालीको मानसपटलमा वास पाउने अत्यन्तै दुर्लभ तर चुनौतीपूर्ण अवसर केपी ओलीलाई नै मिलेको छ ।
अब बाँकी रहेको अवधिलाई चुनौतीपूर्ण अवसरका रुपमा उच्चतम सदुपयोग गरी मरणोपरान्त बाँचिरहने बाटो अँगाल्ने वा जीवनोपरान्त पुस्तौपुस्ताका आँसुको श्रापको भागिदार हुने हुन् ? स्वयं प्रधानमन्त्रीमा नै निर्भर रहन्छ । विश्व राजनीतिमा हुँदै गरेको शक्ति खिचातानीको चेपुवामा पर्न सक्ने खतरनाक चौघेरामा अवस्थित प्रधानमन्त्री ओलीलाई शुभकामना ! महाकालीको दाग एमसीसीले नबल्झाओस् ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...