कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकहरूबीच एक साताअघि भएको हिंस्रक भिडन्तमा मारिएका सैनिकको संख्या चीनले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
भारतले आफ्ना २० सैनिकहरू मारिएको तथा ७६ जना घाइते भएको सार्वजनिक गरिसक्दा चीनले चाहिँ संख्या लुकाउन खोज्दा अनेकथरी अनुमान गरिन थालेका छन् ।
त्यति ठूलो भिडन्त हुँदा चीनतर्फ हताहती नै नभएको पक्कै हैन ।
हिंस्रक भिडन्तको खबर सार्वजनिक भएलगत्तै चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले स्रोतको हवाला दिँदै चिनियाँ सैनिकहरू हताहत भएको भन्दै ट्वीट गरेका थिए । उनले त्यतिखेर संख्या चाहिँ खुलाएका थिएनन् ।
त्यतिखेर उनले अर्को ट्वीट गर्दै 'जनताको भावनालाई उत्तेजित नबनाउनका लागि चिनियाँ जनमुक्ति सेनातर्फ भएको हताहतीको संख्या चीनले सार्वजनिक नगरेको र यो बेइजिङको सद्भाव हो’ भनी दाबी गरेका थिए ।
यसैबीच भारतीय पक्षले चाहिँ अमेरिकी जासूसी संस्थाको सूचनाको हवाला दिँदै चीनतर्फ कम्तीमा ४० जना हताहत भएको बताउँदै आएको छ तर त्यसको प्रमाण चाहिँ दिएको छैन ।
भारतको केन्द्र सरकारका मन्त्री तथा पूर्व सेनाप्रमुख भीके सिंहले एक टीभी च्यानलसँग कुराकानी गर्दै ४० भन्दा बढी चिनियाँ सैनिकहरू उक्त भिडन्तमा मारिएको बताए ।
सन् १९६२ को युद्धमा पनि चिनियाँहरूले मारिएको सैनिकको संख्या तत्कालै सार्वजनिक नगरेको र निकै पछि मात्र बताएको उनको भनाइ छ । हुन पनि चिनियाँ जनमुक्ति सेनाले आफ्ना दस्तावेजमा सन् १९९४ मा मात्र उक्त युद्धमा हताहत भएका सैनिकको संख्या सार्वजनिक गरेको थियो ।
भीके सिंहको यो भनाइलाई चिनियाँहरूले सकारात्मक हिसाबमै लिएको देखिएको छ । ग्लोबल टाइम्सले सिंहको भनाइलाई यस्तो किसिमले व्याख्या गरेको देखिन्छ :
ती अधिकारी उग्रपन्थीहरूलाई सन्तुष्ट बनाउनका लागि अनुमान गर्दै राष्ट्रवादीहरूलाई शान्त गर्न चाहन्छन् । उनीहरू चीनलाई थप उत्तेजित बनाउने किसिमले सरकारमाथि थप दबाब दिन चाहँदैनन् । चीन तनाव नचर्कोस् भन्ने चाहन्छ, त्यसैले उसले हताहत सैनिकको संख्या सार्वजनिक नगरेको हो । हताहत भएका चिनियाँहरूको संख्या २० भन्दा कम भएमा भारतीय सरकार पुनः दबाबमा आउन सक्छ ।
यो व्याख्यामा दम देखिन्छ, किनकि हिंस्रक भिडन्तलगत्तै भारतीय पक्षतर्फ चलेका अनुमानमा चिनियाँ हताहतीलाई दोब्बर वा त्यसभन्दा बढी देखाइएको थियो । चीनसँग लामो युद्ध गर्न सक्ने सामर्थ्य हासिल नगरिसकेको भारतले संख्या बढाबढमा सन्तुष्टि लिएको हुनसक्छ ।
अनि दुवै देशमा राष्ट्रवादी छवि भएका प्रमुख कार्यकारी भएकाले पनि संख्याको यो खेल चलेको हो । पारदर्शिता अपनाउने भारतीय लोकतन्त्रले आफ्ना सैनिकको हताहती संख्या तत्कालै सार्वजनिक गर्यो अनि बढी संख्यामा चिनियाँ हताहत भएको संकथनलाई पनि अनौपचारिक रूपमा अघि बढायो । मोदीलाई बलियो तथा राष्ट्रवादी शासकको छवि कायम राख्न उनीप्रति बफादार मिडिया र सामाजिक सञ्जाल समूहले यसको व्यापक प्रचारप्रसार गरे ।
उता सी चिनफिङलाई पनि आफ्नो राष्ट्रवादी तथा आक्रामक छवि कायम राख्न भारतीय सैनिकको हताहती संख्याले सहज बनायो । एउटा पनि गोली नचलाइकन भारतका २० सैनिकलाई जनमुक्ति सेनाले मारेको भनी प्रचार गर्न चीन सरकारले बाटो पायो ।
अनि आफ्नोतर्फको हताहती लुकाएकाले कुनै क्षति नभएको देखाउने बहाना चीनले पायो । चीनको पारदर्शिताको परिभाषा बेग्लै रहेको सूचो विश्वविद्यालयका प्राध्यापक भिक्टर गाओले बताएका छन् र उनका अनुसार चीनले भविष्यमा कुनै बेलामा हताहतीको संख्या सार्वजनिक गर्नेछ ।
चिनियाँ सामाजिक सञ्जालमा भारतसँगको तनावको चर्चा गरियो र जनतामा हताहतीको संख्यामा चासो पनि देखियो । तर सरकारले भनेकै कुरालाई उनीहरूले पत्याएको देखिन्छ । एकजना वीबो प्रयोगकर्ताले एकजना पनि चिनियाँ सैनिक नमारिएको लेखे ।
संख्याको यो राजनीति दुई देशका नेताको राष्ट्रवादी छवि जोगाउने कसरतका रूपमा बुझ्नुपर्छ ।
यससँगै अर्को एक प्रश्न पनि उठिरहेको छ । भारतले आफ्नो सैन्य क्षमता कम भएकाले युद्ध गर्न नचाहेको त स्पष्ट छ तर चीनले किन युद्ध अघि बढाउन नचाहेको होला ?
चीनले सामरिक तथा रणनीतिक रूपमा महत्त्वपूर्ण गलवान उपत्यकामा कब्जा गरिसकेकाले उसको अभीष्ट तत्कालका लागि पूरा भइसकेको छ । त्यसैले युद्ध गर्नुको औचित्य अहिले उसले नदेखेको हुनुपर्छ ।
अनि उसले शान्तिको सन्देशलाई रणनीतिक रूपमा पनि लिएको देखिन्छ । अहिले निरन्तर शान्तिपूर्ण समाधानको कुरा झिक्दा उसले आफू युद्धको पक्षमा नरहेको देखाउन पाउँछ । अनि कथंकदाचित् जानाजान वा भूलवश भारतले युद्ध शुरू गरेछ भने उसले भन्न पाउनेछ– हामीले युद्ध चाहेका हैनौं, तर भारतले नै शुरू गर्यो । त्यसपछि उसलाई प्रतिकारका लागि युद्धमा जानुपरेको भन्न सजिलो हुन्छ ।
त्यसो त चीनले भारतलाई आफूभन्दा निकै कनिष्ठ शक्ति मान्ने हुनाले उससँग युद्ध गर्न खासै चासो देखाएको पाइँदैन । युद्ध नै भएछ भने उसका लागि यो पूर्वाभ्यास जस्तो मात्र हुनेछ ।
यसै सन्दर्भमा दुई देशको सीमाविवादमा मोदीले दिएको बयान पनि अर्थपूर्ण छ । गत शुक्रवार सर्वदलीय बैठकपछि मोदीले हालैका दिनमा भारतले चीनसमक्ष भूभाग नगुमाएको स्पष्ट बताएका थिए ।
उनीहरू हाम्रो सीमाभित्र प्रवेश गरेका छैनन् र उनीहरूले हाम्रो कुनै पनि सुरक्षाचौकी हात पारेका छैनन्, मोदीले भनेका थिए ।
मोदीले चिनियाँ सैनिकहरू भारतीय भूभागमा प्रवेश गरेको स्वीकार गर्नेबित्तिकै सार्वभौमसत्तामाथिको आक्रमणको रूपमा लिएर युद्धको उद्घोष गरिहाल्नुपर्ने बाध्यता हुन्थ्यो । तर अहिले आफ्नै बुतामा युद्ध गर्न सक्ने अवस्था नरहेको र साझेदार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावको मुखमा आफ्ना सैनिकलाई भारत–चीन सीमामा खटाउने सम्भावना नरहेकाले मोदीले युद्धको हुंकार भर्न नसकेका हुन् ।
अनि भारतले रणनीतिक स्वायत्ततामा जोड दिएकाले र अमेरिका भरपर्दो साझेदार हैन भन्ने थाहा पाएकाले पनि मोदीलाई अप्ठ्यारो परेको हो । त्यसो त ट्रम्पले भारत र चीनबीचको तनाव मत्थर पार्न आफ्नो प्रशासनले काम अघि बढाइरहेको बताएका छन् ।
त्यसमाथि भारतसँग निकै सुमधुर सम्बन्ध रहेको रुस पनि अहिले चीनको परम मित्र तथा साझेदार हो । युरोपले निहुँ खोजिरहेको बेलामा रुसले चीनसँगको मित्रतालाई भारतका खातिर तिलाञ्जलि दिन सक्दैन ।
त्यसो त भविष्यमा चीन र अमेरिकाबीचकै सम्बन्ध पनि नाटकीय रूपमा सुधारिन सक्छ किनकि उनीहरूबीचको व्यापारिक साझेदारी घनीभूत छ । त्यस्तो अवस्था आयो भने भारत अलपत्र पर्ने खतरा रहन्छ ।
त्यसैले भारतका लागि विकल्पहरू कम रहेकाले युद्धको सम्भावना टरेको देखिन्छ भने चीनले लद्दाखमा स्वार्थसिद्धि गरिसकेकाले उसलाई पनि युद्ध अपरिहार्य नरहेको पाइन्छ । युद्ध नभएपनि यस क्षेत्रमा असहज शान्ति चाहिँ कायम नै रहने देखिएको छ ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...