'इनफ इज इनफ’ अभियानमा गगन थापासहितका नेताहरुकाे ऐक्यवद्धता

फाइल फोटो।

कोरोना भाइरस नियन्त्रणमा सरकारका कदमहरू प्रभावकारी नभएकाे भन्दै थालिएकाे  इनफ इज इनफ’ अभियानमा  कतिपय दलका नेतारुले समर्थन जनाएका छन्।

पीसीआर टेस्ट बढाउनुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, महामारीमा अग्र पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका माग राख्दै अभियन्ता थालिएकाे अभियानमा कांग्रेस नेता गगन थापा, विवेकशील दलका अध्यक्ष मिलन पाण्डेसहित ११ जनाले समर्थन जनाएका हुन्।


Advertisement

आइतबार जारी विज्ञप्ति अनुसार अभियानमा  पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेल, नेपाली सेनाका पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यात, अधिवक्ता बालकृष्ण न्यौपाने, पूर्वप्रमुख निर्वाचन आयुक्त डा भाेजराज पाेखरेल, पूर्वएआइजी रमेश खरेल, नेत्री हिसिला यमी,  बिराजबहादुर बिष्ट​ र डा. सुरेन्द्र भण्डारीले ऐक्यवद्धता जनाएका हुन्।

अभियन्ताद्वय ई: र पुकार बम आमरण अनसनमा छन्। उनीहरु अनसन बसेकाे आइतबार १० दिन पुगेकाे छ।


Advertisement

'हामी इनफ इज इनफ अभियानले अघि सारेका मागहरू प्रति सकारात्मक हुँदै सम्बन्धित पक्षसँग शीघ्र वार्ता गरी ह्याम्स अस्पतालमा अनसनरत अभियन्ताद्वय ई: र पुकार बमको जीवनरक्षा गर्न सरकारसँग माग गर्दछौँ । सरकारको असक्षमता र निर्णयहीनताका कारण कुनै अप्रिय स्थिति उत्पन्न हुनपुगेमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको नै रहने व्यहोरा समेत स्पष्ट गर्दछौँ,' विज्ञप्तिमा भनिएकाे छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्