×

NMB BANK
NIC ASIA

३८० म्यानपावर कम्पनी खारेज हुँदै

असार २३, २०७७

NTC
Premier Steels

सरकारले तत्काल कुनै निर्णय नलिए लगातार दुई आर्थिक वर्षमा एक सय कामदार पठाउन नसकेका ३ सय ८० वटा वैदेशिक रोजगार कम्पनी (म्यानपावर) खारेज हुने भएका छन् । वैदेशिक रोजगार विभागले एक सय कामदार पठाउन सक्ने कम्पनीको मात्रै नवीकरण गरेको छ । असार मसान्तभित्र नवीकरण नहुने कम्पनीले कामदार पठाउन पाउने छैन ।

Muktinath Bank


इन्फोग्राफिक्स : रामकृष्ण श्रेष्ठ


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


विभागका प्रवक्ता भोलानाथ गुरागाईंले वैदेशिक रोजगार ऐनअनुसार एक सय कामदार नपठाउने कम्पनीको नवीकरण गर्न नमिल्ने बताए । ‘कानुनमा जे व्यवस्था छ, त्यसैलाई हामीले कार्यान्वयन गर्ने हो,’ उनले भने ।
संशोधित वैदेशिक रोजगार ऐनको दफा १३ (घ २) मा लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि कामदार पठाउन नसके विभागले इजाजतपत्र रद्द गर्न सक्ने व्यवस्था छ । यसमा नियमावलीले थप व्याख्या गर्दै ‘पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एक सय जना कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात’ असार मसान्तभित्र पेस गरे मात्रै नवीकरण गर्ने भनेको छ ।


Advertisment
Nabil box
Kumari

वैदेशिक रोजगार व्यवसायी संघले कोरोना भाइरसको असरले कामदार पठाउन फागुन २६ देखि नै बन्द गरेको भन्दै नवीकरण प्रक्रियामा सहजीकरण गरिदिन सरकारलाई माग गरेको छ । ‘ऐन संशोधन भएर लागू भएको एक वर्ष पुग्यो । १६ महिना मलेसिया बन्द भयो । त्यतिखेर मलेसिया मात्रै काम गर्ने म्यानपावरको काम रोकियो । यो वर्ष चार महिनादेखि बन्द छ,’ संघका महासचिव सुजितकुमार श्रेष्ठले कान्तिपुरलाई भने, ‘यस्तो बेला सरकारले विवेक पुर्‍याउनुपर्ने हो ।’

Vianet communication


संघले प्रधानमन्त्री, श्रममन्त्री, विपक्षी दलका प्रमुख नेतालगायतलाई भेटी यसबारे ध्यानाकर्षणसमेत गराएका छन् । मन्त्रिपरिषद्ले गत चैत १६ गते वैदेशिक रोजगार ऐनलाई आवश्यक संशोधन गर्ने निर्णय गरेको थियो । चैत दोस्रो साता ऐनलाई संशोधन गर्ने निर्णय गरिए पनि हालसम्म पूर्णता नपाउनु निकै दु:खद भएको संघको भनाइ छ । ‘कानुन र नियम संशोधन भएपछि असहमति जनाउँदै आएका छौं । यसलाई सच्याइनुपर्छ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यससम्बन्धी मन्त्रिपरिषद्मा दुईवटा प्रस्ताव पेस गरेको जनाएको छ । श्रम प्रवक्ता सुमन घिमिरेले भने, ‘ऐनमा आवश्यक दफा संशोधन गर्ने वा विद्यमान व्यवस्थाका आधारमा तत्कालका लागि छुट दिने भन्ने दुई प्रस्ताव पठाइएको छ । यसमा निर्माण हुन बाँकी छ ।’ ऐन संशोधन गर्न लागि संसद् अधिवेशन अहिले चलेको छैन ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्न भन्दै म्यानपावर कम्पनीको धरौटी वृद्धि गर्नुका साथै वार्षिक एक सय कामदार पठाउनुपर्ने व्यवस्थासहित ऐन संशोधन गराएका थिए । धेरै म्यानपावर कम्पनी हँुदा विदेशी कम्पनी र बिचौलियालाई कमिसन दिएर मागपत्र प्राप्त गर्न अस्वस्थ प्रतिस्पर्धा गरेकाले विदेश जाने नेपाली युवा लाखौं रुपैयाँ तिर्न बाध्य भएको निष्कर्षमा मन्त्री विष्ट पुगेका थिए । २७ लाख रुपैयाँ धरौटीबाट बढाएर २ करोडदेखि ६ करोडसम्म पुर्‍याएको थियो । बढेको धरौटी रकमका कारण कम्पनीको संख्या १३ सय ५० वटा घटेर ८ सय ५३ मा आइपुगेको थियो । चालु आर्थिक वर्षमा यी कम्पनीले एक लाख ७२ हजारलाई वैदेशिक रोजगारीमा पठाएका छन् । सरकारले नयाँ म्यानपावर कम्पनी दर्तामा भने अझै रोक लगाएको छ ।

केही व्यवसायीले भने सय जना कामदार पठाउन नसक्नेलाई गाभिन प्रोत्साहन गर्नुपर्ने बताएका छन् । ‘अझै केही वर्ष गन्तव्य देशमा कामदार पठाउने क्रममा गिरावट आउन सक्छ । म्यानपावर कम्पनीले आफ्नो आर्थिक भार कटौती गर्न पनि मर्जरमा जान उपयुक्त हुन्छ,’ एक व्यवसायीले भने, ‘यसले कामदार भर्ना प्रक्रियालाई अझ पारदर्शी बनाउन मद्दत गर्छ ।’

व्यवसायीले आइतबार पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई भेटी खारेजीको नजिक पुगेका म्यानपावर कम्पनीलाई जोगाउन नीतिगत व्यवस्था गर्न दबाब दिएका थिए । मन्त्री यादवले आफूले व्यवसायीलाई परेको अप्ठ्यारो महसुस गरेको भन्दै यसबारे उचित व्यवस्थाका लागि पहल भइरहेको बताए । व्यवसायीले यथाशक्य छिटो यो विषय मन्त्रिपरिषद् बैठकमा प्रवेश गराउनुपर्नेमा जोड दिएका थिए ।

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसद्मा मन्त्री यादवमाथि वाषर््िाक एक सय कामदार पठाउन नसकेका म्यानपावर कम्पनीलाई ऐन र नियमावली संशोधन गरी इजाजत नवीकरण गरिदिने भन्दै मोलतोल गरी ५ करोड रुपैयाँ घूस लिन लागेको आरोप लगाएका थिए । मन्त्री यादवले संसद्मा खण्डन गर्दै पुष्टि गरे आफूले राजनीतिबाटै संन्यास लिने घोषणा गरेका थिए । कान्तिपुर दैनिकमा होम कार्कीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x